skip this
  • चितवन विशेष

    कोराना अस्पताल बन्द हुँदा भरतपुर अस्पताल कोरानाको जोखिममा

  • चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार डा तिवारी, प्रसूति तथा स्त्रीरोग विभागका डा सुनिलमणी पोखरेल, आकस्मिक कक्षका एक जना अर्का चिकित्सक र एक स्वास्थ्कर्मीमा कोरोना पोजिटिभ देखिएको हो।

    डा अधिकारीले मेसु डा तिवारी र स्त्रीरोग विशेषज्ञ डा पोखरेलको अनुमतिमा नै नाम सार्वजनिक गरिएको बताए। उनीहरु सबैको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।

    ‘उहाँहरु कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा नै खटिनुभएको थियो,’ डा अधिकारीले भने, ‘संक्रमितको उपचार र व्यवस्थापनमा खटिँदा उहाँहरु पनि संक्रमित हुनुभयो। उहाँहरुको अवस्था सामान्य रहेकाले छिट्टै निको भएर पुन बिरामीको सेवामा खट्नुहुन्छ।’
    उनका अनुसार प्रयोगशाला परीक्षणका क्रममा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित चितवन जिल्लाका अन्य २७ र १ जना सर्लाहीका गरी २८ जनामा कोरोना संक्रमण देखिएको हो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु