skip this
  • चितवन विशेष

    भरतपुर महानगरद्वारा लघुउद्यमी समूहलाई सहयोग

  • भरतपुर । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत सात समूहलाई प्रविधि हस्तान्तरण गरेको छ । महानगरबाट सञ्चालित मागका आधारमा तालिम लिएका वडा नम्बर–१३, २३, २४ र २५ नम्बरका उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रविधिका सामानहरु हस्तान्तरण गरिएको हो ।

    उद्यमी समूहलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरुपमा प्रविधि हस्तान्तरण गरेका हुन् ।

    उक्त अवसरमा बोल्दै मेयर दाहालले महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउँदै आएको वताइन् । यस्ता कार्यक्रमले उद्यमीहरुलाई स्वावलम्बी, आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएको उनको भनाइ छ । उनले आगामी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधिहरु हस्तान्तरण गरिने पनि बताइन् ।

    उद्यमीहरुलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेसिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर दुई थान, भट्टी चुलो २ थान, पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेसिन २ थान र इन्टरलक मेसिन चार थान दिइएको हो । प्रविधिलाई तीन लाख ९६ हजार १८० रूपैयाँमा खरिद गरिएको महानगरको सामाजिक शाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु