skip this
  • नेपाल सेरोफेरो

    बाग्लुङग ताराखोलामा व्यवसायिक कुखुरा पालन शुरू

  • असल गैरै, बाग्लुङ

    पश्चिम बाग्लुङग ताराखोला गाउँपालिका वडा न ४ निवासी सुनिल पाण्डे एक युवा व्यवसायी हुन् ।
    केही समय वैदेशिक रोजगारमा भुमरीएका उनि अहिले आफ्नै गाउंमा कुखुरा पालनमा व्यस्त छन् । विदेशमा सिकेको ज्ञान र सिपलाई प्रयोग गरेर आफुले आफ्नै ठाउमा यो व्यवसाय गरेको उनि बताउछन् । उनि भन्छन् सुरूमा साविक ताराखोला गा.वि.स लाई मासु पुग्ने गरी यो व्यवसाय सुरू गरेको हु विस्तारै पुरै गाउँपालिकालाई नै पुर्याउने लक्ष्य छ ।
    अहिले आफ्नै घरबाट मासु बिक्री भईराखेको छ आवश्यक परे होम डेलिभरीको समेत व्यवस्था गरेको छु ।मुखमा चमक ल्याउदै भन्छन्, आफ्नो यस किसीमको काम देखेर गाउंका युवाहरूमा व्यवसायिक उर्जा थपिएकोमा उनि ढुक्क छन् । कोरोनाको यस जटील समयमा यातायात ठप्प हुदा बेलावेला दाना अभाव हुने गरेको र कथमकदाचित पाईहाले पनि महङ्गो भाउ तिर्न बाध्य हुनुपर्ने उनि बताउछन् । आफ्नो घर धितो राखेर सुरू गरेको यो व्यवसाय अहिले फस्टाउने क्रममा छ। हाल साना ठुलागरी १५० वटा कुखुरा हुर्की राखेका छन् ।
    विदेशमा नमिठो दु:ख भोगेका सुनिल आफ्नै देशमा दु:ख गरे सुन फलाउन सकिन्छ भनि यस व्यवसायमा लागी परेको बताउछन्।मिहेनत गरे आफ्नै देशमा सबै चिज सम्भव छ भन्ने उनि गाउँका युवाहरूको लागी प्रेरणाको स्रोत बनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु