skip this
  • चितवन विशेष

    MCC खारेजिको माग गर्दै चितवनका युवाहरुले सम्पन्न गरे शान्तिपूर्ण साइकल र्याली

  • चितवन / मिलिनियम च्यालेन्ज कर्पोरेसन(MCC) खारेजिको माग गर्दै क्लेम द बोर्डर नामक युबाहरुको समुहद्वारा चितवनमा शान्तिपुर्ण साइकल र्याली सम्पन्न भएको छ।

    ‘कमि श्रोतको कि इच्छाशक्तिको?’, ‘ गरे सबैले सार्थक पहल बन्छ आफ्नै पहलमा महल’, ‘ परे फेरि MCC को भर स्वाधिनता बेची कसरी आत्मनिर्भर’ जस्ता नाराहरु सहित सहिद चोकबाट सुरु भएको र्याली पुलचोक, बिरेन्द्र क्याम्पस चोक, चौबीसकोठि, जिल्ला प्रहरी कार्यालय, मालपोत चोक, जिल्ला प्रशासन, केन्द्रिय बस टर्मिनल हुँदै चौबिसकोठिमा गएर सम्पन्न भएको थियो। कोरोनाको माहामारीलाई ध्यानमा राख्दै विभिन्न सुरक्षा उपायहरु सहित सामजिक दुरि कायम गर्दै बिरोध कार्यक्राम शान्तिपुर्णरुपमा सम्पन्न भएको अभियानका अभियन्ता पवन पौडेलले जानकरी दिए।
    यसै गरि सोही कार्यक्रम काठमाण्डौमा सुरु हुने तयारी हुदा हुँदै प्रहरिले हस्तक्षेप गरि जमलबाट क्लेम द बोर्डरका अभियन्ताहरु सन्देस पौडेल, सुरेन्द्र लुइटेल, सुबास पाण्डे सहित १५ जना भन्दा बढिलाई पक्राउ गरेको छ। शान्तिपुर्ण र्यालीमा प्रहरी हस्तक्षेपको भत्सर्ना गर्दै पक्राउ परेका सम्पुर्ण अभियन्ताहरुलाई यथासिघ्र छोड्न ग्रुपले आबह्वान गरेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु