skip this
  • चितवन विशेष

    भरतपुर भ्रमण बर्ष २०२४ सफल पाराैँ

  • चितवन नेपालको ७८ औं जिल्ला भनेर त्यसै चिनिएको हैन भिन्न सस्कृती, मानव सभ्यताको समिष्टिगत भूगोल नै चितवन हो ।
    लगभग आधा चितवन समेटिएको भरतपुर चितवनको मात्रै नभएर नेपालकै राजनैतिक, आर्थिक र सामारिक हिसाबले महत्त्वपूर्ण बिकसित र सुब्यबस्थित गाउँ र शहर बिचको मनोरम संगम स्थल हो । यथार्थमा भरतपुर समग्र चितवन हो । यहि सत्यता लाई आत्मसात गर्दै यतिबेला भरतपुर महानगर प्रमुखको नेतृत्वमा पुरै महानगरको टिम भरतपुर लाई हरेक हिसाबले सबल र सक्षम बनाउन दिन रात लागि परेको छ । भरतपुरमा हजारौं अट्ने अन्तर्राष्ट्रिय रंगशाला देखि लाखौ जनता जोगाउने तटबन्धको महायोजना निर्माण सुरु भएको छ ।
    बिगत ६ बर्ष यता भरतपुरमा भएको सडक तथा निर्माणको कामको रफ्तार सामान्य खालको छैन । यति धेरै निर्माणको कार्य हुँदा पनि महानगरको कार्यसम्पादनले देशैभर लागातार प्रथम स्थान हासिल गर्ने कुरा अर्को उत्कृष्टताको नमुना हो । भरतपुरको बिकास मोडेल सारा विश्व लाई चकित तुल्याउने खालको भैरहेको छ । करिब १००० किमि सडक कालोपत्र, २० अर्बको नारायणी तटबन्धको महापरियोजना, हजारौं अट्ने नेपालकै ठूलो सुबिधा सप्पन्न सिटि हल, लाखौं खेलप्रेमी र प्रतिभाको प्रस्फुटन हुने अन्तर्राष्ट्रिय रंगशाला वार्ड वार्डमा स्वास्थ चौकि, इतिहासिक छोरी बिमा कार्यक्रम, केन्द्रिय अस्पतालको स्तर उन्नति लागयत कयौं काम हरु सम्पन्न्ताको दिशामा निरन्तर गतिशील छ भरतपुर ।
    यहि सन्द्रर्भ लाई मुर्तरुप ल्याउन महानगर नयाँ संभावना, अवसरहरु सिर्जना गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नयाँ पहिचान निर्माण गर्न भरतपुर भ्रमण बर्ष २०२४ VisitBharatpur2024 (घुमाैँ भरतपुर) को आयोजना गर्दै छ । भरतपुरको शिर चौकी डाडा देखि माडिको सोमेश्वर गढि सम्म , सिराइचुली देखि सौराहा सम्म , देबघाट देखि गोलाघाट सम्म जोड्ने गरि भरतपुर भ्रमण बर्षको गौरवपुर्ण आयोजना हुँदै छ ।
    यसकारण तमाम बिषयलाइ थाती राखेर भ्रमण बर्ष सफल पारौं ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु