skip this
  • चितवन विशेष

    चितवन निकुंजको धुलो बाटो, माडीको संकट र बिक्रमबाबा मेला

  • हजुरहरु सबैलाई नमस्कार 🙏 !

    आज देखि बिक्रमबाबको मेला सुरु भएको छ ! तपाई हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको यो बाटोमा साईकल/मोटरसाईकल/पैदल/अटोमा र गाडीमै पनि यात्रा गर्नु हुने हरेक यात्रिहरुले एकपटक देशका संचालक, चुनाव जितेका नेताहरु लाई सराप्नु हुनेछ/गालि गर्नु हुनेछ, त्यो पनि थाहा छ ! सबैभन्दा पहिले अघिल्लो ५ बर्ष र पछिल्लो २ बर्ष समेत गरि ७ बर्षदेखि यो जंगलमा धुलोमुक्त बाटो बनाउछौ भनि गरिएका प्रतिबद्धता, बाडीएका सपना र गरिएका गफ पुरा गर्न नसकिएको मा एउटा सक्रिय राजनैतिक कार्यक्रता का नाताले म नैतिक रुपमा आत्मालोचना गर्न चाहान्छु !

    जनतालाई बाडीएको सपनामा कतै म, कतै मेरो दल,कतै मैले भोट मागेका नेता, कतै म सहभागि गठबन्धन,कतै मेरो समर्थन र कतै मेरो समेत नेतृत्व छ ! म कसैलाई तोकेर दोष दिन चाहान्न तर हैदाराबादको केमिकल पिच देखि आकसे पुल सम्म, नयां कालोपत्रे देखि नयां नयां बाटो सम्मका हल्लाले हामीले जनतालाई क्षणिक मज्जा र गफ त दियौं तर काम भने सिन्को पनि भाचिएन ! म पनि जानेर नजानेर यो सारा झुटको साक्षीं बसेको छु । यसको लागी हात जोडेर माफि माग्न चाहान्छु ! हिजो मात्रै पनि प्रधानमन्त्रिलाई निकुंजको कैदी कहिले सम्म बन्ने हो माडीबासी (?) भनेर अन्तिम पटक अनुरोध गरेर फर्केका छौ । अब पनि यसै गरी चितवन निकुंजका कारण माडीबासी प्राकृतिक जेलमा बसिराख्नु पर्ने हो भने हामी सहेर बस्न सक्दैनौ ।

    बैशाखको अन्त्य सम्ममा पनि राज्यले केहि गरेन भने अब सबै माडीबासी जनता एकभएर अन्तिम संघर्ष गर्नुपर्ने छ । फेरी बिक्रमबाबा मै फर्कौ, हजारौ को दैनिक आवागमन हुने यही धुलो बाटोमा पनि कम्तिमा मेला अबधिभर दिनको २ पटक पानि छम्कने, माडीबाट गएका बिरामी, यात्रुबाहाक सवारी र मोटरसाईकलहरु लाई कसरामा नरोकि निर्वाध पुल तर्न दिने, माडीका मेलामा जानेलाई कसरा मै सवारी साधन राख्न दिने, सडकमा पसल राखेर सवारी जाम नगराउने, ढडेलोले मौसम खराब भएकाले कम्तिमा हातमुख र आखा धुन र खान स्वच्छ खानेपानिको ब्यबस्था मिलाउन समेत सम्बन्धित माडी नगरपालिका, भरतपुर महानगरपालिका र निकुंज प्रशासन कसरालाई अपिल गर्न चाहान्छु । अन्त्यमा चितवनको ऐतिहासिक एवं खास गरी थारु समुदायको बिशेष महत्वको बिक्रमबाब मेलाले भरतपुर भ्रमण बर्ष, यो क्षेत्रको धार्मिक पर्यटन, आर्थिक क्रियाकलापलाई मजबुत बनाउन योगदान गरोस् ! मेला सफलताको कामना र नयां बर्ष २०८१ को शुभकामना !

    लेखक ः सन्ताेष पनेरु माडीकाे युवा अभिान्ता तथा माओवादी केन्द्रका नगर उपाधक्ष्य हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु