skip this
  • फिचर

    प्रहरीकाे बाहादुरी कि मुर्खता ?? ढुङ्गाले हानेर बमलाई निस्क्रियकाे प्रयास

  • ललितपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ ।

    प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए । बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो । त्यसपछि प्रहरीले मुर्खता पुर्ण तवरले  ढुङ्गाले हानेर बमलाई निस्क्रिय पार्ने प्रयास गरिएको थियो । लगत्तै, त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली आएर बमलाई निष्क्रिय बनाएको थियो । सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेकोले ढुङाले हान्दा ठुलाे क्षती हुन सक्थ्याे  । 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु