skip this
  • चितवन विशेष

    भरतपुरमा गाेली चल्याे , प्रहरी सहित दर्जनाै घाइते, मजदुर मार्न पाइदैन : मजदुर नेता पुरन रार्इ,( भिडियाे सहित)

  • चितवन,साउन ९-

    भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त वनेको छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान घाइते भएका छन् । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् ।प्रदशनका क्रमामा दर्जनाै घार्इते भएकाे अाशंका गरीएकाे छ । थप विवरण अाउन भन्ने बांकि छ । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

    उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो । साथै यस घटना लाइ  लिएर मजदुर नेता पुरन रार्इ ले गम्भिर अापत्ती जनाएका छन , खाडीमा ठगएका जनताकाे राेजी राेटी खाेस्ने काम गर्न वर्तमान सरकार अातुर रहेकाे अाराेप लगाउनु भयाे । यस्ता हर्कत बन्द नगरे थप शसक्त अान्दाेलन मार्फत मजदुर  अधिकार स्थापित गराएर छाडने चेतावनी दिनु भएकाे छ । मजदुर मार्ने काम गरेकाे पनि उहाँले  टिपणी गरेका छन ।

    अटो ब्यबसाई र प्रसासन बिच को झडप..आज पारस बस्पार्क

    Publicado por Prakash Jung Giri en Miércoles, 25 de julio de 2018

    फाे

    टाे साभार नारायणी अनलाइन

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु