skip this
  • फिचर

    प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री द्धारा उद्धघाटन हुने

  • भरतपुर,चैत २२-

    चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा समावेश गरिएका नौ खेलमध्ये पुरुष फुटबल मकवानपुरको गैरीटार रङ्गशालामा हुनेछ भने अन्य खेल भरतपुरमा हुनेछन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।  प्रतियोगिता प्रधानमन्त्री द्धारा यही चैत्र २५ गते उद्धघाटन हुने भएकाे हाे ।
    परिषद्को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति तथा विभिन्न पाँच उपसमिति र नौ प्राविधिक समिति गठन गरिएको छ । खेलमा एथलेटिक्स, भलिबल, महिला फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन, पुरुष क्रिकेट र पुरुष फुटबल समावेश छन् । भरतपुरको चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल हुनेछन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुरुष र महिला क्रिकेट, भरतपुरको गेष्ट हाउस चौरमा भलिबल, बखत स्मृति रङ्गशाला महिला फुटबल, चितवन औद्योगिक प्रदर्शनी केन्द्रको हलमा कराते, बक्सिङ र तेक्वान्दो, भरतपुरको हवेलीमा पौडी, भरतपुर कभर्ड हलमा ब्याडमिन्टन, गौरीटार रङ्गशाला हेटौँडामा पुरुष फुटबल प्रतियोगिता हुनेछ ।

    प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्य पदकका लागि सात प्रदेशका एक हजार पाँच सय ४७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको समापन आगामी वैशाख १ गते मकवनपुरको गौरीटार रङ्गशालामा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु