skip this
  • चितवन विशेष

    २२ घरमा खरको छानो हटाएर जस्तापाता लगाउदै भरतपुर -२४

  • खरको छाना भएका गरिव बिपन्नहरुको घरमा अव टिनको छानो टल्किने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ ले भुमिहिन, सुकुम्बासी तथा बिपन्न परिवारको घरमा टिनको छानो लगाउन सुरु गरेको हो ।

    खरको छानो भएका घरहरु हावाहुरी, पानी, आगोबाट बढि जोखिममा रहेको भन्दै सुरक्षीत आवास अन्तर्गत यो कार्यक्रम संचालन गरिएको हो।

    वडा कार्यालयले टिनको छानो हालेर घर बनाइदिन थालेपछि सुकुम्बासी बस्तीको मुहार फेरिएको छ ।
    वडा कार्यालयले सुकुमबासी बस्तीमा २२ वटा घरमा खरको छानोलाई विस्थापित गरी टिनको घर निर्माण गरिदिएको वडाध्यक्ष रामबहादुुर गोदारले बताए । वि.सं. २०३५ सालदेखि सार्वजनिक जग्गामा खरको छानो र माटोको पर्खाल लगाएर बास बस्दै आएको बस्तीमा टिन, पाइप र पिल्लर उपलब्ध गराएर घर निर्माण गर्न लगाएको वडाध्यक्ष गोदारले जानकारी दिए । अघिल्लो वर्ष ११ र यो वर्ष ११ गरी २२ वटा घर निर्माण गरिएको उनले बताए ।
    वडास्तरीय बजेटबाट एउटा घरका लागि ६५ हजार बराबर खर्च गरेको गोदारको भनाइ छ । नवनिर्मित घरहरुमा एकै किसिमको रंगरोगन र पर्खाल लगाउन ६ लाख रूपैयाँ विनियोजन गरिएको उनले बताए ।
    खरको छानोमुनी रहेका बस्तीमध्ये अधिकांश दलित परिवार रहेको उनले जानकारी दिए । यो अभियानलाई क्रमशः आगामी वर्षमा पनि निरन्तरता दिने योजना रहेको वडाध्यक्ष गोदारले बताए ।
    घरको झुप्रोमुनी बास बस्दा जंगली जनावर र वर्षातको भेलको डरैडरमा सुत्नुपरेको बताउँदै सविता सुनारले भनिन्– ‘वडा कार्यालयले टिनको छानोको घर बनाइदिएपछि ढुक्कसँग सुत्न पाइएको छ ।’ दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी सुनारले विगत १५ वर्षदेखि घरको छानोमुनी बास बस्दै आएको बताइन् । पटकपटक जंगली हात्ती आएर खरको छानो भत्काइदिएको मनकुमार बाह्रघरे मगरले बताइन् । ‘एकातिर जंगली जनावरको डर, अर्कोतिर वर्षैपच्छिे छाउनुपर्ने वाध्यता थियो, अहिले त ढुक्क भएको छ,’ मनकुमारीको भनाइ थियो ।

    खरको छाना भएको घर आगलागीको जोखिममा हुने र गाउँ घरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको वडा अध्यक्ष रामु गोदारको भनाइ छ । पछिल्लो समय गाउँमा बालबालिका र वृद्धवृद्धामात्रै हुन थालेपछि छानोमा खर फेर्न समस्या भइरहेको हुँदा उनीहरुलाई थोरै भए पनि राहत दिनका लागि वडा कार्यालयले घरको छानो विस्थापित अभियान सुरु गरेको अध्यक्ष गोदार बताउनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु