skip this
  • चितवन विशेष

    राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाइ भरतपुर महानगर द्धारा पुरस्कृत

  • चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।

    रतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्।

    भरतपुर महानगरपालिकामा एक समारोहका बीच विजेता खेलाडी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कृत र सम्मान गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु