skip this
  • चितवन विशेष

    भरतपुरको फोर्ब्स कलेजले पायो बेलायतबाट आईएसओ प्रमाणपत्र

  • चितवन, साउन २८-

    भरतपुरको फोर्ब्स कलेजले बेलायतबाट आईएसओ को प्रमाणपत्र प्राप्त गरेको छ । कलेजका झण्डै दुई दर्जन गुणस्तरियता मापनका सूचकहरुको आधारमा बेलायतको ‘यूके इन्टरनेशनल सर्टिफिकेसन लिमिटेड(यूकेआईसीएल) ले आईएसओ प्रमाणपत्र गत महिना प्रदान गरेको हो ।

    पोल्याण्डको युनिभर्सिटी अफ कम्प्युटर साइन्सेस र स्किल्सबाट कलेजले विभिन्न विषय पढाउन सम्बन्धन प्राप्त गरेको छ । संस्थाले हरेक वर्ष कलेजको अनुगमन गरेर ती सूचकहरुको अवस्था के छ भने मापन गर्ने गरेको छ । होटल व्यवस्थापनमा स्नातक(बीएचएम) र कम्युटर विज्ञान (बीसीएस) पढाउँदै आएको कलेजका विद्यार्थीको प्रमाणपत्रमा पनि आईएसओ लोगो अंकित हुने भएकोले देश तथा विदेशमा रोजगारी र शिक्षामा सहयोग पुग्ने कलेजको विश्वास छ ।
    कलेजका प्रिन्सिपल हरि पाठकले व्यवहारिक ज्ञानसहितको शिक्षा, पढ्दा पढ्दै कमाउने वातावरण र व्यवसायिक प्रमाणपत्र दिने प्रचलन जस्ता विशेषताले कलेज विद्यार्थीको रोजाइमा परेको बताए । उनले भने, ‘ कम्प्युटर विज्ञानमा साइबर सुरक्षा हामीले मात्र पढाउने गरेका छौं । कलेजका १०० जना विद्यार्थी अहिले पनि होटलहरु र आईटी कम्पनीमा काम गर्दे पढिरहेका छन् ।’ कलेजले बिहानी र दिवा शत्र गरेर बीएचएम र बीसीएसमा १६० जना विद्यार्थी पढाउने गरेको छ । प्रिन्सिपल पाठकले भने, ‘ हामीले विद्यार्थीहरुलाई जागिरको लागि सहयोग गर्दै आएका छौं ।’

    यूकेआईसीएलले कलेजको शैक्षिक सेवा, प्राविधिक इन्टरनेटमा आधारित सिकाइ, गुणस्तरिय शिक्षा, प्राज्ञिक र अतिरिक्त क्रियाकलाप, परीक्षा, मूल्यांक पद्धति, चमेना गृह र खानाको गुणस्तर, तालिम, कार्यशाला, आपतकालिन तयारी, प्राज्ञिक र व्यवसायिक मूल्य,मान्यतालाई हेरेर सो प्रमाणपत्र उपलब्ध गराएको आईएसओ प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु