skip this
  • खेल

    चितवन राइनोजको शानदार जित, धनगढी ब्लूज ६७ मै अलआउट

  • १४ कार्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको छ ।

    पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो ।

    १९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो ।

    धनगढीले सुरुवातीदेखि नै विकेट गुमाएको थियो । शुन्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शुन्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो ।

    धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । कप्तन दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलिप नाथ शुन्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए ।
    त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए ।

    बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन काकी र स्मित पटेलले समान २-२ विकेट हात पारे ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहृयो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

    हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु