skip this
  • फिचर

    कांग्रेस गाँउपालिका अध्यक्षले पाल्पामा गरे शैक्षिक कर्जाकाे सुरूवात

  • सुसन पाैडेल,पाल्पा

    के तपाई शैक्षिक वेरोजगार हुनुहुन्छ ? वा पैसा नभएर केही गर्न पाउनु भएको छैन ? उसो भए अब चिन्ता नलिनुस् । किनकी सरकारले शैक्षिक प्रमाण पत्र राखेर धितो दिने व्यवस्था गरेको छ । यसकाे सुरूवात पाल्पा बाट सुरू भइसकेकाे छ ।

    आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रको धितोमा प्रदान गरिने कर्जा प्रदान गर्ने व्यवस्था गरेकाे  थियाे । त्यसै कार्यक्रमलाइ सफल बनाउन पाल्पामा शैक्षिक कर्जा सुरूवात भएकाे छ । पाल्पाकाे  बङनासकाली गाँउपालीकामा समुहमा अाउने युवा तथा विधार्थीलार्इ ५  लाख सम्म  शैक्षिक प्रमाणपत्रको  कर्जा प्रदान गर्ने व्यवस्था गरेको हो । । दुइ बर्ष सम्म बिना धिताे यस्ताे व्यावस्था गरिएकाे बङनासकालीका अभ्यक्ष कृषन प्रसाद बस्यालले जानकारी गराए। उनि कांग्रेसका तर्फ बाट गत चुनावमा निर्बाचित भएका हुन ।

    जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

    बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताउनुभयो । “गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौँ” बस्यालले भन्नुभयो ।

    युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम रु सात लाखबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई रु चार लाख रकम उपलब्ध गराइएको छ ।

    बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि रु चार लाख ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि रु एक लाख ऋण लिनुभएको छ । सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि रु एक लाख ऋण पाउनुभयो ।

    यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि रु एक लाख ऋण गाउँपालिकाले उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरी ऋण प्रदान गरिएको बताउनुभयो ।

    गाउँपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम शुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहाँका युवा हर्षित भएका छन् । रासस

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु