skip this
  • चितवन विशेष

    भरतपुरमा सुरु भयाे मेयर कप फुटबल प्रतियाेगिता उद्घाटन खेल बराबरीमा राेकियाे

  •  

    २४ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता वैशाख आज देखी सुरु भएको छ ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालकाे प्रमुख अतिथ्थतामा आजकाे खेल उद्घाटन गरिएकाे हाे  ।

    प्रतियाेगिता लाइ सेन्ट्रल कलेजले मुख्य प्रायाेजन गरेकाे छ ।

    सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले वैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको थियाे । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् ।

    सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

    ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

    बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि-क्वाटरफाइनल प्रवेश गर्नेछ ।

    उद्घाटन खेलमा समूह ए मा रहेका स्टेप बाई स्टेप इग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी बीच प्रतिस्पर्धा भैरहेकाे छ  ।

    कृष्णपुरसँगै भरतपुर-१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।

    चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल विकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु