skip this
  • चितवन विशेष

    अदालत अगाडि प्रकाण्डले भने- सँगै जनयुद्ध लडेका साथीहरुले हत्कडी लगाए (भिडियोसहित)

  • २४ साउन

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सँगै जनयुद्ध लगेका साथीहरुले आफूलाई हत्कडी लगाएको बताउँदै को ठिक को बेठिक इतिहासले पुष्टि गर्ने बताए । प्रहरीले म्याद थप्ने जिल्ला अदालत ल्याउँदा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले आफूहरुले राष्टिघात र जनविरोधीसँगै भ्रष्टाचार, कालोबजारी, कमिसनखोरको विरोध गरेकै कारण आफूलाई सरकारले गिरफ्तार गरेको बताए । उनले यही विषयमा जनयुद्ध सँगै लडेका साथीहरुले आफू र आफ्नो पार्टीका नेताहरुलाई हत्कडी लगाएको बताए ।

    प्रकाण्डले आफुहरूलाई चरम मानसिक यातना दिएर कम्युनिस्ट नामको ओली सरकारले घोर प्रतिक्रान्तिकारी व्यवहार देखाएको बताएका छन् ।

    आफ्नो पार्टी अहिलेको विद्यमान संविधान र व्यवस्थाका विरूद्ध स्पष्ट राजनीतिक नारा बोकेर अगाडि बढेको पार्टी र यसका नेताहरूलाई गिरफ्तार गरेर कम्युनिस्ट नामको ओली सरकारले बलियो प्रतिक्रान्तिकारी हर्कत देखाएको प्रकाण्डको भनाई छ ।

    पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले ओली र प्रचण्डहरूले लिएको गलत नीतिले नेपाली जनता आजित भएको र आफ्नो विचारमा सहमत भएको बताए । उनले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिएको बताए ।

    ओली र प्रचण्डको सरकारले आफूहरुलाई राजनीति गर्न नदिएको भन्दै उनले आफूलाई लगाइएको हत्कडी देखाउँदै प्रतिक्रान्तिको यही उदाहरण भएको बताए।

    जिल्ला अदालत काठमाडौंले प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो ।

    मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जबरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।

    भिडियो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु