skip this
  • फिचर

    दलाल व्यवस्था नफालेसम्म जनताले निशुल्क शिक्षा पाउँदैनन् : प्रकाश शाही

  • लोकमान सिहं कार्कीलाई सर्वोच्च अदालत परिसर भित्रै कालोमोसो दलेर चर्चामा आएका नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीसँग नेपालको समसामयीक विद्यार्थी आन्दोलनका बिषयमा जनमुक्ति खबरले गरेको कुराकानी ।

    अहिलेको विद्यार्थी आन्दोलनलाई कसरी हेरिरहनु भएको छ ?
    सर्वप्रथम तपाईलाई धन्यवाद । पछिल्लो २०६२ ६३ यता करिब १२ बर्ष यता हेर्नु भयोभने विद्यार्थी आन्दोलन जुन स्थरमा शसक्त भएर अगाडि जानु पर्ने थियो तर त्यो स्तरमा अगाडि बढेको छैन । बिशेष गरी विद्यार्थी आन्दोलन विद्यार्थीको पक्षमा नभएर समन्वयात्मकता गएर टुङ्गिने प्रबृति जर्बजस्त रुपमा देखा परेको छ ।

    अहिले समाजमा जनजीविकाका बिषय, स्वयंम् विद्यार्थीकै समस्याहरुको बिषयमा पनि मौन रहेको जस्तो, समगम्रमा विद्यार्थी आन्दोलनमा सीथिलता आएको जस्तो देखिएको छ । फलस्वरुप शिक्षा क्षेत्रमा तमाम समस्या देखा परेका छन् । शिक्षा क्षेत्रमा माफिया, दलालहरुले मनोमानी गरिरहेका छन् तर हामी आज शिक्षा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने तहमा छौ । त्यसकारण सिथिल भएको आन्दोलनलाई शसक्त पार्ने र यस क्षेत्रमा भएका तमाम समस्या सामाधान गर्न विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छौ ।

    तपाईले आन्दोलन शसक्त पार्ने भन्नु भयो तर अहिले विद्यार्थीहरुले गरेको आन्दोलन निरिह देखिएको छ नि ?
    पक्कै पनि पछिल्लो चरणमा विद्यार्थी आन्दोलन विभाजित, टुटफुट र बिकृत आवस्थामा रहेको देखिन्छ । अहिले विद्यार्थी सँगठन विद्यार्थीहरुको जस्तो नभएर पार्टीहरुको जस्तो बन्न पुगेको छ । गलत एजेण्डाहरुलाई पनि आफ्नो पार्टीको सरकारले गरेको भए ठिक हो भन्ने । विद्यार्थीको एजेण्डाभन्दा पनि पार्टीको एजेण्डा बोकेका कारण विद्यार्थी आन्दोलन बिकृत बन्न पुगेको छ ।

    अर्को नेपालको कम्यसनिस्ट आन्दोलनमा आएको टुटफुट आयो त्यो कारणले गर्दा हामी पनि कमजोर बन्न पग्यौ र हामीले शसक्त भूमिका खेल्न सकेनौ । कतिपय आवस्थामा हामीले आन्दोलनको घोषणा गरेपनि हाम्रो हस्तक्षेप नपुगेको जस्तो, सम्बन्धित ठाँउमा नपुगेको जस्तो अवश्य पनि देखिएको छ । तर यसको मतलब यो होईन कि होईन कि हामीले केही गरेनौ । पछिल्लो समय हामीले बिभिन्न कार्यक्रमहरु गरेका छौँ । संघर्षका कार्यक्रमहरु, सँगठन सुदृढिरणका गरिरहेका छौँ । कस्तो खालको यसका विरुद्ध विद्यार्थीहरुलाई पनि सँगसँगै लैजाने र हक हितको निम्ति पनि लड्ने र यसलाई शसक्त बनाउने योजनामा छौ ।

    तपाईहरुले यसरी हामीले आन्दोलन शसक्त पार्नेछौ भनेर केही ठोस योजना बनाउनु भएको छ ? 

    हाम्रो सँगठनको सम्मेलन पछाडि अर्थात् हामी नेतृत्वमा आईसके पछि केही योजनाहरु ठोस गरेका छौ । हामीले नेपालको शिक्षामा आमुल परिवर्तन गरी बैज्ञानिक समाजवादी शिक्षा प्रणालीको पक्षमा ब्यापक छलफल चलाएका छौ । यो पुरातनवादी शिक्षा प्रणालीका परिवर्तन गरी ब्यवहारिक शिक्षा लागु गर्न संघर्ष गर्ने, बहस चलाउने, विद्यार्थीहरुलाई संगठित गर्ने, सचेत गर्ने, शिक्षा क्षेत्रमा भएका विकृतीका बिरुद्ध सँघर्ष गर्ने योजना बनाएका छौ ।

    अहिले सरकारको कमीकमजोरीको फाईदा उठाएर शैक्षिक माफियाहरुले शिक्षालयहरुलाई व्यापारको थलो बनाउने, बच्चाहरुका किताब, झोला,ड्रेस बेच्ने थलो बनाईएका छन् । कतिसम्म भने सरकारको नेतृत्व गरिरहेका नेताहरु नै त्यस्तो धन्दा चलाईरहेका छन् । विश्वविद्यालयको काम भनेको देशमा आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने, भावी योजनाको स्वरुप बिषयमा छालफल गर्ने प्राज्ञिक थलो हुनुपर्ने तर आज विश्वविद्यालयलाई निजीकरण गरेर सम्बन्धन बेच्ने थलो बनाईएको छ ।

    आज नागरिकले ठूलो मुल्य चुकाएर आफ्ना बालबालिकाहरुलाई शिक्षा दिनु पर्ने आवस्था छ, शिक्षा क्षेत्रमा भएको दलालीकरण, माफियाकरणका बिरुद्ध सँघर्ष छेड्ने योजना बनाएका छौ । यो दलाल व्यवस्था नफालेसम्म सर्वसाधारण जनताका छोराछोरीले निशुल्क शिक्षा पाउँदैनन् । त्यसकारण यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी शिक्षा ल्याउन ल्याउन विद्यार्थी आन्दोलन शसक्त बनाउनुको बिकल्प छैन ।

    तपाईहरुले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली भन्नुहुन्छ तर खासमा यो बिषयमा तपाईहरु नै स्पष्ट हुनुहुन्न भन्छन् नि ?

    होईन । वर्तमान नेपालको शिक्षा प्रणालीले नेपालमा दुई खालका विद्यार्थी उत्पादन गरिरहेको छ । मालिक र दास । शिक्षाले नै नेपालमा दुईवटा वर्गको उत्पादन गर्न थाल्यो । यो नेपालको शिक्षा अवैज्ञानिक छ । विभेदपूर्ण शिक्षा नीतिको विकल्प भनेको नेपालको बिशेषतामा आधारित व्यवाहारिक शिक्षा नै वैज्ञानिक समाजवादी शिक्षा हो । अहिलेको नेपालको शिक्षा श्रमबाट कट्यो त्यसकारण शिक्षा श्रमसित जोडिने वा उत्पादनसँग जोडिने हुनुपर्दछ भन्ने हाम्रो माग हो ।

    नेपालको मौलिखता समेटेको जस्तै जुम्लामा स्याउ फल्छ तर त्यहाँ गँहु खेतीको शिक्षा दिएर त्यो प्रभावकारी हुँदैन । अव्यवाहारिक पाठ्यक्रमलाई परिवर्तन गर्नु पर्दछ । अहिलेको विद्यार्थी जती बढी पढ्दै जान्छ त्यती समाजमा अव्यवहारिक हुँदै जाने, राष्ट्रियतालाई माया गर्ने र सामुहिकतामा नजाने श्रमको सम्मान नगर्ने जस्ता बिषेशता बोकेको शिक्षाको पाठ्यक्रमलाई परिवर्तन गरेको नेपालको मौलिखतामा, आवश्यकतामा आधारित हुने शिक्षा प्रणाली नै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली हो । यद्धपी यो पूर्ण भने छैन हामी छलफलकै क्रममा छौ यसलाई समृद्ध पार्न जरुरी छ ।

    त्यो तपाईले भन्नुभएको वैज्ञानिक समाजवादी शिक्षा लागु हुन संम्भव छ र ?

    हामीले जे सुक्कै भनेपनि मुल कुरा राज्य व्यवस्थाकै कुरा हो । तसर्थ यो अहिले राज्य व्यवस्थाको चरित्र जुन प्रकारको छ यसमा त संभव छैन यद्धपी यहि व्यवस्था भित्र पनि त क्रमिक विकासका कुरा त भैहाल्छन् नि । मुलभुत रुपमा अहिलेको संविधानमा व्यवस्था गरिएको आधारभुत तथा माध्यमिक शिक्षा जसलाई सरकारले निशुल्क उपलब्ध गराउनु पर्दछ । यसरी युवाहरुमा विद्यमान राज्यले अपनाएको खराबीहरु छन् त्यसको बिरुद्धमा जनस्तरमा आक्रोश भएपनि त्यसको नेतृत्व कसले गर्ने भन्ने निराशा भने जनतामा व्याप्त छ । त्यसलाई हामीले क्रस गरेर अगाडि बढ्न सक्नु पर्दछ ।

    अरु विद्यार्थी संगठन र तपाईहरुको सँगठनको बीचमा भिन्नता के छ ?

    अरु विद्यार्थी संगठन र हामी बीचमा धेरै भिन्नता छ । उनीहरु यथास्थितिको शिक्षा प्रणालीमा विश्वास गर्छन् भने हामी नेपाली शिक्षाको आमुल परिवर्तनको पक्षमा छौ । उनीहरु आफ्नो पार्टीको सरकारले ल्याउने नीतिको पक्षमा हुन्छन् भने हामी नीजिकरण,दलालीकरणका बिरुद्धमा संघर्ष गर्दै आएका छौ ।

    विद्यार्थीहरु राजनीतिक दलका कार्यक्रमहरुलाई लिएर मात्र अघि बढेको भन्ने गरिन्छ नि ?

    मुलभुत रुपमा नेपालको समस्या भनेकै राजनीतिक नै हो स्वभाविक रुपमा शिक्षा जस्तो आधारभुत कुरा पनि राज्यसँग जोेडिन्छ । नेपालमा कुनै पनि विद्यार्थी विशुद्ध राजनीतिक दलसँग नजोडिएको कुनै पनि छैन । तर हामीले राजनीति मात्रै गर्यौ भन्ने कुरा ठिक होईन ।

    तर तपाई स्वयंम् आफैले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नु भयो । अनि त्यो विद्यार्थीहरुको काम त होईन होला । लोकमान गलत थिए भने त राज्यले पो कारबाही गर्ने होला त ?

    हाम्रो पार्टीले तात्कालीन आवस्थामा देशमा व्याप्त भ्रष्टाचारका बिरुद्ध अभियान चलाएको थियो । स्वभाविक रुपमा हामी पनि भातृ सँगठन भएका कारण हामीले पनि शिक्षा क्षेत्रमा भएको दलालीकरण, माफियाकरणका बिरुद्ध अभियान चलाईरहेका थियौ । आयल निगम, सुनकाण्ड जस्ता बिषयका बिरुद्ध पनि आन्दोलन गरिरहेका थियौँ ।

    त्यही क्रममा ऐतिहासिक जनआन्दोलन दबाउनमा भूमिका खेल्ने लोकमानसिंह कार्कीले भ्रष्टाचार बिरुद्ध लड्ने संस्था अख्तियार दुरपयोग अनुसन्धान आयोगलाई कब्जा गर्दै शिक्षा क्षेत्रमा आफ्ना नजिककाहरुलाई मेडिकल खोल्ने, निजी मेडिकल कलेजलाई दबाब दिएर शिक्षा क्षेत्रमा जसरी लोकमासिंह लागे र राज्यले उनलाई कारबाही गर्न नसक्ने आवस्था आयो त्यो आवस्थामा हामीले जोखिम मोलेरै भएपनि जनस्तरबाटै कारबाही गर्नु पर्छ भनेर कारबाही गर्यौ । त्यो ऐतिहासिक कारबाही पनि थियो । धेरै ठाँउबाट बधाई तथा धन्यवाद पनि आयो ।

    अन्तिममा केही भन्नै पर्ने कुरा छ भने भन्न सक्नु हुन्छ ?

    पछिल्लो चरणमा सिटिईभिटीमा संस्थागत ढंगले नै कब्जा गर्दै प्रश्नपत्र लिक गर्ने काम देखिएको छ । पश्चिम धनगढी र जनकपुरमा त्यस्तो भटना घटेको छ । तपाईले देख्नुभयो हिजो मात्रै सिटिभिटीको परिक्षा नै स्तगित गरियो । दोषीलाई कारबाहीको माग गरेका छौ । यो नीतिगत रुपमै गलत भएको छ । त्यसकारण हामीले सिटिभिटीमै गएर ज्ञापनपत्र पनि बुझाएका छौ । निरन्तर सँघर्ष मै छौ । सम्पुर्ण विद्यार्थीहरुमा न्यायपूर्ण तथा विद्यार्थीको पक्षमा हामीले गरिहेको आन्दोलनमा सहयोग गर्न अनुरोध गर्दछु ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु