skip this
  • फिचर

    हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश

  • काठमाडाैं – गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गर्नुभएकाे छ।
    नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको थियाे । त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउनुभएकाे थियाे भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको थियाे ।
    सूर्य चिह्न लिएर चुनाव लडेका बृजेश गुप्तालगायत अन्य केही नेताहरु पनि अाधिकारिक रुपमा नेकपामा प्रवेश गरेका नेकपाका सांसद तथा नेतृ रामकुमारी झाँक्रीले उज्यालाेलार्इ जानकारी दिनुभयाे ।
    बिहीबार बिहान नेकपाकाे पार्टी कार्यालय धुम्बाराहीमा त्रिपाठीसहित जवप्रवेशी नेताहरुलार्इ नेकपाका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालले स्वागत गर्नुभएकाे थियाे ।
    त्रिपाठी गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर लड्नुअघि राष्ट्रिय जनता पार्टीमा अावद्ध हुनुहुन्थ्याे । चुनाव अगाडि उहाँले राष्ट्रिय जनता पार्टी त्याग गर्नुभएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु