skip this
  • फिचर

    धादिङमा विधार्थी अान्दाेलनकाे एेतिहासिक सफलता, कक्षा एकमा भर्ना पश्चात अन्य कक्षामा भर्ना गर्नु नपर्ने

  • धादिङ,धादिङबेशी

    विप्लब  निकट  विधार्थी संगठन अखिल (क्रान्तिकारी)  र धादिङ प्याब्सन  बिच एेतिहासिक  सहमती भएकाे छ ।

    शुल्क वृद्धिकाे  विरूद्ध विगत ३ महिना देखी तालाबन्दी गर्दै अाएकाे अखिल (क्रान्तीकारी) धादिङले भाद्र ३ गते धादिङ प्याब्सन सँग एेतिहासिक सहमती गर्दै तालाबन्दि खाेल्ने निर्णय गरेकाे छ । सहमती अनुसार पहिलाे बुदाँमा बार्षिक भर्ना गर्न नपर्ने एेतिहासिक सहमती भएकाे हाे । यस अनुसार कक्षा एकमा भर्ना गरे उक्त शैक्षिक संस्थामा अध्ययन गरिन्जेल अन्य कक्षा हरूमा भर्ना गर्नु पर्ने वाध्यता हटेकाे छ । अन्य बुदाँ हरूमा मापदन्ण विपरीत शुल्क लिन नपाउने,  छात्रवृत्ति १० प्रतिशत व्यवस्था गर्नु पर्ने  रहेकाे छ । सहमती पत्रमा अखिल (क्रान्तीकारी) का तर्फबाट जिल्ला संगठनका कार्यलय सचिब अर्पण तमाङ र प्याब्सनका तर्फबाट  धादिङका प्याब्सनका अध्यक्ष गाेबिन्द बुढाथाेकीले हस्ताक्षर गरेकाे अखिल (क्रान्तिकारी)का केन्द्रय सदस्य अटल शर्माले जानकारी गराएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु