skip this
  • चितवन विशेष

    कोराना संकटमा दिनरात खटिने कर्मचारी लाई भबिस्यको चिन्ता

  • चितवन : चितवनमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित क्षेत्र हो भरतपुर महानगरपालिका । हरेक दिनजसो संक्रमित भेटिदै गएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । सोही कन्ट्याक्ट ट्रेसिङका आधारमा थप शंका लागेका व्यक्तिहरुको स्वाब संकलन गरिदै आइरहेको छ । यसरी हरेक दिन जोखिम मोल्दै स्वाब संकलनमा खटिएका छन् भरतपुरका तीन युवा ।
    अविरल पोखरेल, मोहन तिवारी र सन्तोष तिमिल्सिना यी तीन युवाको दैनिकी अहिले शंकास्पद व्यक्तिको स्वाब संकलन गर्नमै बित्छ । भरतपुरस्थित एक होटेलको क्वारेन्टिनमा बस्दै आएका रहेका यी तीन युवालाई अहिले स्वाब संकलनमा भ्याइ नभ्याई छ । उनीहरु विहानै पीपीइ सेट लगाएर निस्कन्छन् ।
    जबसम्म स्वाब संकलनको समय सकिदैन तबसम्म उनीहरु पीपीइ सेटकै भरमा शंकास्पद व्यक्तिसंगै रहन्छन् । गर्मीमा पीपीइ सेट लगाएर काम गर्दा उनीहरुलाई निकै सकस हुन्छ ।
    तर उनीहरुको यो बाध्यता हो । ‘गर्मीमा पसिना चुहाउँदै पीपीइ सेट लगाएर काममा खटिनुपर्छ, निकै सकसकाबीचमा काम सकाएर होटल फर्किन्छौं’–तिवारीले भने ।
    विभिन्न क्लिनिक र अस्पतालमा कार्य गरिसकेका तिवारी अहिले भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत छन् । करारमा काम सुरु गरेका तिवारी अहिले जोखिम मोलेरै जनताको सेवामा खटिएका छन् । तिवारीले भने–‘हाम्रो काम पनि जोखिम छ, प्रत्यक्ष रुपमा संक्रमितसंग हामी सम्पर्कमा हुन्छौं, तर महानगरले खटाएकोले मनमा कुनै डर छैन, हाम्रो दायित्व निर्वाह गरिरहेका छौं ।’
    उनको काम शंका लागेर आएका व्यक्तिहरुको नाक र मुखबाट स्वाब संकलन गर्ने हो । उनीसंगै रहेका तिमिल्सिना पनि स्वाब संकलनमा व्यस्त हुन्छन् ।
    ज्यानलाई जोखिममा रहेका तिमिल्सिना पनि विहानैदेखि फिल्डमा खटिन्छन् । यसरी फिल्डमा खटिदा उनको अनुभव पनि छुट्टै छ । उनले भने–‘गर्मीमा पीपीइ लगाएर डुल्दा डुल्दै स्वास्थ्यमा समस्या आउँछ, कतिपय बेला डल्ने अवस्था सिर्जना हुन्छ ।’
    यसअघि उनीसंगै काम गर्ने सहकर्मी पीपीइ लगाएर धेरै समय उभिनु पर्दा मैदानमै लडेका थिए । उनले त्यसबेलाको घटना सम्झिदै भने–‘हाम्रो काम धेरैलाई सामान्य लाग्न सक्छ, तर हाम्रै सहकर्मी त्यसरी ढलेको देख्दा हाम्रो मन कस्तो भएको होला ?’ उनले जोखिमकै बीचमा आफ्नो दायित्व निर्वाह गरिरहेको बताए ।
    यी दुई जनाका सहयात्री हुन् पोखरेल । एम्बुलेन्समा राखेर उनीहरुलाई गन्तव्यसम्म पु¥याउने काम पोखरेलको हो । उनी पनि पीपीइ सेट लगाएर उनहरुसंगै दौडिन्छन् । अझ उनको जिम्मेवारीको दायरा केही फराकिलो छ । भरतपुरमा कुनै वडामा संक्रमित फेला परिहाले उनीहरुलाई तत्काल अस्पताल र आइसोलेसन सेन्टर पु¥याउने जिम्मा पोखरेलको हो ।
    उनी रात दिन नभनि संक्रमितको सेवामा लागि रहेको छन् । ‘कहिले राति १÷२ बजे फोन आउँछ हस्पिट लैजान, तर मैले कुनै अफ्ठ्यारो नमानी जुनसुकै बेलामा पुग्ने गरेको छु ।’
    उनीहरु जेठ महिनादेखि यसरी नै निरन्तर काममा खटिरहेका छन् । यसअघि नौ जनाले गर्ने काम अहिले यी तीन जनाले मात्रै भ्याइरहेका छन् । उनीहरुलाई कामको चाप पनि उत्तिकै छ ।

    ‘हाम्रो भविष्यको चिन्ता छ’
    यसरी दिनरात नभनी काम खटिएका तीन युवा अहिले महानगरको दैनिक ज्यालादारी कर्मचारी हुन् । उनीहरु करारमा रहेका काम सुरु गरेका छन् ।
    यस्तो महामारीको बेलामा पनि उनीहरु जोखिमको प्रवाह नगरी यसरी काममा खटिरहेका छन् । करारमा काम गरिरहेका उनीहरु आफ्नो भविष्य प्रति चिन्तित छन् । यस्तो जोखिमको बेला काम गर्दा उनीहरुलाई कुनै प्रोत्साहन छैन ।
    केही महिनाको जोखिम भत्ता पाएका छन् त्यस अलवा कुनै प्रोत्साहन छैन । उनीहरुलाई अहिले चिन्ताको विषय बनेको छ आफ्नो जागिर । करारमा काम गरिरहेका उनीहरु यस्तो जोखिमको बेलामा साथ दिँदा पनि कतै जागिर नै गुम्ने होकी भन्ने चिन्ता छ । दैनिक ज्यालादारी काम गर्दा आफ्नो जीवनमा केही समस्या आए आफ्नो परिवार र आफ्नो भविष्य के हुन्छ भन्ने उनीहरुमा चिन्ता छ ।
    कम्तीमा महानगरको अस्थायी कर्मचारीको रुपमा कार्य गर्न पाए आफ्नो भविष्य सुनिश्चित हुनेमा उनीहरुको आशा छ । उनीहरु तिनैजनाले एक स्वरमा भने–‘यस्तो जोखिममा काम गर्दा भोलि हाम्रो भविष्य के त ? हामी संक्रमित भयौं या ज्यान नै जोखिममा प¥यो भने हाम्रो जिम्मा कसले लिन्छ ?’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु