
+2 अध्ययनकाे लागि उत्कृष्ट गन्तव्य : ग्रिनल्याण्ड पब्लिक कलेज


चितवनमा धैरै +२ कलेज हरु बिच ग्रिनल्याण्ड पब्लिक कलेज पछिल्लाे वर्ष यता विधार्थीहरुकाे उत्कृष्ट गन्तव्यकाे रुपमा स्थापित हुँदै गएकाे छ ।
https://www.youtube.com/watch?v=7L1dXrHYu-Y
यसै बिच ग्रीनल्याण्ड पब्लिक स्कुल सिंगापुरमा ‘ इनोभेटिभ स्कुल अवार्ड २०२३ बाट सम्मानित भएको छ । यो सम्मानबाट चितवनका विद्यालयहरु मध्ये ग्रीनल्याण्ड पब्लिक स्कुल सम्मानित भएको हो । एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सिंगापुरमा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले ‘ इनोभेटिभ स्कुल अवार्ड २०२३ ’ प्राप्त गरेको हो । कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ वटा स्कुल र स्कुल सञ्चालक सम्मानित भएका थिए । उक्त कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी भएका थिए ।


