skip this
  • चितवन विशेष

    नयाँशक्ति विद्यार्थी युनियन बालकुमारी कलेज मूल इकाई को खुल्ला सत्र सम्पन्न

  • भदौ – २६, चितवन
    जायश्वर आचार्य

    नयाँशक्ति विद्यार्थी युनियन बालकुमारी कलेज मूल इकाई समितिले आफ्नो इकाई सम्मेलनको खुल्ला सत्र सोमबार सम्पन्न गरेको छ।

    मूल इकाई समितिले आफ्नो इकाई सम्मेलनको अवसर पारेर तीज विशेष साँस्कृतिक कार्यक्रम पनि गरेको हो। खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथीकोरुपमा नया शक्ती विद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाइँ तथा विशिष्ट अतिथिको रुपमा नयाँ शक्ति नेपाल चितवन जिल्ला अध्यक्ष विष्णुहरि तिमिल्सिना रहनुभएको थियो।

    यस कार्यक्रमका प्रमुख अतिथी चापागाईंले नयाँ शक्ति संगठन अरु संगठनभन्दा फरक ढंग ले उभिएको बताउनुभयो। त्यस्तै विशिष्ट अतिथि तिमिल्सिनाले कलेज प्रशासन र विद्यार्थी संगठनको दूरी बढेको र यसले विद्यार्थी हरुलाई नकारात्मक असर पर्ने त्यसैले यस दुरीलाई कम गर्नुपर्ने बताउनुभयो।

    त्यस्तै मंगलबार बन्दसत्र रहेको नयाँ शक्ति विद्यार्थी युनियनका ३ नं प्रदेश सचिव अनुज जोशीले जानकारी दिनुभयो।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु