skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसमा तीज गीत प्रतियोगितामा सम्पन्न

  • चितवन, भदौं २५-

    सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको अन्तर तह तीज गीत प्रतियोगितामा बीएड चौथो वर्षको सम्झना अधिकारीको समूह पहिलो भएको छ ।

    प्रतियोगितामा कक्षा ११ को व्यवस्थापन समूह दोस्रो र आमसञ्चार तथा पत्रकारिता समूह १२ कक्षा तेस्रो भएका छन् । पहिलो हुने समूहमा सम्झना अधिकारी, कल्पना घिमिरे, विष्णु क्षेत्री, अञ्जना वाग्ले, शान्ता घिमिरे, माया कुमाल, देवी विक रहेका छन् । दोस्रो हुने समूहमा सविना अधिकारी, अर्चना सुवेदी, सुमिना थापा, आरती खनाल , जमुना रायमाझी रहेका छन् । त्यसैगरी प्रतियोगितमा कक्षा १२ आमसञ्चार विषय अध्ययन गर्ने अस्मिता घिमिरे, शुष्मा गुरुङ, रेखा वन, अप्सरा सुवेदी, स्वस्तिका धिताल, सुजाता धिताल र सुविना परियार रहेका छन् ।

    क्याम्पसको विभिन्न संकायका १६ वटा समूह सहभागी भएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले नगद पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रमाणपत्र प्राप्त गरेका छन् । महिला प्राध्यापकहरुले स्वागत गीत गाएर सुरु भएको प्रतियोगितामा विद्यार्थीहरुको समूहले देशका सममामयिक विषयवस्तु र महिला हिंसाको बारेमा आफ्नो गीतसंगीत प्रस्तुत गरेका थिए ।

    क्याम्पसका अतिरिक्त विभागीय प्रमुख भूपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा प्रमुख अतिथि र क्याम्पस प्रमुख खेमनारायण सापकोटा विशिष्ट अतिथि रहेका थिए । प्रतियोगितामा क्याम्पस सञ्चालक समितिका सदस्य तथा साहित्यकार ईन्द्र रेग्मी, प्राध्यापकहरु बिन्दु ओस्ती र प्रभा मरहट्टाले निर्णायकको भूमिका खेलेका थिए । कार्यक्रममा गायक टीकाराम ढकाल, अश्विन घिमिरेलगायत विभिन्न तहका विद्यार्थीहरुले नृत्य, अभिनय र क्यारिकेचर प्रस्तुत गरेका थिए ।

    समाचार सहयाेग नारायणी अनलाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु