skip this
  • फिचर

    भरतपुरमा प्रस्तावित रेल मार्गकाे वास्तविकता/भ्रम भित्रका अवसर र चुनाैतीहरु

  • नेपालमा पहिलो पटक सन् १९२७ मा अमलेखगञ्ज (नेपाल) देखि रक्सौल (भारत) सम्म ४८ किलोमिटर लामो रेल सेवा सुरु भएको थियो जुन सन् १९६० मा बन्द भएको थियो । भारतको जयनगरदेखि नेपालको जनकपुर र बिजलपुरालाई ५१ किलोमिटर लम्बाईमा जोड्ने दोस्रो रेल सेवा सन् १९३७ मा सुरु भएको थियो।

    रेल सेवा अन्य यातायातका साधनहरू भन्दा भरपर्दो, सस्तो र सहज हुने भएकाले हाम्रो देशको रेल सञ्जालको विकास र विस्तारका साथै छिमेकी मुलुकको रेल सञ्जालमा जोड्नु हाम्रो देशको आर्थिक विकासको लागि महत्वपूर्ण छ। उक्त लक्ष्य हासिल गर्न नेपाल सरकारले रेलवे पूर्वाधारको नीति तर्जुमा, विकास र विस्तारमा सहयोग पु¥याउन र रेल सेवा सञ्चालनका लागि सुझाव दिन स्थायी संगठन संरचना निर्माण गर्नुपर्ने आवश्यकतालाई मान्यता दियो । त्यसपछि, नेपाल सरकारले 2068/03/01 (B.S) मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MoPIT) अन्तर्गत रेलवे विभाग (DoRW) स्थापना गर्‍यो।

    नेपालमा रेल मार्गको चर्चा र विवाद आजको हैन लामो समय देखी रेल मार्ग सञ्चालन गर्ने सरकारको तयारी भए पनि यो सफल हुन सकेको छैन । खासगरी मधेशमा रुट र मेन स्टेशन विवादका कारण रोकिने गरेको रेल मार्ग अहिले भने केही ठाँउमा स्थलगत रुपमा सुरु भएको छ ।

    यसै सन्द्रर्भमा यो रेल मार्ग चितवनमा आइ पुग्दा सर्वाधिक विवाद र चर्चामा आएको छ । कारण हो घना बस्तीको विच बाट यो रेल मार्ग प्रस्तावित हुनु । भरतपुरमा २०७४ सालको स्थानिय निर्वाचनमा विजयी भएर मेयरको रुपमा रेनु दाहाल आए देखी भरतपुरमा सामरिक, सामाजिक तथा भौतिक विकासका कार्ययोजनाहरुले निकै उचाइ लिएको छ । भरतपुरमा बन्दै गरेका ठुला ठुला आयोजनाहरु सम्पनताको दिशामा जाँदै गर्दा भरतपुर लाइ नै विभाजित गर्ने गरी आएको रेल मार्गको कारण भरतपुरमा यतिबेला तनावको सिर्जना उत्पन्न भएकाे छ । यस किसिमको प्रस्तावित रेल मार्ग लाइ भरतपुर महानगरले ठाडै अस्वीकार गर्दै केही विकल्प हरु प्रस्तुत गरे पश्चात भने हाल उक्त विवादित रेलमार्गको सबै काम रोकिएको छ । भरतपुर महानगरको तर्फ बाट प्रस्तावित विकल्पमा पनि महानगरको प्रमुख रेनु दाहालको नेतृत्वमा व्यापक जन–सहभागिता सहित छलफल भइरहेको छ । यसमा भरतपुर महानगरले देखाएको तदारुकता प्रशसंनिय छ । हाल भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।

    भरतपुर लाइ खण्डीकरण गर्ने गरी रेल मार्ग प्रस्ताव गर्नु भनेको भरतपुरको विकासलाइ रोक्नु हो । सुविधा र विकासका पुर्वधारहरुले दक्षिण एसियाकै उत्कृष्ट स्मार्ट सिटीको रुपमा अघी बढ्दै गरेको भरतपुर लाइ विभाजित गराउने गरी आएको रेलमार्गको प्रस्ताव कुनै पनि हालतमा महनगरको नेतृत्वले स्विकार गर्न हुदैँन । मानव बस्तीमा क्षती नै नहुने गरी रेलमार्ग लाइ डाइर्भट गर्न सकिन्छ तर पर्याबरणीय र उपभाेगको हिसावले जनता लाए पाएका नपर्ने ठाँउ बाट रेल मार्ग लैजाँदा विकासको सिदान्त सँग मेल नखाने देखिन्छ । यसकारण यसरी तिन विकल्पमा गम्भरि भएर छलफल गर्न सकिन्छ ।

    पुर्व बाट आउने रेल मार्ग लाइ सबै पालिकामा सब स्टेशन हुने गरी राप्ती, खैरहनी, रत्ननगरको उत्तरी गाँउ बस्ती हुँदै कालिका लाइ छुदैँ भरतपुरको आँपटारीमा मेन स्टेशन रहने गरी रेल मार्गको एउटा विकल्प पेश गर्न सकिन्छ यसले समग्र चितवनको विकासमा टेवा दिने काम गर्न सक्छ । मानव बस्ती लाइ उचित मुआब्जा दिएर अघि बढाँउदा यो रेल मार्ग एउटा उपयुक्त विकल्प हुन सक्छ ।

    साच्चिकै मानव बस्ती लाइ नछुने गरी रेल मार्ग बनाउने हो भने पुर्वी चितवनको लोथर बाट नै राप्तीको किनारै–किनार भरतपुरको गोलाघाट मेन स्टेशन रहने गरी रेल मार्ग प्रस्ताव गर्न सकिन्छ तर यो प्रस्ताव जती सजिलो छ कार्यन्वयनमा उतिनै असहज देखिन्छ । पर्याबरणीय हिसाबले निकै जोखिम रहने यो प्रस्ताव जनता लाइ उपयोगिताको हिसाबले पनि उत्तिकै अनुपयोगी पनि देखिन्छ । चितवनको मुख्य बजार बाट निकै दुरीमा रहने यो प्रस्तावित रेल मार्ग मानव ससाधन र पु्र्वधार विकासमा निकै कम उपयोगी हुने देखीन्छ भने अहिलेको कानुन अनुसार निकुन्ज क्षेत्र हुँदै जाने यो प्रस्तावित रेल मार्ग निर्माण अनुमती ल्याउन नै असम्भव प्राय देखिन्छ ।

    अर्को विकल्प पुर्वको टीकौली देखी भरतपुरको आँपटारी सम्म लाइ समेटेर गर्न खोजिएको छ । यो विकल्पमा भरतपुरको जंगल रुट हुने गरी रेल मार्ग बनाउन सकिने भनिएको छ जसले गर्दा मानब बस्तीमा कुनै क्षती हुँदैन । भरतपुरको आँपटारीमा मेन स्टेशन रहने गरी प्रस्ताव आँउदा जनता लाइ उपयोगिताको हिसावले निकै पाएका पर्ने र भरतपुरको विकासमा पनि निकै टेवा पु¥याउने देखिन्छ । पवित्र देबघाट धाम लाई धार्मीक तथा पर्यटकिय चहलपहल बढाउन पनि निकै मद्दत पुग्ने देखिन्छ ।

    विकास र विनास लाइ सन्तुलित गर्दै कम क्षती बढी लाभ हुने गरी विकास निर्माण अघी बढाउनु कुशल नेतृत्वको गुण हुने भएकोले यो रेल मार्गको विषयमा हतारो नगरी सबै पक्षीय सँग समन्वयन गर्दै भरतपुर महानगर बढ्नेछ भन्ने महानगरको नेतृत्व प्रति समग्र जनताको अपेक्षा रहनु स्वाभाविक नै हुन जान्छ । तर यी र यस्ता जनताको प्रत्यक्ष सरोकारका विषय आँउदा धमिलो पानीमा माछा मार्न पल्केका हरु बाट आम चितवन वासी सजग हुनुपर्ने देखिन्छ । मध्य नेपालको सुन्दर जिल्ला चितवनको विकास र समृद्धीमा नै तपाँइ हामी सबैको भलो हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु