skip this
  • चितवन विशेष

    विप्लवसँग संवाद, सहमति र एकता साथै हुने : प्रचण्ड

  •  

    २६ साउन

    चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लब निकट नेपाल कम्युनिस्ट पार्टी सँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन् । उनले सरकार वार्ताको लागि तयार भएपनि अर्को पक्ष तयार भएमात्रै वार्ता हुने बताए ।

    अध्यक्ष प्रचण्डले सरकार विप्लब नेकपाप्रति आक्रमक भएको भन्ने कुरा सत्य नभएको बताए । उनले भने, “विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको भन्ने कुरामा सत्यता छैन ।”

    शनिबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको आरोप लगाए । वामपन्थीहरुकै सरकार भएकाले विप्लवसँग संवाद, सहमति र एकता साथ जान सकिने बताए ।

    हिजो मात्रै चितवन अाएका गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीले विधंशकारी गतिविधि गरेको कारण सो पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरिएको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु