skip this
  • चितवन विशेष

    नारायणी किनारमा आदिवासी जनजाति महोत्सव हुदैँ

  • भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र पारेको छ ।

    महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदीकिनारमा हुन लागेको महोत्सवको स्थलगत प्रचारप्रसारसँगै स्टल निर्माणको कामलाई तीव्रता दिएको हो । महासंघलाई महोत्सवको तयारी गर्ने समय कम रहेकोले पनि तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ । सोहीअनुरुप ठाउँ–ठाउँमा प्रचार सामग्री पु¥याउने काम भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

    आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो । करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोवास रहेको चितवन जिल्लामा हाल १७ जाति संगठित भएका छन् । संगठित हुन बाँकी जातिलाई पनि संगठित बनाई महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए ।

    आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पु¥याउने विश्वास लिइएको छ । भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौँ भरतपुर’लाई सार्थक तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ । प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ ।

    ‘किनकि यो महोत्सवले चितवनमा बसोवास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ । त्यसकारण पनि यो महोत्सवको भूमिका फरक छ’, मूल समारोह समितिका संयोजक दुराले भने । मनोरञ्जनसँगै पर्यटन प्रवद्र्धन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यापार व्यवसायलाई थप चलायमान गराउनका लागि महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ ।

    महोत्सव अवधिभर चितवन जिल्लामा बसोवास गर्दै आएका आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई प्रदर्शन गर्ने महोत्सवका आर्थिक समिति संयोजक पवन गुरूङले जानकारी दिए । ‘हरेक दिन आदिवासी जनजातिका फरक–फरक सांस्कृतिक कार्यक्रम देख्न पाउनु हुनेछ’, उनले भने, ‘त्यसबाहेक बजारको मागअनुसार ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि हुने नै छ ।’

    आदिवासी जनजातिको संस्कृति संरक्षण गर्नुपर्ने अवस्थामा आइपुगेको हुँदा महोत्सवमार्फत संरक्षणमा टेवा पु¥याउने प्रयास गरिएको उनले बताए । करिब ८० लाख रूपैयाँ खर्च र एक करोड रूपैयाँ कारोबार गर्ने अनुमान गरिएको महोत्सवलाई सफल पार्न जिल्लामा संगठित भएका जातीय संघसंस्थालाई समेत अनुरोध गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु