skip this
  • नेपाल सेरोफेरो

    शसस्त्र प्रहरी ! ३ महिनामा ७ सय ८६ को राजीनामा, के हो कारण ?

  • सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएको जनाएको हुन् ।

    सशस्त्रका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् । त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका हुन् । तीन माहिनाको अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् ।

    डिआईजी पाण्डेले यो समस्यालाई मध्यनजर गर्दै कर्मचारीहरुको वृत्ति, विकासलाई ध्यानमा राखेर काम भइरहेको दाबी गरे । समयमा बढुवा नभएका कारण उनीहरुमा वितृष्णा पैदाभइ राजीनामा दिइको बताइएको छ । यसले संघठनमा ठूलै प्रभाव पार्ने प्रहरीको अनुमान छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु