skip this
  • चितवन विशेष

    विप्लव निकट नेकपाकाे ६ बजे बाट बन्द फिर्ता

  • चितवन,साउन २९-

    तस्विर फेसबुक बाट

    विप्लव निकट नेकपाले आब्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेकाे थियाे । चितवनबाट लामो दुरीका सवारीसाधन संचालनमा आउन सकेका थिएनन् । स्थानिय रुटका सवारीसाधन सामान्य रुपमा संचालनमा आएका थिए । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेपछि लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको हो । बन्दकाे समयमा ठाँउ ठाँउमा बम फेला परेकाे थियाे । भरतपुरकाे चनाैली र हाकिम चाेकमा बन्द कर्ताले बम राखेका थिए ।

    चनाैलीकाे भिडियाे

    https://www.facebook.com/messages/t/kiran.sunhttps://www.facebook.com/messages/t/1727943387322683 ar.7946 

    याे सँगै जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख शुसिल सिंह राठौरका अनुसार सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा संकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई ढुङ्गा,लाइट सहित समातेको राठौरले बताए ।

    यसै विच अाज बन्द अाह्वान गरेकाे विप्लब नेतृत्वकाे नेकपा निकट याेङ रेड फाेर्सका जिल्ला सचिव  किरण ले बन्द ५ बजे सम्म भएकाे जनाएका छन । बन्दमा सहयाेग गर्ने सम्पुर्णमा धन्यवाद पनि व्यक्त गरेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु