skip this
  • नेपाल सेरोफेरो

    पश्चिम सेतीमा फेरि तनाव

  • श्रावण ९, २०७५

    सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने निर्णय गरेपनि उसको लगानीमा अन्योल बढे सँगै तनाव सुरू भएकाे  छ । विद्युत खरिद सम्झौता पीपीएमा विद्युत प्राधिकरणको शर्त पालना गर्न नसक्ने भन्दै थ्री गर्जेज आउन आनकानी गरिरहेको लगानीबोर्ड श्रोतले जनाएको छ । ७ सय ५० मेगावट क्षमताको सो आयोजनामा प्राधिकरणले वर्षायाममा प्रतियुनिट ६ देखि ८ रुपैयाँ र हिउँदमा प्रति युनिट १० देखि १२ रुपैयाँसम्म हुनुपर्ने प्रस्ताव गरेको छ । वर्षायाममा उत्पादित विद्युतको कम्तिमा ३५ प्रतिशत हिउदमा उत्पापदन अनिवार्य हुनुपर्ने शर्त समेत प्राधिकरणले राखेपछि थ्री गर्जेज हच्किएको लगानीबोर्ड श्रोतले जनाएको छ ।  यद्यपी आयोजना निर्माणबारे लगानी बोर्डले पठाएको पत्रको जवाफमा भने थ्री गर्जेजले आफ्ना उच्च अधिकारी नेपाल भ्रमणमा आउने तयारीमा रहेको बताएका छन् । विद्युत प्राधिकरणसँग पीपीए टुङ्गो लगाएपछि मात्रै थ्री गर्जेजले आयोजना विकास सछिम्झौता अघि बढाउने बताइएको छ ।  सुदुरपश्चिमबासीको आर्थिक भविश्यसँग समेत जोडिएको र २० बर्षदेखि चर्चामा रहेको सो आयोजनामा गतवर्ष कार्तिक ३० गते विद्युत प्राधिकरण र गर्जेजबीच लगानी सम्झौता भएको थियो । करिव ६० अर्ब लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत लगानी विद्युत प्राधिकरण र ७५ प्रतिशत लगानी  थ्री गर्जेजले गर्ने प्रारम्भिक सहमति भएको थियो । यस्ते किसिमकाे तनावले गर्दा बुढिगणडकी जलिविदुत अायाेजना बाट र्थि गर्जेज लाइ हटाइकाे थियाे ।

    यसै  बिच जनस्तर बाट  छिटाे काम सुरू गर्न दवाब अाइरहेकाे पनि छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु