skip this
  • चितवन विशेष

    अन्लाईन कक्षाको नाममा शुल्क नउठाउन अनेरास्ववियू चितवन को आग्रह

  • चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी चितवनले लकडाउन अवधिको मासिक शैक्षिक शुल्क मिनाहाको माग गरेको छ ।

    कमिटीले आज ९ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाउँदै चितवनका विभिन्न शिक्षण संस्थाहरुले विभेदकारी अनलाइन क्लासको नाममा शुल्क उठाइएको भन्दै त्यसको विरोध गरेको छ । शैक्षिक शुल्कमा एकरुपता ल्याउन माग गर्दै पत्रमा सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन माग गरिएको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए ।
    त्यसैगरी पत्रमा सबै सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न, इमेल तथा इन्टरनेटको व्यवस्था गर्न पनि माग गरिएको र सामुदायिक क्याम्पसमा प्लस टु मा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्तिको बजेट छुट्याउन माग गरिएको अनेरास्ववियू चितवनका सह सयोजक बसन्त आचार्य ले बताए

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु