skip this
  • चितवन विशेष

    ढाँँड भाचिएर थला परेका बिद्रोहि लेखक लाई ओलि सरकारले गर्यो दर्जनौं पटक गिरफ्तार

  • चितवन – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य , रातो खबरका निर्देशक एवं क्रान्तिकारी लेखक अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट गिरफ्तार गरि गुपचुप रुपमा धनुषा लैजाने तयारी गरेको खबर प्राप्त भएको छ।

    अस्पतालबाट असार ३ गतेको नक्कली डिस्चार्ज पेपर बनाएर अस्पतालबाट निकाली गिरफ्तार गरेको छ। उच्च रक्तचाप, मधुमेहका बिरामी विरहीलाई प्रहरीले घरको भर्र्याङ्बाट लडेर  ढाड भाचिएर चोट्पटक लागे पछि भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गर्दा गर्दै बैशाख २३ गते पक्राउ गरेको थियो।

    बिरामी नेता विरहिको स्वास्थय अवस्थाको ख्याल राख्दै चितवन जिल्ला अदालतले साधारण तारेखमा रिहा गरि स्वास्थय अवस्था सामान्य नभए सम्म पुन  पक्राउ नगर्न आदेशसम्म दिएको थियो। तर अदालतको निर्णय अवज्ञा गर्दै प्रहरिले पक्राउ गरि चितवनको भरतपुर अस्पतालमा दैनिक 3/4 प्रहरी जवानको निगरानिमा उपचार गराउदै आएको थियो। ओलि सरकारले कोरना संकटको समयमा पनि फरक बिचार र आस्था राखैकै आधारमा अनिल शर्मा लागाएत नेता हरु लाई पट्क पटक गिरफ्तार गरि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु