skip this
  • फिचर

    क्रान्तिकारी पत्रकार संगठनको जनपक्षीय पत्रकारिता तालिम शुरु

  • Jr Che Susan

    काठमाडौं, १० मंसिर ।
    क्रान्तिकारी पत्रकार संगठन, नेपालको ३ दिने जनपक्षीय पत्रकारिता तालिम शुरु भएको छ । सोमबारदेखि शुरु भएको जनपक्षीय पत्रकार तालिम बुधबार अर्थात मंसिर १२ गते सम्म चल्नेछ ।

    तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वी कमाण्ड ईन्चार्ज अनिलशर्मा विरहीले गरेकाथिए । नागरिक अधिकार र कमजोर बन्दै गइरहेको समयमा क्रान्तिकारी पत्रकार संगठनले चलाएको उक्त तालिममा देशभरकाबाट ७० जनाभन्दा बढी प्रशिक्षार्थीहरु सहभागी रहेको संगठनले जनाएको छ । सहभागीहरु प्रदेश १ देखि ७ सम्मकाकरिब तीनदर्जन जिल्लाबाट आएका हुन् ।

    नागरिकको राज्यबाटै मानव अधिकार तथा अधिकारको उल्लंघन भएको विषयमा मुलुकमा पेचिलो बन्दै गइरहेको बेला संगठनले यो तालिम संचालनगरिएको छ । तालिममा जनपक्षीय पत्रकारिताबारे विभिन्न विधा माथि तालिम दिइने आयोजकले जनाएको छ ।कार्यक्रमका प्रमुख अथिति शर्माले नेकपाले अधिकार विहीन, उत्पीडित समुदायलाई सदाका लागि मुक्त गर्ने एकीकृत जनक्रान्तिको कार्यदिशा सहित क्रान्ति जारी राखेको बताए ।

    सोही अनुरुप देशका दुःखी र उत्पीडनमा पारिएका नागरिकको समाचार र उसलाई अधिकार सम्पन्न तुल्याउनेबारे हरपल संचार प्रवाह गर्ने पत्रकारहरुको खाँचो रहेको उनको भनाई थियो । यो खाँचोलाई क्रान्तिकारी पत्रकार संगठन नेपालद्वारा संचालित यस तालिमबाट पूरा गर्ने विश्वास लिएको छु उनले भने ।

    कार्यक्रममा संगठनका पूर्व महासचिव एवं नेकपा मोरङ जिल्ला ईन्चार्ज प्रज्वलले जनपक्षीय पत्रकारिताले मात्र जनताको अधिकार र जनताको परिवर्तनको आन्दोलन एकीकृत जनक्रान्तिलाई ठोस सहयोग पुर्याउने बताए । नेकपाले लिएको परिवर्तनको यात्रालाई अब पत्रकारिताको माध्यमकोे साथलिएर मात्र पूरा गर्न सकिने बताउँदै जनताले दुःख पाएका, खान नपाएका र राष्टियता विरुद्धको हरेक षडयन्त्रबारे नागरिकलार्ई मात्र नभई विश्व समुदायलाई सूचना दिने पत्रकार अगाडि आउन अनिवार्य भइसकेको बताए ।

    त्यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले शिक्षा, स्वास्थ्य र मौलिक तथा आधारभूत अधिकारलाई वर्तमान दलाल सत्ताले छिन्दै लगेको बताए । तालिमले शिक्षा र स्वास्थ्य जस्तो नागरिकको मौलिक अधिकारलाई माफिया र व्यापारीको पकड रहेको नीजि क्षेत्रलाई सुम्पेर चरम अन्याय गरेकोले त्यसको भण्डाफोर गरेर सत्ताको अन्यायकारी, दलाली चरित्रबारे सूचना पत्रकारिताको माध्यमबाट नागरिकसम्म पुर्याउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

    उनले भने नेपालको शिक्षाक्षेत्रमाअखिल (क्रान्तिकारी) नयाँगर्ने सोचेको छ, त्यसलाई समाचारको माध्यमबाट जनतासम्म पुर्याउन तालिमबाट धेरी कुरा सिक्नुहुन्छ भन्ने विश्वास छ ।

    कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्षप्रकाश डुम्रेले गरेका थिए भने संचालन महासचिवहिम विष्टले गरेकाथिए ।

    स्वागत मन्तव्य कोषाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।

    क्रान्तिकारी पत्रकार संगठनले गत असोज ४ गते यता पूर्वमा ताप्लेजुदेखि कञ्चनपुरसम्म गरी १५ जिल्लामा मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तक्रिया गरि सकेको छ । बाँकी स्थानमा गर्दै जाने उसले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु