skip this
  • चितवन विशेष

    निजि स्राेतका शिक्षकहरू लाइ अमानविय व्याबहार गरिएकाे प्रति संर्घश समितिका भत्सर्ना

  • चितवन : सामुदायिक निजि स्रोत शिक्षकहरूलाई दिईएको सेवा सुविधा र हालको व्यवस्थाको विषयमा असहमति जनाउदै चितवन सामुदायिक निजि स्रोत संघर्ष समितिले प्रेस विज्ञप्ति निकालेको छ ।

    समितिका अध्यक्ष सदन बराल र सचिब बिनिता श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा निजि स्रोत शिक्षकलाई अहिलेको विषम परिस्थितिमा बेतलवि विदा राख्ने, निस्कासन गर्ने, ३३/५० प्रतिशतको अाधारमा २/३ महिनाको तलब दिने निर्णय अपहेलना भएको जनाईएको छ । कोभिड १९ (कोरोना)को डरलाग्दो समयमा बिधालयका निजि स्रोत शिक्षकको अवस्था दयनीय बन्न पुगेको छ ।

    धेरैको घरमा चुल्हो बल्न छाडिसकेको छ।जागिरको अनि जीवन रक्षाको लागि बिधालय पक्षबाट पनि कुनै किसिमको राहत मिलेको छैन ।बिधालय प्रशासन समितिद्वारा निजि स्रोत शिक्षकलाई अन्यायपुर्ण ढंगले निजि शिक्षकको रायबिना नै % प्रतिशतको आधारमा २/३ महिनाको तलब दिने ,कतै बेतलबि राख्ने ,कतै चार महिना बित्दासमेत कुनै कुराको सम्बोधन नगरिएको साथै कुनै बिधालयले भने अमानवीय तवरले साशक बनी ;बिधालयबाट निष्कासन समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    शिक्षकमाथिको अपमानपुर्ण व्यबहार अपाच्चे रहेको र बिधालयबाट सम्पुर्ण तवरले कोशिश गर्दा पनि कुनै खालको सकारात्मक निष्कर्ष नआएपछि सामुदायिक बिधालयका निजि स्रोतका शिक्षकहरु पेशागत हकहितका लागि जुमबाट निकै लामो समयदेखि अन्तरक्रिया/ छ्लफल गरि एक जुट भएका हुन । समितिका मागहरूको उचित सम्बोधन नभए सम्म संघर्षका कार्यक्रमहरू गर्ने समितिका सचिब विनिता श्रेष्ठले बताईन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु