skip this
  • अन्तरवार्ता

    स्थायी सरकार छ विकास र समृद्धि को बाटो मा मुलुक अगाडी बढ्छ : युवा नेता ऋषिकेष रेग्मि

  • प्रगतीशिल युवा मन्च चितवनका संयाेजक तथा चितवनका युवा नेता ऋषिकेष रेग्मि   संग समसामयिक विषयमा गरीएकाे अन्तवार्ता ।
    प्रगतीशिल युवा मन्च भनेकाे कस्ताे मन्च हाे ?
    प्रगतिशील युबा समूह भन्ने बित्तिकै शिर्षक मानै उत्तर छ जस्तो मलाई लाग्छ तर पनि यो मुलुक को उन्नति प्रगति अनि समृधी को कामना गर्ने रास्ट्र रास्टृयता न्याय र समानाता का पक्ष धर स्वतन्त्र युबा हरु को समूह हो । स्वतन्त्र यो माने माकी हामी पनि कुनै न कुनै पाटी मा त छौ तर पनि पाटी भन्दा माथी उठेर समाज भित्र का मुद्दा हरु स्वतन्त्र ढंगले उठाउन पनि सक्छौ भन्ने कुरा लाई पनि खोलिएको समूह हो ।
    यस मन्चकाे गठनकाे उद्देश्य के हाे ?
    यो समूहको गठन उदेश्य धेरै छैन  मात्र यती हाे मुलुकमा लामो समय पछि करिब दुई तिहाइ को सरकार छ नकारात्मक शैली बाट सरकारको आलोचना भन्दा सकारात्मक अभियान बाट आम जनताको आशा बिश्वास र भरोसा लाई कुठाराघात नहोस मुलुकमा सरकार भएको अनुभुती होस भनी जनतामा गरिएका प्रतिबद्धता पूरा गराउन सकारात्मक दबाब दिनु नै हो।
    तपाँइ हरू लाइ डा केसीकाे अान्दाेलन कमजाेर बनाउन प्रयाेग भएकाे अाराेप छ नी ? 
    हामी ले डाक्टर के सि को अनशन को बिरोध मा भन्दा पनि उहाँका केही दलगत स्वार्थ सहित को एजेन्डा बाहेक उहालाई थप एक एजेन्डा थपिदिएको जस्तो लाग्छ जस्तै उहाँ ले उपत्यका मा नया मेडिकल कलेज आबस्यक छैन भन्नू भो तर मोफसल को कुरा गौण राख्नु भो तर हामिले के भन्यौ सम्पुर्ण निजि शैक्षिक सस्था र मेडिकल कलेज रास्टृय करण गर भन्यौ अब भन्नोस हामी दबाउन लागियो कि सहयोग गर्न।
    देशै भरी याे संस्था काे अवस्था कस्ताे छ ?
    देश भरी येस्को सम्रचना अहिले छैन बनाउने योजना मा छौ
    स्वास्थयमा र शिक्षामा राषट्रिकरणकाे माग गर्नु भएकाे छ के याे संम्भव छ ?
    सम्भब नहुने कुरै छैन अहिले मुलुकमा बामपंथी सरकार छ त झन् सम्भब छ तर हाम्रो जस्तो बिकाशशिल मुलुक मा केही त समय लाग्ला तर योजना बनाएर काम गर्न सकियो भने नजिकै छ।
    तपाइँ हरू सरकार पक्षधरता , वामा पन्थी नेता हरूले भनेकाे समाजवाद कहिल्य अाँउछ । सरकारकाे काम जनताले अपेक्षा गरेकाे जस्ताे भएन भनिन्छ नि यसमा के भन्नु हुन्छ ?
    यो मुलुक २००७ देखि २०७२  सम्म को समय अधिकार अधिकार भन्दै बित्यो यो बिचमा सरकार ९ महिना वा २० महिना टिक्न सकेन बल्ल त स्थाइ सरकार आएको छ त्यसैले बिकास र समृद्धि को बाटो मा मुलुक अगाडी बढ्छ भन्ने आशा गरिएको छ । सरकारकाे काम अाशा गरिएकाे भन्ने खालकाे बझाइ एक दम गलत छ  । २००७ साल पछी बलियाे सरकार अहिलेकाे मात्र हाे यसबाट जनताकाे अपेक्षा धेरै नै रहनु स्वाभाविक छ । तर सरकारले काम नै गर्न नसकेकाे भन्ने अाराेप  निराधार र पुर्वग्राही पुर्ण छ । देश नयाँ संरचनामा अगि बढिरहेकाे सन्दर्भमा प्रदेश सरकार, स्थानिय सरकार हरू गठन भएका छन यसलाइ मुर्त रूप दिने काम भइरहेकाे छ । यसलाइनै सरकारकाे उपलब्धी मान्नु पर्छ । अहिलेकाे सरकार लार्इ पुर्वग्राही ढंग बाट अालाेचना गरिएकाे छ त्याे अराजनितिक गतिवीधि हाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु