skip this
  • चितवन विशेष

    युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न गरी काम गर्दै छाैँ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • चितवन, साउन २७–

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न अहिले मुख्य चुनौति रहेको बताएका छन् । युवा दिवसको अवसर पारेर आज (शनिबार) भरतपुर महानगरपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशमै रोजगारीको वातावरण नबनेसम्म युवालाई विदेश जानबाट रोक्न कठिन हुने बताए । उनले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल समेत गरेका छन् ।

    ‘विस्तारै देशले नयाँ गति लिँदै छ । देश भित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देश भित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उनले भने । उनले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताए ।

    ‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’उनले भने ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे । कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताए ।

    उनले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताए । नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उनले सुनाए । ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसंग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’–उनले भने । कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताए ।
    नेपालले बंगलादेशसंग विद्युत व्यापारको सम्झौता गरेको उनले बताए । भारतको भूमि हुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलाशा गरे ।

    यसका घोषणा छिट्टै काठमाण्डौँमा गर्ने तयारी रहेको उनले बताए । कर्णाली चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाढि बढाउने उनले बताए । छिट्टै चीन सरकारसंग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उनले बताए । ‘म छिट्टै चीन भ्रमणमा जाँदै छु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उनले भने ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ ।’ चीन भ्रमण पशुपालनसंगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु