
प्रशिक्षक निर्माण गर्दै अखिल क्रान्तिकारी भरतपुर महानगर


भरतपुर ,चितवन
अखिल (क्रन्तिकारी) को तिन महिने संगठन सुदृढीकरण तथा जन सम्बन्ध सुधार अभियान अन्तर्गत भरतपुर महानगर समितीले संगठनको निम्ती प्रशिक्षक निर्माण गर्ने गरी ३ दिने कार्याशाला कक्षा संञ्चालन गर्ने निर्णय गरेको छ ।
हिजो सप्तगण्डकी क्याम्पसमा महानगर समितीको बैठकमा उक्त निर्णय भएको महानगर समितीका अध्यक्ष पिंगल राज पन्तले बताउनु भएको छ । उक्त प्रशिक्षक निर्माण कार्यक्रम २५,२६, र २७ गते सञ्चाला गर्ने तिन महिने अभियानका भरतपुर महानगर कमाण्ड इन्चार्ज तथा केन्द्रीय सचविालय सदस्य दुर्लभ शाही ठकुरीले जानकारी गराउनु भएको छ । याे कार्यशाला चितवनका सबै पालिका र क्याम्पस हरुमा पनि केही दिनमा नै सुरु गरिने सगठनका जिल्ला सह-संयाेजक शुसन चितवने ले बताउनु भएकाे छ ।


