गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि २०१२ मा भरतपुर स्थित चितवन मेडिकल कलेज अगाडी स्थापित कन्सलटेन्सी हो । यस संस्थाले विगत पाँच वर्ष अगाडीदेखि दक्षिण कोरिया र अस्ट्रेलियामा बिद्यार्थी पठाउँदै आएको छ । दक्षिण कोरिया र अस्ट्रेलियामा विद्यार्थीलाई अध्ययनको वातावरण मिलाउँदै आएको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लिले त्यहाँ छात्रवृतीका लागि पनि सहयोग गर्दै आएको छ । सयौं विद्यार्थीलाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लिमार्फत दक्षिण कोरिया र अस्ट्रेलिया पठाउँदै आएको छ । यसै सन्र्दभमा आज हामीले गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लिका सञ्चालक तथा क्यानका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश रिजाल क्षेत्री सँग हामिले कुराकानी गरेका छौं । प्रस्तुत छ क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अशं ः
तपाईलाई स्वागत छ ।
तपाईलाई धेरै धेरै धन्यवाद ।
गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि. कस्तो संस्था हो, खासमा तपाईहरु के गर्नुहुन्छ ?
गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि २०१२ मा स्थापित संस्था हो । यसले विद्यार्थीहरुलाई उच्च शिक्षा हाँसिल गर्न सघाउ पु¥याउँदै आएको छ । यस संस्थाले विभिन्न तालीम र नेपाल सरकार शिक्षामन्त्रालय बाट पुर्णरुपमा स्विकृती प्राप्त गरी सञ्चालनमा रहेको छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले नेपाल बाहिर कोरियाको सियुल शहरमा पनि संस्था विस्तार गरेको छ । हामीले दक्षिण कोरिया र अस्ट्रेलियामा विद्यार्थीलाई अध्ययनको वातावरण मिलाउँदै आएका छौं ।
यसमा आएका विद्यार्थीहरुलाई कस्तो सेवा गर्छ ? के कुरामा अन्य कन्सलटेन्सी भन्दा राम्रो र गुणस्तर छ ?
यस संस्थामा IELTS, नर्सिङ लाईसेन्स सम्बन्धीत विषयमा ःMasters गरि TITI तालिम र IELTS मा ब्रिटिस काउन्सिलमा ७.० नम्वर लिएर आएका शिक्षकहरुले अध्ययन गराउदैं आएका छन् । शौक्षिक वातावरणमा चितवनकै उत्कृष्ट नर्सिङ लाईसेन्स र दक्षिण कोरियामा विद्यार्थी पठाउन सफल संस्था हो । हाम्रो मुख्य उद्देश्य भनेको नै विद्यार्थीहरुलाई उच्च शिक्षा दिलाउनु रहेको छ । र गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालि बजारमा रहेका अन्य संस्था भन्दा फरक मान्यतामा विद्यार्थीहरुको रोजाईको पर्न सफल रहेको छ भन्ने कुरा भन्न पाउँदा गर्व लागेको छ । जो विद्यार्थी दक्षिण कोरिया उच्च शिक्षा अध्ययन गर्न जान चाहन्छन्, उनिहरुलाई त्यो वातावरण हामी मिलाउँछौं । उनिहरुका लागि दक्षिण कोरियामा सरकारी तथा गैर सरकारी युनिर्भसिटिहरुसँग सिधा सम्र्पक राख्न सफल संस्था हो । दक्षिणकोरियामा रहेका २५ भन्दा बढी युनिर्भसिटिसँग हाम्रो सिधा सम्र्पक छ । त्यसकारणले पनि यो धेरैको रोजाईमा पर्न सफल भएको छ । पढाईमा व्यवस्थापन पक्ष बलीयो र शैक्षिकमुलक वातावरणले गर्दा पनि यस संस्था चितवनको उत्कृष्ट शैक्षिक परार्मशदाताको रुपमा चिनिन्छ । विगतका दिनहरुमा धेरै भन्दा धेरै नर्सिङ लाईसेन्समा ९० प्रतिशत विद्यार्थी पास गराउन सफल र IELTS मा ६.०, ६.५, ७.० ल्याउने विद्यार्थीले अध्ययन गराउन सफल भएको छ ।
उच्च शिक्षा हाँसिल गर्न दक्षिण कोरिया कस्ता खालका विद्यार्थी जान सक्छन ?
उच्च शिक्षा हाँसिल गर्नको लागी दक्षिण कोरिया विद्यार्थीले कक्षा १२ मा ५० प्रतिशत ल्याउनु पर्छ भने यसमा अर्को विषय भनेको IELTS रहेको छ । IELTS विद्यार्थीहरुले गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ । छात्रवृति र अंग्रेजी माध्यममा अध्ययन गर्नुपर्ने हुदाँ उनिहरुले अंगे्रजी भाषा अध्ययन गरेर जाँदा राम्रो मान्यता रहन्छ र IELTS मा धेरै अंक ल्याउनु पर्दैन IELTS मा ५.० अथवा ५.५ स्कोर ल्याए पुग्छ यसमा छात्रवृतिका लागि १०० प्रतिशत पनि ल्याउन सकिन्छ ।
हाल दक्षिणकोरिया गएका विद्यार्थीले कति छात्रवृति पाएका छन् ?
हाल गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिबाट झण्डै २३० जना विद्यार्थी उच्च शिक्षा पढ्नका लागी दक्षिण कोरिया गएका छन् । उनिहरुले कम्तीमा पनि ५० प्रतिशत छात्रवृति पाएका छन् भने हालसाल २ जना विद्यार्थीले १०० प्रतिशत छात्रवृति पाएका छन् जुन विद्यार्थी अहिले कोरिया पुगेर पढ्न सुरु गरिसकेका छन् ।
दक्षिण कोरिया जाँदा भाषाको समस्या हुदैन ?
विद्यार्थीलाई यो विषयमा यस्तो हुन्छ । जो विद्यार्थीले IELTS गर्छन तिनीहरुले अंगे्रजीमा पढन पाँउछन् जो विधार्थीले IELTS गरेका छैनन् उनिहरुलाई ६ महिनाका लागि भाषा कोर्ष हुन्छ अनि बल्ल सिधा Bachelors पढ्न पाउँछन् ।
दक्षिणकोरियामा कुन कुन कोर्ष पढाई हुन्छ ?
दक्षिण कोरियामा विद्यार्थीहरु पढन जाने युनिर्भसिटि मा हो । त्यहाँ Management, Hotel Management, Engineering, IT, Account आदि पढ्न पाइन्छ जुन कोर्ष नेपाल भन्दा सस्तो हुन्छ ।
दक्षिण कोरियामा विद्यार्थीहरुले PR अथवा तिनीहरुले काम गर्न पाउने नपाउने कमाईको हिसाबले के हुन्छ ?
हालसम्म गएका विद्यार्थीहरुले काम नपाएको कुनै विद्यार्थी छैनन् र अर्को कुरा PR भनेको कोरिया भाषाको प्रकार मध्ये इ ९७ भिषा हुन्छ जसलाई हामी PR भन्छौ । Dependent सम्बन्धमा युनिभर्सिटीले Work permit दिन्छ अनि Dependent प्रोसेश गर्न सकिन्छ । कमाइको विषयमा हाम्रो नेपाली हजारांै युवा इपिएस गरी दक्षिण कोरिया जाने गरेका छन् र राम्रै कमाइ रहेका छन् यसकारण कमाइको सम्बन्धमा कुनै समस्या छैन ।
दक्षिण कोरियामा कस्ता खालका विद्यार्थी अथवा कस्तो खालको आम्दानीको स्रोत आवश्यक पर्छ ?
दक्षिण कोरियाका लागी आवेदन गर्ने तरिका सजिलो छ । कक्षा १२ पास गरेका गरेकाले यदी ५० प्रतिशत अंक ल्याएका छन् भने र ग्रेडमा C Plus ल्याएका छन् भने IELTS मा ५.० Score ल्याए कोरियाको लागि आवेदन गर्न सक्छन् । यो अनिवार्य भने छैन । यसको लागि एक पटक गोल्डेन इमिनेन्टमा आएर बुझ्न सकिन्छ । यसमा Gap ४ वर्ष भन्दा बढी सम्मकोले पनि Scholarship को लागी पनि पहल गरिदिन्छौ । जसमा शुन्य लगानी सम्मको योजना रहेको छ । कक्षा १२ पास गरेकाले ब्याचलर, ब्याचलरले मास्टर र मास्टरले पिएचडी अध्ययन गर्न आवेदन दिन सकिन्छ । विस्तृत बुभ्mनको लागी गोल्डेन इमिनेन्टमा आउन सकिन्छ । हामीलाई त्यो सेवा गर्ने मौका दिनुस् भन्न पनि चाहन्छौं ।
कुराकानी, समय र यो जानकारीका लागि तपाँईलाई धेरै धेरै धन्यवाद छ ।
तपाईलाइ पनि धेरै धेरै धन्यावाद छ यो अवसर प्रदान गर्नुभएकोमा ।