skip this
  • मुख्य खबर

    कालिका नगरपालिका लाई अनेरास्ववियू चितवनको ध्यानाकर्षण पत्र

  • चितवन/ अनेरास्ववियू जिल्ला कमिटीले चितवनको कालिका नगर प्रमुख खुमनारायण श्रेष्ठ लाई विभिन्न शैक्षिक मागहरु राखी आज ध्यानाकर्षण पत्र बुझाएको छ।कालिका नगर पालिकाको कार्यालय रेडक्रसग्राममा आज चितवन जिल्ला कमिटिको तर्फबाट लेखिएको ध्यानाकर्षण एवं माग पत्र पेस गरिएको हो।


    लकडाउन को बेलाको मासिक शुल्क लिन नपाइने,तोकिएको मापदण्ड पुगेको स्थायी शिक्षक लाई मात्रै सबै तहका विद्यालयहरुको प्रधानाध्यापक बनाउनु पर्ने सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, अंग्रेजी माध्यमबाट पठनपाठन गराउन आवश्यक पहल गर्नुपर्ने, विद्यालयमा इमेल इन्टरनेटको सुविधाको लागि बजेट छुट्याउनुपर्ने, विद्यालयस्तरको परीक्षाका लागि बजेट छुट्याउनुपर्ने, पब्लिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायतको माग सहित अनेरास्ववियूले ध्यानाकर्षण गराएको हो।
    कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य स्वरुप सुयालले चितवनका निजी विद्यालयहरुले आफूखुशी शुल्क निर्धारण गर्ने, भर्ना गर्ने, विद्यालय पोशाक र पाठ्यपुस्तकमा सिण्डिकेट लगाउने र जबरजस्ती अभिभावकहरुलाई दबाब दिने प्रवृत्ति हावी भएको भन्दै कुनै हालतमा यस्ता शैक्षिक समस्या विरुद्ध अनेरास्ववियूले सम्झौताहिन संघर्श गर्ने बताए!
    उक्त कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य सरोज भन्डारीले कालिका नगरपालिका चितवनलो उत्कृष्ट नगरपालिका भएको र शिक्षा क्षेत्रमा पनि आफू हरुको माग अनुसार कालिका नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम ल्याउने बिश्वास रहेको बताएका थिए । उक्त कार्यक्रममा जिल्ला नेताहरु सुशन चितवने, सागर पाठक,पुर्ण चौधरी,झलकराज भट्ट लागायतका विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागीता थियो।
    ध्यानाकर्षण पत्र बुझे पश्चात् नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गम्भीरतापूर्वक विद्यार्थी संगठनको जायज माग र सुझाब लाई कार्यान्वयन गर्ने ,शिक्षा क्षेत्रको समस्या विरुद्ध नगरपालिका कडाइकासाथ प्रस्तुत हुने र लकडाउन अबधिको विद्यार्थीहरुको मासिक शुल्क बारे चाडै सर्वपक्षीय छलफल बाट निकास दिने बताउनु भएको थियो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु