skip this
  • फिचर

    Journalisim Practical File

  • Advertising and Public Relations In BA

    सप्तगण्डकी बहुमुखी क्याम्पस,भरतपुर १०,चितवन
    त्रिभुवन विश्वविधालयको आमसञ्चार तथा पत्रकारिता विषय  
    स्नातक तह तेस्रो बर्ष अन्र्तगत  विज्ञापन,जनसम्पर्क र मिडियाका मुद्दाहरु
     जेएमसी,३१४ )विषयका लागि गरिने प्रयोगात्मक कार्यहरुः

    १) विज्ञापन सम्बन्धी अध्ययन ः
    यसको लागि राष्ट्रिय तथा स्थानीय कुनै एक अखवारको एक पृष्ठको निश्चित स्थानमा छापिएको विज्ञापन सामाग्रीलाई न्यूनतम १० दिनसम्म  अध्ययन गर्नुपर्ने छ । जसमा निश्चित स्थानमा छापिएको फरक फरक   वस्तु वा सेवाको विज्ञापन हुन पनि सक्छ वा एकै उत्पादन वा सेवाको विज्ञापन वारेमा हुनपनि सक्छ । अध्ययन गर्नुपर्ने विषयहरुमा छापिएका विज्ञापनहरुको भाषाशैली,प्रस्तुती,आकार,रङ्ग,सन्देश आदिवारेको नकारात्मक र सकारात्मक पक्षहरु हुन सक्छन् । हामीले अध्ययन गरेको सैद्धान्तिक ज्ञान वा हामीले बुझेको विज्ञापन जस्तो ति विज्ञापनहरु छन् वा छैनन् ? आदि वारेका विश्लेषण गरिनेछ । प्रत्येक विधार्थीले फरक फरक पत्रिकालाई लिनुपर्ने छ । यसको समयसिमा तेस्रो बर्षको कक्षा सकिनु भन्दा १५ दिन अगाडिनै बुझाइसक्नु पर्ने छ । प्राप्त पहिलो खेस्रालाई सच्याएपछिमात्र त्यसलाई टाइप गराई अन्तिम नमुना तयार गर्नुपर्ने छ ।
    यसको रुपरेखा यसप्रकार हुनेछ ः
    क) पृष्ठभूमि
    ख) नेपालमा विज्ञापनको विकास
    ग) छापा माध्यममा विज्ञापनको प्रयोग र विस्तार
    घ) छापा विज्ञापनमा हुनुपर्ने गुणहरु
    ङ) अध्ययन गरिने पत्रिकाको परिचय र यसमा विज्ञापनको प्रयोग
    च) अध्ययनको उद्देश्य
    छ) अध्ययनको महत्व
    ज) अध्ययनको विधि
    झ)पत्रिकामा छापिएको विज्ञापनको प्रस्तुती
    कुन शीर्षकको विज्ञापन,कुन आकारमा छापिएको छ,तालिका बनाएर प्रस्तुत गर । कटिङ्ग गरेर पेजमा टास्दा अझ प्रभाबकारी हुन्छ ।
    ञ) छापिएका विज्ञापनहरुमाथिको विश्लेषण(भाषाशैली,कानुनी र नैतिक पक्ष आदि )
    ट) निष्कर्ष
    ठ) अध्ययनमा प्रयोग भएका अन्य सन्दर्भसामाग्रीहरुबारेको जानकारी ।
    २) जनसम्पर्क सम्बन्धी अध्ययन ः
    जनसम्पर्क सम्बन्धी अध्ययन गर्दा कुनै संघ,संस्थाले कसरी जनसम्पर्क गरेको छ । संस्थाले जनसम्पर्कको लागि प्रयोग गरेको साधन र विधिहरुबारे अध्ययन गरिन्छ । यसको लागि सम्बन्धित संस्थामा गएर सूचना,जानकारीहरु संकलन गर्नुपर्छ र त्यसलाई विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्न सकिन्छ । यसको रुपरेखा यसप्रकार हुनेछ ः
    क) पृष्ठभूमि
    ख) नेपालमा जनसम्पर्क
    ग) जनसम्पर्कको अध्ययनको लागि छनोट गरिएको संस्थाको परिचय
    घ) छनोट गर्नुको उद्देश्य,महत्व र विधि
    ङ) संस्थाले प्रयोग गरेको जनसम्पर्कका साधनहरु
    च) जनसम्पर्कको साधनहरुलाई प्रयोग गर्ने तरिकाहरु
    छ) कर्मचारी संगठन र त्यसको परिचालन
    ज) जनसम्पर्कमा देखिएका सकारात्मक पक्षहरु
    झ) जनसम्पर्कको कमी,कमजोरीहरु
    ञ) संस्थाको जनसम्पर्कको बारेको विश्लेषण
    ट) निष्कर्ष र सुझाबहरु
    ठ) सन्दर्भ सामाग्रीहरु र परिशिष्ट
    समाप्त

    कान्तिपुर दैनिकको प्रथम पृष्ठमा छापिएका विज्ञापनहरुबारेका अध्ययन

     त्रिभुवन विश्वविधालय स्नातक तह तेस्रो बर्षको विज्ञापन,जनसम्पर्क र मिडियाका मुद्दाहरु
    (     जेएमसी,३१४)का लागि गरिएको अध्ययन ः
        अध्ययनकर्ताः
      शुसन चितुने
        सप्तगण्डकी बहुमुखी क्याम्पस
           स्नातक तह तेस्रो बर्ष,सिम्बोल नम्बरः२४०१०८

    विषयसुची ः

    क. पृष्ठभूमि (backround)

    समय अनवरत छ । यो कहिल्यै पनि स्थीर छैन । समयले मानिसलाई परिवर्तन गरिरहन्छ । परिवर्तित समयानुसार मासिनले आफ्नो चेतनशिलतालाई विस्तार गर्दै लगिरहेको छ । उनीहरुले क्षणक्षणमा आफुलाई कुन बोटोबाट अगाडी बढाउँदा जिवन सहज तरिकाबाट अगाडी बढाउन सकिन्छ सो तर्फ नयाँ तरिका अपनाउँदै आइरहेको छ ।

    “बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भन्ने पुरानो नेपाली उक्तिबाट विज्ञापनको महत्वलाई दर्शाउँछ । मानव सभ्यताको शुरुवातमा मानव जंगली अवस्थामा थिए । त्यतिबेला व्यापारको शुरुवात भैसकेको थिएन । समाज परिस्कृत हुने क्रममा व्यापारको शुरुवातको क्रममानै किन्ने र बेच्ने बिचमा एक आपसमा कुराकानी भेटघाट गरेर बस्तु वा सेवाको प्रयोगार्थ भन्थे । १८ औं शताब्दीको मध्यतिर सम्मनै पुरानो शैलीमा माटोको मूर्ति वा संकेत बनाएर राजाको उर्दी सुनाउने विगुल फुक्ने, हाटबजारमा ठूलो स्वरले कराउने गरेर गरिन्थ्यो । विज्ञापन एक व्यवसायिक सूचना वा जानकारी हो जसले कुनै पनि उत्पादन वस्तु वा सेवा बारे उपभोक्तालाई जानकारी उपलब्ध गराउँछ । जसबाट उपभोक्ताले कुनै वस्तुको मूल्य वा सेवाको जानकारी उपलब्धता तथा उपयोगिता बारे क्षणभरमै जानकारी पाउने गर्छ । विज्ञापनले उत्पादक र उपभोक्ता बीच पूलको कार्य गर्दछ । त्यसैले विज्ञापनले उत्पादकको वस्तु वा सेवा बारे जनतालाई बुझाउने कार्य गर्दछ ।  तसर्थ यो वर्तमान अवस्थामा अत्यन्तै अपरिहार्य हुन आएको छ ।

    विश्वमा भएको औद्योगिक क्रान्तिले गर्दा विज्ञापनको महत्व तथा आवश्यकता बढ्न गयो र यसको प्रयोगले व्यापारमा तिब्रता हुन गयो । यसले गर्दा बजार अझ प्रतिस्पर्धात्मक र प्रभावकारी बन्न पुग्यो । २० औँ शताब्दीको सुरुवाततिरबाट रेडियो र टि.भि को विकाश पश्चात यिनीहरुबाट छिटो, प्रभावकारी पूर्ण र धेरै संग एकै पटकमा विज्ञापन गर्न सकियो । यसको विकास तथा प्रसारणले विज्ञापन  क्षेत्रमा एउटा कोसेढुङ्गा नै साबित भयो ।

    सन् १४४० मा व्यजबलभक न्गभिलदभचल को गतिशिल छापाखानाको स्थापना पश्चात ४० वर्षपछि छापा विज्ञापनको शुरुवात भयो । त्यस्तै सन् १८९५ मा ःबचअयलष् ले रेडियो प्रविधिको विकास गरेपछि विश्वकै पहिलो रेडियो स्टेशनको रुपमा २० औ शताब्दीको प्रारम्भमानै अमेरिकामा  व्यापारिक रेडियो “प्म्प्ब्” को स्थापना भयो । यो रेडियोको स्थापनानै ब्यापारिक उद्देश्यको लागि थियो जसको मुख्य अभिप्राय विज्ञापन मार्फत आर्थिक स्रोत जुटाउने नै थियो । रेडियो प्रविधिको विकासक्रमस“गै एड्विन आर्मष्ट्रङ्९ भ्मधष्ल ब्चmकतचयलन०ले सन् १९३० को दशकमा एफ.एम ९ँ।ः।० प्रविधिको  विकाश गरेपछि विश्वभर एफ.एम  प्रविधिको तिब्र विकास भयो । त्यस्तै टेलिभिजन र इन्टरनेटको विकास पछि त झन्  विज्ञापन गर्ने तरिका नै बदलिंदो सन् १९६९ मा इन्टरनेट सन् १९९० मा विश्व ब्यापी तरंग (ध्ध्ध्० र १९९२ मा मा अनलाइन पत्रकारिता ९इलष्लिभ व्यगचलबष्किm० को विकास भएको थियो ।
    अहिले विज्ञापन यति धेरै उत्कृष्ट स्थानमा पुगेको छ कि यसको पछि छुट्टै अध्ययन अनुसन्धान हुन थालेको छ । सन् १९५० पछि  विज्ञापनको बारेमा विभिन्न अध्ययन अनुसन्धान हुन थाले । । सन् १९९२ मा निजि क्षेत्रबाट चिनमा ज्यचष्शयल ःबचपभत च्भकभबचअज न्चयगउ स्थापना भई निकालेको निष्कर्ष विश्वभरका ७०० भन्दा बढि उद्योगले कार्यान्वयन गरे । जसमा ःष्अचयकयात,  भ्चष्अककयल, ःष्तकगदष्कजष् र ऋयअय(अयबि मुख्य थिए । त्यसैगरी चिनकै ऋऋत्ख् ९ऋभलतचब िऋजष्लभकभ त्भभिखष्कष्यल० ले पनि दर्शकहरुको सर्भेक्षण गर्ने कार्य ग¥यो । यसरी विज्ञापनको प्रयोगले उपभोक्ता र विक्रेता बिच एउटा सुरक्षित पुलको काम गर्दै आइरहेको छ ।

    ख. नेपालमा विज्ञापनको विकासः–

    “बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भन्ने पुरानो नेपाली उखानबाट यो प्रष्ट हुन्छ कि नेपालमा धेरै अगाडी बाट नै विज्ञापन गर्नुपर्दछ भन्ने सोच रहेको थियो । परापूर्व काल देखि नै झ्याली पिट्ने, तोप पड्काउने, विगुल फुक्ने, हाटबजारमा ठूलो स्वरले कराएर सामान बिक्री गर्ने तथा प्रत्यक्ष भेटघाटबाट आफ्नो सेवा वा वस्तुको जानकारी गराई विज्ञापन गर्ने प्रचलन चल्दै आएको थियो ।  ब्यापारिक उद्देश्यले व्यवसायिक विज्ञापन नभइकन उक्त समयमा सेवा भावबाट विज्ञापन गर्ने चलन थियो ।
    वि.सं. १९१९ मा मनोरञ्जन प्रेसबाट प्रकाशित मोक्षसिद्धि पुस्तकको गातामा छापिएको विज्ञापन नेपालको पहिलो विज्ञापन थियो । त्यस पश्चात हुलाक टिकट, प्रचाहरु छापिन थाले । वि.सं. १९५८ मा राणा प्रधानमन्त्रि जंगबहादुर राणाले बेलायतको भ्रमणबाट फर्कदा ल्याएका “गिद्धे प्रेस” नेपालको पहिलो प्रेस थियो । जसबाट नेपालको पहिलो अखरबार गोरखापत्र छापिएको थियो । यसबाट सरकारी कागजपत्र तथा पहिलो ऐन पनि छापिएको थियो । स्थापनाको शुरुवात संगै गोरखापत्रमा विज्ञापनको परिवर्तन पश्चात विभिन्न राजनैतिक दलहरु तथा संघ–संस्थाहरुले बुलेटिन छाप्ने काम बढाए र यसबाट आफ्नो प्रचारप्रसार तिब्र बनाए । यो उक्त समयमा धेरै नै प्रभावकारी बन्न पुग्यो ।

    वि.सं. २००७ सालमा रेडियो नेपालको औपचारीक स्थापना भएपनि यसले वि.सं. २०२९ सालपछि मात्र व्यवसायीक रुपमा विज्ञापन सेवाको शुरुवात ग¥यो । रेडियोलाई विभिन्न विचाहरुको प्रचार प्रसारको लागी प्रयोग गरिने क्रमममा स्थापना कालबाट नै हुने गरेको थियो । रेडियोको स्थापना पश्चात नेपालमा धेरै वर्ष सम्म कुनैपनि संचार साधनले प्रवेश पाउन सकेन । वि.सं. २०४२ सालमा लामो समयको प्रतिक्षा पश्चात सरकारी टेलिभिजनको रुपमा टि.भि च्यानलको स्थापना हुन पुग्यो । यो बिल्कुलै नयाँ प्रस्तुति हुनाले निकै नै प्रभावकारी हुन गयो । टि.भि ले आफ्नो स्थापना लगत्तै विज्ञापनको प्रारम्भ ग¥यो । यसले नेपाली विज्ञापनमा नयाँ आयाम थप्यो ।

    सरकारी स्तरमा रेडियो नेपाल र नेपाल टेलिभिजन संचालन रहे पश्चात वि.सं. २०५८ मा “च्यानल नृेपाल” नामक टि.भि च्यानल निजि क्षेत्रमा पहिलो पटक स्थापना भएको थियो । त्यस्तै वि.सं. २०५४ बाट एफ.एम. रेडियोहरुको स्थापना हुन थालेपछि र मोफसलको शहरहरुमा पनि विभिन्न संचार माध्यमहरु स्थापना पश्चात राष्ट्रिय तथा स्थानीय स्तरमा विज्ञापन प्रकृया पनि बढ्न गयो ।

    वि.सं. २०१७ सालतिर बाट नै नेपालको पहिले विज्ञापन एजेन्सीको रुपमा द एड्भरटाइजरको  ूत्जभ ब्मखभचतष्कभकू स्थापना हुन गयो । त्यसपछि खुल्ला रुपमा विज्ञापनको कारोबार बढ्न गयो । वि.सं. २०४७ सालमा ब्मखभचतष्कष्लन ब्नभलअष्भक ब्ककयअष्बतष्यल या ल्भउब ि९ब्ब्ब्ल्० विज्ञापन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले स्थापना हुन गयो । आज नेपालमा ५०० भन्दा बढि विज्ञापन एजेन्सीहरुको दर्ता भइसकेको छ भने विज्ञापन बजार  वार्षिक ३ अर्ब कारोबार पुगिसकेको छ । यसरी नेपालको विज्ञापन प्रकृया झ्याली पिट्ने समयबाट आज पत्रपत्रिका तथा रेडियो, टि.भि हुँदै अनलाइन विज्ञापन सम्म आइपुगेको छ । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा पनि समय अनुसार विज्ञापन गर्ने पद्धतिमा परिवर्तन आउँदै गएको छ । जसले यहाँको व्यवसाय तथा सेवालाई प्रत्यक्ष रुपमा ठूलो सहयोग गर्दै आइरहेको छ ।

    ग. छापा माध्यममा विज्ञापनको प्रयोग र विस्तारः–

    कुनैपनि उत्पादन वा सेवाको बारेमा जानकारी गराउनको लागी विज्ञापन एक प्रभावकारी माध्यम हो । यसबाट सोझै उपभोक्तालाई जानकारी दिन सकिन्छ । अहिलेको परिप्रेक्ष्यमा विज्ञापन माध्यमहरु धेरै नै छन् जसमध्ये छापाखाना पूरानो माध्यम हो ।

    विज्ञापनको प्रयोगः–

    सञ्चार माध्यमहरुको गुण र प्रकृति अनुसार विज्ञापनको प्रयोग गर्ने तरिका वा शैली पनि फरक फरक हुन्छ । छापा माध्यममा विज्ञापनको प्रयोग अन्य माध्यममा भन्दा पृथक तरिकाबाट गरिएको हुन्छ । किनकी यो श्रव्य वा दृष्य नइकन यो लेख्य माध्यममा हुने हुनाले यो धेरै नै विचार गरी तयार गर्नु पर्दछ । छापा माध्यममा छापिने विज्ञापन अक्षर लेखाई वा तस्विर सँग सम्बन्ध राख्दछ । यस्तो विज्ञापनमा पाठकहरुको ध्यान कसरी आकर्षित गर्ने भन्ने कुरालाई जोड दिइएको हुन्छ । तसर्थ छापा विज्ञापन तयार गर्दा निम्न कुरामा जोड दिइएको हुन्छः–
    ड्ड रचनात्मक सोच ९ऋचभबतष्खभ ऋयलअभउत०
    ड्ड सजावट नक्सा, खाका÷योजना÷रुपरेखा ९ीबथयगतरम्भकष्नल०
    ड्ड आलेख लेखन ९ ऋयउथ ध्चष्तष्लन०

    रचनात्मक सोचको आधारमा विज्ञापनको निर्माण वा प्रयोग गरिन्छ । यसले आलेख लेखनमा विज्ञापनमा गरिने वस्तु वा सेवाको उपभोगबाट के–कस्तो प्रकारको फाइदा हुन्छ ? यसलाई उपभोग गर्ने ? भन्ने विषयलाई प्रस्टसँग उल्लेख गरेको हुन्छ । विज्ञापनले दिन खोजेको सन्देशलाई सरल, स्पष्ट र छोटो, मिठो भाषामा उतार्ने काम नै आलेख लेखन हो । आलेख तयार पश्चात पाठकहरुको ध्यान आकर्षित गर्ने प्रकारले सजाउने कार्यलाई विज्ञापनको साजसज्जा भनिन्छ । प्रभावकारी रुपमा सूचना दिन यसमा शिर्षक, उपशिर्षक, रंग, उद्धरण, नारा, अपिल, कला आदिको उपयुक्त संयोजनमा प्रयोग गरिएको हुन्छ । समाचार लेखन जति आकर्षित बनाइएको हुन्छ त्यसरी नै विज्ञापनको लेखन पनि त्यत्ति नै आकर्षित बनाइएको हुन्छ ।

    विज्ञापनको विस्तारः–

    यसरी छाप माध्यममा विज्ञापनको प्रयोग गरिएको हुन्छ भने यसलाई आकर्षित गर्न छापा माध्यमको प्रकार अनुसार प्रयोग र यसको स्वरुप अनुसार विस्तार गरिएको हुन्छ । तिनीहरु निम्न छन्ः–
    ड्ड अखबारी विज्ञापन
    ड्ड म्यागेजिन विज्ञापन
    अखबारी विज्ञापनः–
    अखबारी आमसञ्चारको पुरानो र पहिलो माध्यम हो । यसमा विज्ञापन सामान्य तथा सादा हुन्छन् भने केहिमा रंगिन किसिमका पनि हुन्छन् । यसका विज्ञापनहरु समयको महत्व अनुसार कत्तिको गहकिलो छन् त्यहि अनुसार प्रकाशन हुन्छन् । तत्कालै आवश्यक विज्ञापनहरु यस्ता अखबारी विज्ञापनमा पर्दछन् । किनकी यो छोटो समयमा प्रकाशन हुने हुनाले तत्क्षणका विज्ञापनहरु धेरै नै प्रभावकारी हुन्छन् । जस्तै कुनैपनि जागिरको विज्ञापन, अत्यावश्यक सूचना (हराएको, फेलापरेको) इत्यादिलाई बर्गिकृत विज्ञापनको रुपमा प्रकाशित गरिन्छ ।
    म्यागेजिन विज्ञापन

    घटना विषयवस्तुबारे विस्तृत विवरण दिने खालको विश्लेषणात्मक समाचार भएको समाचार पत्र जुन आकर्षक, पुस्तक जस्तो र धेरै नै उत्कृष्ट खालको पत्रिकालाई म्यागेजिन भनिन्छ । म्यागेजिनमा छापिने विज्ञापनलाई म्यागेजिन विज्ञापन भनिन्छ । म्यागेजिन केहि निश्चित समयको अन्तरालमा आउँदछ । तसर्थ यसमा प्रयोग हुने विज्ञापन सामान्यतया लामो समयसम्म पनि उत्ति नै प्रभावकारी हुने खालको हुन्छन् । जस्तैः– चाउचाउ, मोटर सम्बन्धि विभिन्न किसिमहरु स्कूल, क्याम्पस, सिनेमा इत्यादि । किनकी यसको समय लामो हुने र धेरै आकर्षक हुने हुनाले जुनसुकै वर्गकोले पनि बुझेर वा आकर्षक साजसज्जा हुने हुनाले चित्र हेर्न भनेपनि यो हेर्दछन् । यो धेरै नै मनमोहक हुनाले छिटो पाठकहरु आकर्षित हुन्छन् ।

    विज्ञापन पत्रपत्रिकाको मुख्य अंश हो । किनकी विज्ञापनले पत्रिकाको स्वरुप आकर्षक देखाउनका साथै यसले पत्रिकाको ठूलो आर्थिक क्षेत्र ओगटेको हुन्छ । त्यस्तै उत्पादकले यसैबाट विज्ञापन दिनुका साथै उपभोक्ताहरु यसैबाट विभिन्न जानकारीहरु प्राप्त गर्दछन् । यसले एकै समयमा धेरैको समस्याको समाधान गरेको छ ।

    घ. छापा विज्ञापनमा हुने गुणहरुः–

    मुद्रण प्रविधिबाट मुद्रित हुने सम्पूर्ण सामग्रीमा गरिने विज्ञापनलाई छापा विज्ञापन भनिन्छ । विभिन्न किसिमका पत्रपत्रिका, म्यागेजिन, पुस्तक  आदिमा गरिने विज्ञापनलाई छापा विज्ञापन भनिन्छ । यसमा प्रयोग गरिने विज्ञापनहरु विभिन्न किसिमका छन् । जस्तै नानो कार,यामाहा बाइक, वाईवाई चाउचाउ, लाइफवाय साबुन, विभिन्न किसिमका कलेज–स्कूल ९त्चष्लष्तथ ऋयििभनभ, क्बउतबनबलमबष् ऋबmउगक, क्गलचष्कभ क्अजयय िभतअ०  विभिन्न होटल, पार्क फाइनान्स इत्यादि ।
    यस्ता छापा विज्ञापनहरुमा विभिन्न किसिमका गुणहरु प्राप्त गर्न सक्दछौँ । तिनीहरु निम्न छन्ः–
    ड्ड एक पटकमा नबुझेमा पटक–पटक सम्म हेर्न सकिन्छ ।
    ड्ड लामो समयसम्म अध्ययन गर्न सकिन्छ ।
    ड्ड समयानुसार तत्कालिन वा दीर्घकालिन महत्वका विज्ञापन हुन्छ ।
    ड्ड सामान्य देखि लिएर विशिष्ट खालका पाठकले पनि बुझ्ने हुन्छ ।
    ड्ड छापा माध्यममा प्रकाशित हुनाले निश्चित समय नपर्खीकन समयानुकुल हेर्न सकिन्छ ।
    ड्ड आकर्षक रंग, अक्षर, चित्र, र्काटुनको प्रयोग गरिएको हुन्छ ।
    ड्ड स्वतन्त्र प्रतिस्पर्धालाई प्रेरित गर्ने खालको  हुन्छ ।
    ड्ड जाति धर्म, लिंङ्ग विभेद नगरी तयार गरिएको हुन्छ ।
    ड्ड विज्ञापन मार्फत उपभोक्ताले छिट्टै जानकारी पाउँछन् ।
    तसर्थ छापा विज्ञापनमा उपरोक्त देहाय बमोजिम गुणहरु हुन्छन् । जसले विज्ञापनलाई व्यवस्थित र मर्यादित छ ।

    ङ) अध्ययन गरिने पत्रिकाको परिचय र यसमा विज्ञापनको प्रयोग
    परिचयः–

    मैले आफ्नो अध्ययन अनुसन्धानमा विज्ञापनको अध्ययनको लागी नेपालको सर्वाधक विक्री हुने लोकप्रिय राष्ट्रिय दैनिक पत्रिकालाई लिएको छु । २०४६ सालको राजनीतिक परिवर्तनपछि स्थापना भएको कान्तिपुर प्रकाशन गृहबाट यस दैनिकको प्रकाशन प्रारम्भ हुन थालेपछिनै नेपालमा अन्य प्रकाशन गृहहरुको पनि स्थापना भएको हो ।  “कान्तिपुर राष्ट्रिय दैनिक” पत्रिका  देशको चार ठाउं काठमाण्डौ, भरतपुर, विराटनगर र नेपालगंजबाट एकै साथ प्रकाशन हुन्छ । यो देशका सुगम तथा दुर्गम ठाउँमा पनि वितरण हुने भएकोले यसले आफुलाई देशकै सर्वाधिक विक्रि हुने दैनिक अखवार भनेर दावी गर्दछ । कान्तिपुर पत्रिका हामीले इन्टरनेटमा पनि पढ्न सक्छौँ । जसले गर्दा यो विश्वको जुनसुकै स्थानबाट पनि पढ्न सकिन्छ । यस पत्रिकाले समाचार तथा विज्ञापनलाई उत्कृष्ठ रुपमा प्रस्तुत गर्न सफल भएको छ । यसमा विज्ञापनदाताको इच्छा तथा स्थीति अनुरुप विज्ञापन प्रकाशन गर्न सकिन्छ । सचित्र र बर्गिकृत गरेर विभिन्न प्रकारबाट यसले विज्ञापनलाई प्रकाशित गर्दे आएको छ ।

    विज्ञापनको प्रयोगः–

    यस कान्तिपुर राष्ट्रिय दैनिकले प्रकाशनको शुरुवात देखि हाल सम्मनै निरन्तर र उत्कृष्ठ रुपमा समाचार तथा विज्ञापन प्रकाशन गर्दै आइरहेको छ । यसमा विज्ञापनको प्रयोग सामान्यतया नियमानुसार गरेको छ । जसमा समाचार र विज्ञापनको औषत दर १६०÷४० हुनुपर्दछ । मुख्य तथा सुचना तथा संचार मन्त्रालय सुचना विभागबाट प्रदान गरिने सार्वजनिक विज्ञापनलाई माष्ट हेड को दायाँपट्टि इअर प्यानलमा राखिएको हुन्छ । यस पत्रिकामा यसको प्रथम पृष्ठको तल्लो भागमा तथा दायाँ भागमा छापिएका हुन्छन् । यसमा अगाडीका पृष्ठहरु “समाचार”, “मध्य” “देश” मा धेरै विज्ञापन र थोरै तर महत्वपूर्ण समाचार राखिएको हुन्छ एवं “दृष्टिकोण र “विविधता” विज्ञापन हिन र त्यस पछिको पृष्ठको समाचारमा अन्यमा जस्तै विज्ञापन र तिनीहरु “श्यामश्वेत” विज्ञापन छापिएका छन् । त्यस्तै पत्रिकाको अन्तिम पृष्ठतिर सुरुवातमा जस्तै धेरै र ठूला आकारका र रंगिन विज्ञापनहरु छापिएका हुन्छन् ।

    विज्ञापनमा विभिन्न किसिमका चित्र तथा साना ठूला आकर्षक र मिलेका अक्षरहरुको प्रयोग भएको पाइन्छ । यो रंगिन पत्रिका हो जसले गर्दा कुनैपनि वस्तुको जस्ताको त्यस्तै फोटो तथा विभिन्न रंगहरुको संयोजनबाट मनमोहक रुपमा सजाइन्छ । त्यस्तै यसमा विभिन्न ग्राफिक्स ( न्चबउजष्अक ) तथा एनिमेशन ( ब्लष्mबतष्यल ) को प्रयोग गरी विज्ञापन धेरै नै सुन्दर बनाइएको पाइन्छ । यो रंगिन पत्रिका भएपनि विज्ञापन दाताको रोजाई तथा स्तर अनुसार रंगिन तथा सादामा पनि उपलब्ध गराइन्छ । सादामा भने वर्गिकृत विज्ञापन बढि प्रयोग हुन्छ । किनभने यसमा थोरै शुल्कमा पनि विज्ञापन गर्न सकिन्छ त्यस्तै रंगिनमा वर्गिकृत डिस्प्ले पनि उपलब्ध छ । समग्रमा भन्नुपर्दा यसमा विज्ञापन उत्कृष्ठ रुपमा प्रयोग गरिएको छ ।

    च) अध्ययनको उद्देश्यः–

    कान्तिपुर राष्ट्रिय दैकि पत्रिका नेपालको सर्वाधिक विक्री हुने राष्ट्रिय दैनिक हो । जसले गर्दा यो पत्रिका देशको जुनसुकै स्थानमा पनि पुग्दछ । यसर्थ पाठकहरुे यस पत्रिकाको अध्ययनबाट कस्ता फाइदा लिन सक्दछन् भनेर जानकारी हासिल गर्न नै हो । मेरो अध्ययनको उद्देश्य निम्न छन्ः–
    १.  विज्ञापनमा प्रयोग गरिएको भाषाशैलीबारेमा अध्ययन गर्ने ।
    २. विज्ञापनको प्रस्तुतिकरण,आकार र रङ्गवारेमा अध्ययन गर्ने ।
    ४. विज्ञापनमा दिन खोजेको सन्देश तथा यसको प्रभावकारितावारेमा अध्ययन गर्ने ।

    ६. अध्ययनको महत्वः–

    त्रिभुवन विश्विधालय अन्र्तगत स्नातक तह तृतिय बर्षको आमसञ्चार तथा पत्रकारिता विषय अन्र्तगत विज्ञापन र जनसम्पर्क विषयको प्रयोगात्मक कार्यका  लागि निम्न अध्ययन गरिन लागेको भए पनि यो अध्ययन सम्पूर्ण विज्ञापन ब्यवसायस“ग सम्बन्धित ब्यक्तिहरुको लागि उपयोगी हुने छ । एउटा ब्यवसायको रुपमा स्थापित भईसकेको विज्ञापन क्षेत्रमा यस्ता विभिन्न गहन अध्ययनहरु भएमा नै यस क्षेत्रमा देखिएका कमी,कमजोरीहरु तथा भाषागत त्रुटीहरु पत्ता लगाउन सकिन्छ । छापिएको एउटा विज्ञापनको भाषाले समग्र अखवारको साजसज्जालाईनै कुरुप बनाउ“छ । आजको मानिसहरु भौतिक संसाधनको प्रयोगमा यति धेरै लिप्त भएका छन् कि उनीहरु आजको भोलिनै नयाँ बस्तु वा सेवा लिन लालायीत हुन्छन् । तसर्थ यस्तो समयमा विभिन्न चिजवस्तुहरुको प्रचार–प्रसार धेरै नै हुने गरेको छ । यसर्थ विभिन्न संचार माध्यमबाट प्रसारण तथा प्रकाशन गरिने विज्ञापनको महत्व धेरै नै हुन आउँछ । यसले नै वस्तु तथा सेवाको बारेमा ग्राहक तथा सेवा कर्ता बिच समन्वय गराउँदछ ।

    विज्ञापनको अध्ययनको महत्व निम्न छनः–
    ड्ड उत्पादक, उपभोक्ता तथा छापा माध्यमलाई विज्ञापनमा देखिएका गल्ती,कमजोरीबारे  सचेत गराउँदछ ।
    ड्ड विज्ञापनको शब्द संयोज,भाषागत शैली कस्तो हुनुपर्छ भनेर एउटा मार्गनिर्देशन गर्दछ ।
    ड्ड सामाजिक चेतनाको अभिवृद्धि गर्छ ।

    ज) अध्ययनको विधि
    यस अध्ययनको लागी निम्न विधि अपनाइएको छः–
    अखवारमा छापिएको विज्ञापनहरुबारेमा अध्ययन

    यस शुक्ष्म अध्ययनको लागी विगत १९ वर्ष देशको सुगम तथा दुर्गम क्षेत्रमा नियमित प्रकाशन हुँदै आएको कान्तिपुर राष्ट्रिय दैनिकलाई लिइने छ । यसको प्रथम पृष्ठको तल्लो भागको दायाँ भागमा रहेको विज्ञापनलाई लगातार …..देखि …..सम्म  १० दिनसम्म अध्ययन गरिने छ । नेपालमा लोकप्रिय र नियमित रुपमा छापिदै आएको राष्ट्रिय दैनिक अखबार भएकोले अध्ययनको लागी यस दैनिकलाई छनौट गरिएको हो । यसको २३५ अंक देखि २४४ अंक सम्मको अध्ययन गरिएको छ ।
    यसको अध्ययन अनुसन्धानका लागि एकै स्थानमा रहेको विज्ञापनलाई लगातार १० दिनसम्म अध्ययन गर्दा यसले विज्ञापनमा लिने नियमितता, आकार, रंग र प्रस्तुत गर्ने तरिकाबारे अध्ययन गर्न सकिने छ ।
    झ) पत्रिकामा छापिएको विज्ञापनहरुको प्रस्तुति
    छापिएको पत्रिकाको नाम पृष्ठ मिति विज्ञापन शिर्षक आकार
    कान्तिपुर राष्ट्रिय दैनिक  १ २०६८÷०७÷२८ साबुन पानी हात
    सधैं साथ साथ १÷४
    २०६८÷०६÷२९ स्वादिस्ट सेलरोटिको मिठो साथी १÷८
    २०६८÷६÷३० त्तगबष्तिथ त्यगच ऋयलतभकत १÷८
    २०६८÷०७÷०१ शुभ दिपावली १÷८
    २०६८÷०७÷०२ क्ष्लतभनचबतभम  क्यगितष्यलक एखत। ीतम।  १÷८
    २०६८÷०७÷०३ ज्बखभ कयmभतजष्लन बलम दभ mयचभ अयmउभतभलत ाचयm यतजभचक १÷८
    २०६८÷०७÷०४ एक पटक प्रयोग गरी जन्मौ जन्म उपयोग १÷६
    २०६८÷०७÷०५ द्यभचनभच को तामझाम घर झिलिक्क कार टिलिक्क १÷३
    २०६८÷०७÷०६ बिस्क फार्ममा तपाईलाई स्वागत छ  १÷८
    २०६८÷०७÷०७ त्जष्क द्यजबष् त्ष्पब ःबपभ थयगच दयचजतभचक कतथष्किज तयय

    ञ) छापिएका विज्ञापनहरु माथिको विश्लेषणः–
    यसरी कान्तिपुर पत्रिकाको लगातार १० दिन सम्मको एकै स्थानको विज्ञापनलाई अवलोकन गर्दा विज्ञापन निरन्तर नभएको पाइयो । यसबाट के बुझिन्छ भने विज्ञापन दाताहरुले निश्चित समयसम्म प्रकाशन गर्ने गरी कुनै पनि संझौता गरेका छैनन् । हरेक दिन नया“ नया“ विज्ञापन प्रकाशित हुनुले विज्ञापनदाताहरुले निरन्तर विज्ञापन उपलब्ध गराउने नगरेको स्पष्ट हुन्छ । यसका कुनैपनि विज्ञापन दोहोरिएको छैन । विज्ञापनमा कुनै अंग्रेजी भाषामा लेखिएको छ भने कुनै नेपालीमा लेखिएको छ । अंग्रेजी र नेपाली भाषामा प्रस्तुत गर्दा सामान्य साक्षर मानिसहरुले बुΣन कठिन छ । यदि विज्ञापनको लक्षित बर्ग नेपालीनै हुन् भने अंग्रेजी शब्द मिसाएर लेखिरहनु जरुरी छैन । कि त एउटा विज्ञापनलाई पूर्णतया अंग्रेजी वा नेपाली भए पूर्णतया नेपालीमानै दिए राम्रो हुने थियो । विज्ञापनमा प्रयोग गरिएको शब्द तथा कला एकदमै आकर्षक छ । जुन सामान्य वर्गले पनि बुझ्न सक्ने खालको छ ।

    हिन्दुहरुको दोस्रो पावन पर्व दिपावलीको अवसरमा परेको हुँदा धेरै जसो विज्ञापन दिपावलीलाई नै केन्द्र बनाएर तयार पारिएको छ । तिहारको समयमा प्रयोग गर्न सकिनेलाई प्रत्यक्ष र नसकिनेलाई तिहार विशेष उपहार कुपन राखेर भएपनि विज्ञापन गरिएको छ । जसले गर्दा प्रत्येक जसो विज्ञापन तिहार विशेष छन् । सबै जसो कुराले सकारात्मक भएपनि यसमा प्रकाशन गरिने विज्ञापन स्थानीय स्तरको भनेद छैनन् । अर्थात कम छन् । जसले गर्दा स्थानीय स्तरको विज्ञापनलाई समेट्न सकिएको देखिदैन ।

    १. २०६८÷०६÷२८ को विज्ञापनः–
    “साबुन पानी हात,
    सधै साथ साथ”

    भन्ने शिर्षकमा साथ उक्त दिन विश्व हात धुने दिवसको अवसरमा लाइफवाय ९ीषभदगयथ० को प्रचार गरिएको छ ।

    यसमा आकर्षक तरिकाले एक छेउमा पानी अर्को छेउमा हात र विचमा साबुनको कार्टुन चित्र राखिएको छ जुन एक अर्कासंग हातेमालो गर्दै खुसी व्यक्त गर्दे गरेको आकर्षक चित्र देखाइएको छ । अनि हात धुने दिवस १५ अक्टोबर २०११ भनी तल ठूलो अक्षरमा लेखिएको छ । यसको अन्त्यमा तल षिभदगयथ साबुन र हात धुने ीष्त्रगष्म को बोत्तल राखिएको छ । सबैलाई जानकारी दिन ीषभदगयथ को लोगो राखिएको छ ।

    यसमा सबै वर्गको आँखा पुग्ने खालको चित्र, रंग र अक्षरको आकारको प्रयोग गरिएको छ । यो धेरै नै प्रभावकारी विज्ञापन हो । किनकी यसले हात धुने दिवसमा आफ्नो प्रयोगबाट रोगको रोकथाम गर्नसक्ने पूर्ण आस्वासन ग्राहकलाई दिएको छ ।

    २. २०६८÷०६÷२९ को विज्ञापन

    “स्वादिष्ट सेलरोटिको मिठो साथी” नामक शिर्षक दिइएको यो विज्ञापन “सोयालाइट” नामक सोयाबिन तेलको हो । मिठो खाने चाडको रुपमा परिचित तिहार नजिकिदै गर्दा तिहारलाई विशेष बनाउँदै रोटि र मिठाइलाई मनमोहक रुपमा थालीमा सजाइएको चित्र सबैको आँखा पर्ने ठाउँमा राखिएको छ । त्यसको केहि तल तेलको लोगो देखाइएको छ । यस विज्ञापनमा उपलब्ध तेलको तौल अनुसारको प्याकेटको चित्र पनि देखाइएको छ । यसमा पाइने पोषक तत्वको मात्राको सूची पनि दिइएको छ । यसले के दर्साउन खोजेको छ भने यति धेरै पोषिलो सोयाबिन तेल यदि यसपालोको तिहारमा प्रयोग गरियो भने तपाइको परिकार धेरै नै स्वस्थ र स्वादिलो बन्छ । तेलको बाहिर पट्टि राखिएको चित्रलाई ठूलो बनाएर बाहिर राखिएको छ जहाँ एउटा आमाले दुई हातमा दियो लिएकी छिन भने उनको अगाडी छोए र छोरी खुसी भई रमाएको देखाइएको छ ।

    ग्राहकलाई जागरुक र सेवाको लागी विज्ञापनमा उक्त तेलमा ूअजयभिकतभचय ितचभभू भएको जनाएको छ । त्यस्तै यस सोययालाईट रिफाइण्ड तेलमा रहेको आवश्यक तत्वहरु ः– मानव शरीरमा हुने अक्सिडेटिभ रेन्सीडिटीलाई बचाउने प्राकृतिक अक्सिडेन्ट, स्वास्थ्यको लागी अति आवश्यक लिनोलिक एसिड र मुटुको लागी फाइदाजनक ओमेगा उ छ भनी जानकारी दिएको छ । यसरी विज्ञापनमा नै जानकारी दिनाले उपभोक्ताहरुले यसबाट पाइने फाइदाजनक मनन गरी यसको भरतपुर फाइदा लिन सक्ने छन् । त्यसैगरी यस विज्ञापनमा ग्राहकको सेवाको लागी पाइने स्थानको ठेगाना तल उल्लेख गरी तेल खरिद गर्न सोझै उक्त स्थानमा पुग्ने सहयोग गरेको छ । यसर्थ यो विज्ञापन प्रभावकारी छ ।

    ३. २०६८÷६÷३० को विज्ञापनः–

    डाबर नेपालको उत्पादन रियल जूसको ूच्भब ित्तगबष्तिथ त्यगच ऋयलतभकतू नामक शिर्षकको विज्ञापन छापिएको छ । यसमा रियल जूसको तर्फबाट विज्ञापनमा सोधिएको प्रश्नको सहि जवाफ मोबाइलबाट पठाएमा “लक्कि ड्र” बाट विजेता घोषित गरी पुरस्कृत गरिने कुरा जनाएको छ । यसको विजेतालाई बम्पर पुरस्कार स्वरुप सिंगापुर घुम्न जान पाउने तथा साप्ताहिक पुरस्कारमा रियल फ्याक्ट्री र पोखरा घुम्न पाउनुका साथै हरेक दिन आकर्षक रियलमय उपहार पाइने जानकारी गराइएको छ । यसमा मोबाइलबाट सम्पर्क गर्ने तरिका तथा प्रश्न दिइएको छ भने रियल जूसको उपलब्ध साना तथा ठूलो प्याकको चित्र दिइएको छ । विज्ञापनको पछाडी सिंगापुरको लोभलाग्दो सुन्दर दृश्य देखाइएको छ ।

    नेपालको प्रसिद्ध कलाकार मेलिना मानन्धर र अन्य दुई बालबालिकाद्वारा यो विज्ञापन गरिएको देखाइएको छ । यसबाट ग्राहकमा के भान पर्दछ भने यति ठूलो कलाकारले त यसको प्रयोग गरेका छन् भने हामीले पनि प्रयोग गर्न हुन्छ । नराम्रो भए उनीहरुले किन गरे त ? भन्ने ग्राहकमा सोच आउँदछ । जसले गर्दा ग्राहकमा त्यसको उपयोग गर्ने उत्साह बढाउँदछ ।

    ४. २०६८÷०७÷०१ को विज्ञापनः–

    “शुभ दिपावली” बाट यस विज्ञापनको शुरुवात गरिएको छ । यस विज्ञापन श्री रिद्धी सिद्धी ज्वलर्स को हो । यस विज्ञापनमा एउटी महिलाले मेहन्दी लगाएको हातमा सुनको शुन्दर गहना लगाएर बलेको दियो लिएको छिन् । यसले शुभ दिपावलीको संकेत गर्दछ । दियोको माथिल्लो भागमा ऐश्वर्य र अक्षय झैं धनतेरस र तिहार शुभ रहोस् भनी कवितात्मक शैलीमा व्यक्त  गरिएको छ । यसको साथै दिपावली र धनतेरस पर्व खुसीमा मात्र नभई लाभ तथा वैभवको पनि वर्षा होस् भन्दै विशेष छुट दिएको जानकारी गराएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त सुन तथा हिराको गहना शोरुम रहेको स्थान र चिनीने यसका विभिन्न नामको पनि भनेको छ । यसले “आफू देशको लागी सोच्ने” कुरा बताएको छ ।

    समग्र विज्ञापनको अध्ययन गर्दा यो साझमा लक्ष्मी भित्र्याउने बेलातिर तयार गरिएको जस्तो देखिन्छ । सुन्दर तरिकाले शब्द तथा चित्रको प्रयोग गरिएको छ । विज्ञापनको वस्तु अनुरुप विज्ञापन गरिएको छ । यस्ता विज्ञापनले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुको भने महत्वकांक्षालाई बढाउ“छ ।

    ङ) २०६८÷०७÷२ को विज्ञापनः–

    ूज्बखभ क्यmभतजष्लन एगिक बलम दभ mयचभ अयmउभतभलत ाचयm यतजभचक१ शिर्षक रहेको यो विज्ञापन क्गलधबथ क्ष्लतभचलबतष्यलब िद्यगकष्लभकक क्अजयय िको हो । यो क्याम्पसले विद्यार्थी भर्नाको लागी यो विज्ञापन प्रकाशन गरिएको छ । यस विज्ञापनमा केही विद्यार्थीहरु देखाइएको छ जसको पछाडी ग्लोबको चित्र छ । त्यसको तल कुन तहमा विद्यार्थी भर्ना लिन खोजिएको हो त्यो उल्लेख गरिएको छ । यो द्यगकष्लभकक क्अजयय िको सम्बन्धन प्राप्तको नाम र बजाज क्यापिटल ९द्यबवबव ऋबउष्तब०ि बाट प्रवद्धित ९एचयmयतभम० गरिएको छ । त्यस्तै यसका अन्य विषयमा पनि विज्ञापन खुलेको कुरा सोही विज्ञापन मार्फत जानकारी गराएको छ । यसबाट कुनै सेवा सुविधाबारे विस्तृत जानकारी वा भर्ना हुनको लागि ठेगाना दिइएको छ ।

    यसमा विभिन्न रंग तथा अक्षरको आकारको प्रयोग गरिएको छ । विषय वा प्रसंग अनुरुप छुट्टाछुट्टै क्षेत्रमा राखि रँग लगाइएको छ । जसले गर्दा विज्ञापन राम्रो देखिएको छ । यो सम्बन्धित विद्यार्थीहरुको लागि धेरै नै लाभदायक विज्ञापन हो ।

    ७. २०६८÷०७÷०४ को विज्ञापन

    “एक पटकको प्रयोग जन्मौ जन्म उपयोग” ले विज्ञापनको सुरुवात गरेको छ । यो विज्ञापन स्वदेशी सिमेन्ट विश्वकर्मा सुरक्षित र मजबूत निर्माणको आधार को हो । यसमा पहेंलो रंग लगाइएको छ । त्यस्तै तल रातो रंगमा स्वदेशी सिमेन्ट गोरखा मजबूत र विश्वसनीयको दिइएको छ । विश्वकर्मा र गोरखा सिमेन्टको बिचमा नेपाल पर्यटन वर्ष– २०११ लाई इंगित गर्दै पर्यटकीय क्षेत्रको चित्र देखाएको छ । यसमा अतिथि देव भवः भनी देखाएको छ । यो विज्ञापनले आफ्नो उत्पादनको मात्र विज्ञापन नगरीकन नेपाल पर्यटन वर्षको समेत विज्ञापन गरेको छ । यो एउटै कम्पनीबाट उत्पादित दुई किसिमको सिमेन्ट हो । यसको उत्पादकले आफूले देशको पनि केही जिम्मेबारी लिएको भान हुन आउँछ । समान्य पाठकहरुलाई राष्ट्रियताको अनुभुति हुनेगरी यस सिमेन्टले आनो विज्ञापन प्रस्तुत गरेको छ ।

    ८. २०६८÷०७÷०५ को विज्ञापन

    “बर्जरको ताम झाम घर झिलिक्क कार टिलिक्कै भन्ने यो बर्जर पेन्ट्सको विज्ञापन हो । यसको शिर्षकमानै विभिन्न रङ्ग र नेपाली अंग्रेजी अक्षरको प्रयोग गरिनुको साथै देखाइएको कारबाट विभिन्न किसिमका आकर्षक रङ्ग निक्लिएको छ । यो धेरै नै ठूलो आकारको विज्ञापन  हो । यसबाट उक्त दिन पाँचौ लक्कि ड्र भएको जानकारी दिएको छ । बर्जर पेन्ट्सको हरेक रु. ५००० बराबरको बर्जरको खरिदमा पाइने स्क्रयाच कुपनबाट तुरुन्तै ल्यापटप र मोबाइल अनी  लाखौँ नगद जित्न सकिने जनाइएको छ । यस विज्ञापनमा सुन्दर रंगिन घर र ब्तिय अबच घरमा आएमा सबै खुसी भएको देखाइएको छ । त्यस्तै तीन जना क्ष्उजयलभ विजेतालाई पनि देखाइएको छ । ५ औँ लक्कि ड्र दिन साँझ ५ः०० बजे इमेज च्यानलको ःगकष्अ या थयगच अजयष्अभ मा हेर्न सकिने बनाइएको छ । ग्राहकलाई कुन रंग प्रयोग गर्ने भन्नेमा दोधार नभईकन बर्जरको प्रयोग गर्न आग्रह गरेको छ ।

    २०६८÷०७÷०६ को विज्ञापनः–

    “विस्क फार्ममा तपाईलाई स्वागत छ” भन्ने शिर्षकको विज्ञापन भारतको प्रतिष्ठित विस्क फार्म विस्कुटको हो । यसले सुरुआतमा भारतमा आफ्नो प्रभाव अग्रणी र बहुचर्चित तथा सबैले मनपराएको करा बताएको छ । त्यस्तै अहिले नेपालमा पनि उपलब्ध हुन्छ भनेको छ । माथिल्लो भागको दायाँपट्टि आफ्नो लोगो राखेको छ ।

    यहाँ चित्रमा एउटा गंहुको खेलको बिचमा एउटा ट्याक्टर छ जुन विस्क फार्मको विस्कुटको खचाखच भरिएको छ । यसमा उक्त कम्पनिले उत्पादन गर्ने विभिन्न फरक किसिम र आकारको बिस्कुटहरु राखिएको छ । जुन पहाड क्षेत्र अग्लो भैसकेको छ । यसले के जनाउन खोजेको छ भने हामीले धेरै थरीका उत्पादन बारेमा उत्पादित गहुँ तथा धानबाट उत्पादन गर्दछौँ । आफ्नो आवश्यकतानुसार प्रयोग गर्न सक्नुहुनेछ भन्न खोजिएको छ । त्यस्तै यसले भर्खरै नेपालमा सेवा विस्तार गर्न थालेको हुँदा विभिन्न मुख्य ठाउँहरुमा वितरण केन्द्र नियुक्त गर्न चाहेको कुरा व्यक्त गरेको छ ।

    यसले सामान्य तरिकाबाट सबैले बुझ्ने खालको सुन्दर विज्ञापन तयार गरेको छ । जुन भिन्न ढङ्गको छ । यस्तो खाले विज्ञापन सबैको आकर्षकणको केन्द्रविन्दु बन्दछ ।

    १०. २०६८÷०७÷०७ को विज्ञापन

    ूत्जष्क द्यजबष् त्पब(ःबपभ थयगच द्यचयतजभचक कतगष्किज तययू भन्दै विज्ञापनको शुरुवात गरिएको छ । यो विज्ञापन डाबर वाटिका को एच्इ क्तथभि भन्ने केटाले कपालमा लगाउने तेलको हो । यो विज्ञापनमा तिहार भनेको बत्तिको झिलिमिली हो र दिदिबहिनीले आफ्ना दाजुभाईलाई पुज्ने पर्व हो । यसर्थ दिदिबहिनीले आफ्नो दाजुभाईको दिर्घ जीवन र मङ्गगमयको कामना गर्दै तिहार मनाउँदा उनीहरुको कपाल पनि जीवन जस्तै होस भनी यो तेल दिन आग्रह गरेको छ । जुन तेलको प्रयोगले स्वस्थ, कालो र बाक्लो कपाल दिर्घ रुपमा पाउने छन् ।
    यसरी यस विज्ञापनमा झिलीमिली बत्ति बालिराको र दिदिले भाईलाई टिका लगाउन सजाएको थाली बोकेको देखाइएको छ । जसमा एच्इ(क्तथभि पनि राखिएको छ । विज्ञापनको तल भाई टिकाको शुभकामना दिनुका साथै भाई बहिनीको सम्बन्धलाई केलाएको छ र एचय क्तथभि ले आफ्नो दाजुभाई क्तथष्किज ऋयय िर अयलाष्मभलत हुन्छन् भनिएको छ ।

    ट) निष्कर्षः–

    नेपालमा विज्ञापनको ब्यवसायिक विकास हु“दै गएको भनिए पनि कान्तिपुर दैनिक जस्तो नेपालको लोकप्रिय दैनिक पत्रिकामा पनि विज्ञापन नियमितता देखिएन ।  विज्ञापन प्राय गरेर एकै शैलीको पाइयो । यस्ता विज्ञापनको उद्देश्य पाठकहरुलाई सूचना दिने र ध्यान आर्कषण गर्ने खालको मात्र थियो । विज्ञापनले दिन खोजेको सन्देश सरल भए पनि लेखन शैलीमा अंग्रेजी र नेपाली भाषा मिलाउ“दा  पाठकहरु झुक्किने र अल्मलिने संभावना बढी देखिन्छ ।  विभिन्न भ्रामक विज्ञापनहरु जस्तै हरलिक्स ९ज्यचष्ष्अिपक० खाएमा छिट्टो तेज दिमाग, बलियो र अग्लो भैहाल्छ भन्ने जस्ता बच्चालाई आकर्षित गर्ने खालका विज्ञापनहरु पाइयो । के बस्तुमा ति सबै तत्वहरु पाइन्छ त ? यसवारेमा भने कुनै अध्ययन,अनुसन्धानहरु भएको पाइदैन । जसले जे मन लाग्यो त्यसरीनै बस्तुहरुको विज्ञापन गरिरहेको देखिन्छ । विज्ञापन सम्बन्धी कुनै आचारसंहिताहरु बनेर यस्ता खाध्य पदार्थका विज्ञापनहरु गर्दा सर्तकता अपनाएको पाइएन । कान्तिपुरको विज्ञापनहरुमा एकरुपता पनि पाइएन । जुन र जस्तो सुकै बस्तु वा सेवाको विज्ञापन जुनकुनै आकारमा प्रथमपृष्ठमा छापिएको देखियो ।

    सन्दर्भ सामग्रीः–
    –खनाल, श्रीराम । विज्ञापन, जनसम्र्पक र मिडियाका मुद्धाहरु । २०६७ । काठमाडौ । विधार्थी पुस्तक भण्डार,
    – खनाल,श्रीराम,आमसञ्चार र पत्रकारिता
    – खतिवडा, विश्वराज, विज्ञापन, पैरवी बुक्स एण्ड स्टेशनरी
    – राष्ट्रिय दैनिक, कान्तिपुर
    परिशिष्ट ः कान्तिपुर दैनिकको प्रथम पृष्ठमा छापिएका विज्ञापनहरुको नमुनाहरु जस्ताको तस्तै

                         जनसम्पर्क सम्बन्धी अध्ययन
    त्रिभुवन विश्वविधालय आमसञ्चार तथा पत्रकारिता विषय स्नातक तह तेस्रो बर्ष को विज्ञापन,जनसम्पर्क र मिडियाका मुद्दाहरु(जेएमसी,३१४)को प्रयोगात्मक कार्यको लागि गरिएको अध्ययन

    २             अध्ययनकर्ताः

    क. पृष्ठभूमिः–

    मानिस एक सामाजिक प्राणी हो । मानिसको उत्पत्ति सँगै प्राचिनकालमा देखिने जनसम्पर्कको उत्पत्ति भएको मानिन्छ । जंगली युगमा मानिसहरु समूह–समूहमा बस्थे, शिकार गर्थे यसलाई जनसम्पर्कको प्रारम्भिक अवस्था भन्न सकिन्छ । भाषाको विकास हुनुभन्दा पहिले देखि नै उनीहरु सांकेतिक रुपमा भएपनि जनसम्पर्क प्रकृयालाई अगाडि बढाइरहेका थिए । जनसम्पर्कले नै मानिसहरुलाई एक अर्काका सन्देश, सूचनाको सम्प्रेषण गर्दै आइरहेको र सन्देश, सूचनाको सम्प्रेषण गर्दै आइरहेको छ । जसले मानिस–मानिस बिचको एक अर्का बिचको सहसद्भावलाई संधै अगाडि बढाइरहेको छ ।

    जनसम्पर्कको पृष्ठभूमिलाई अझ राम्ररी केलाउने हो भने यसको शुरुवातकै अवस्थामा पुग्नुपर्ने हुन्छ जहाँबाट मानिसहरु ढुङ्गे युगबाट आधुनिक युगतर्फ विस्तारै अगाडी बढ्दै गए । विस्तारै सभ्यताको विकाश संगसंगै परिवारको रुपमा समाजमा बसी पेशा व्यवसाय अपनाउन थाले । जनसम्पर्कको विस्तृत आवश्यकता र प्रयोगले गर्दा समुदायको बढ्दो आवश्यकता पूर्ति गर्नुका साथै सुरक्षित राख्न प्राचिन एथेन्सबाट राज्यका निर्माण हुन गयो । सोहि अनुसार नितीनियमहरु बन्न थाले ।

    विभिन्न धर्म ग्रन्थहरुमा पनि जनसम्पर्कक अभ्यास बारे कथा वृतान्तहरुमा उल्लेख गरेको पाइन्छ । हिन्दु धर्म शास्त्रमा नारदलाई देवदुतको भूमिकामा व्याख्या गरिएको छ । उनले देवताहरु र दानवहरु बिच सूचना आदान प्रदान गरेर सम्बन्ध सुधार गर्ने प्रयास गरेको कथाहरु पढ्न सकिन्छ । त्यसैगरी रामायणमा बयान गरे अनुसार रावणद्वारा सीतालाई हरण पश्चात राम–रावण युद्धमा रावणलाई हराई सितालाई अयोध्या फिर्ता ल्याइएको थियो । उक्त समयमा रामले देशका जनताहरुलाई सीता मातालाई मानसम्मान पुर्वक दरबारमा राख्ने सुझाव दिए पश्चात सोहि अनुरुप रामले गरेका थिए । त्यस समयमा पनि राजा र प्रजाबिच जनसम्पर्क हुन्थ्यो । तसर्थ उक्त समयलाई “रामराज्य” भन्ने गर्दथे जुन राज्यमा सम्पूर्ण जनता खुसी हुने गर्दथे ।
    जनसम्पर्क अपरिहार्य हुन्छ । यसले सामाजिक मर्यादा राख्नुका साथै सकारात्मक बाटो तर्फ लम्कन प्रेरित गर्दछ । आजको युग सञ्चार सेवाको युग हो । सञ्चारका अत्याधुनिक माध्यमको विकासले गर्दा वस्तु वा सेवाको बारेमा प्रचार गर्न निकै सहज भएको छ । जनसम्पर्कको प्रयोग व्यवसायीक रुपमा नयाँ सहश्राब्दिमा व्यापक मात्रामा बढ्ने अनुमान गरिएको छ ।

    ख. नेपालमा जनसम्पर्कः–

    नेपालमा जनसम्पर्कको इतिहास त्यति लामो छैन । विश्वमा जसरी जनसम्पर्कको प्रारम्भिक विकाश भयो, ठिक त्यसरी नै नेपालमा पनि यसको परम्परागत शैलीमानै भयो । “नेपाल चार जात, छत्तिस बर्णको साझा फुलबारी हो” यहाँका धार्मिक, सांस्कृतिक विविधताहरु थुप्रै छन् । नेपालमा जनसम्पर्ककको प्रारम्भ धार्मिक र सांस्कृतिक रुपमा नै शुरु भयो जस्तै संगै बसेर चाडपर्व, भाषा, उत्सव, मनाउने गरेर । विभिन्न फरक–फरक शासकहरुजस्तै उनिहरुको फरक–फरक शैलिअनुरुप जस्तैः– लिच्छवीकाल, मल्ल काल, पृथ्वीनारायण शाहको उदय तथा राणाकालका शासकहरु जनतासमक्ष पुग्ने, जनभावनालाई कदर गर्ने, जनसम्पर्क बढाउने क्रम चलिनै रह्यो । यस्तो प्रकृयाले शासक र प्रजाबिच एक सन्तुलन कायम बनाइ राख्यो ।

    नेपाली पत्रकारिताले प्रजातन्त्रको स्थापनापश्चात फस्टाएजस्तै जनसम्पर्कको अभ्यासले पनि नयाँ मोड लियो । राणाकालको अन्त्य र २००७ सालको परिवर्तन सँगै राजनैतिक दलहरु स्थापना हुने र जनताको माझमा आफ्नो विचार, राजनैतिक दर्शन पु¥याउने मुखपत्रका रुपमा पत्रपत्रिकाको प्रकाशन शुरुवात भयो । त्यस्तै राजनैतिक दलको भातृ संगठनहरुले आफ्नो जनसम्पर्कको लागि छुट्टै पत्रपत्रिकाको प्रकाशन गरे । यसबाट जनसम्पर्कलाई दिगो रुपमा अगाडी बढाए । जसमा किसान, मजदुर, युवा, महिला, भू.पू. सैनिक, बाल संगठन एवं विद्यार्थीहरुको मुखपत्रको रुपमा विभिन्न पत्रपत्रिकाहरुको प्रकाशन गरे जुन अहिले सम्म पनि निरन्तरता पाइरहेका छन् ।

    वि.सं. २००८ सालमा सरकारका कामकारवाहीलाई देशवासी समक्ष र अन्तराष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले सरकारले ‘सरकारी प्रचार विभागको’ स्थापना ग¥यो । त्यस्तै २०१७ सालको राजनैतिक परिवर्तन पश्चात गाउँ, नगर र जिल्ला पञ्चायतद्वारा  पञ्चायती व्यवस्थालाई जनतामाझ परिचित र लोकप्रिय बनाउन पत्रपत्रिकाको प्रकाशन शुरु भयो । यसले राष्ट्रिय तथा स्थानिय स्तरमा जनसम्पर्कलाई शुक्ष्म तरिकाबाट अध्ययन गर्न मद्धत थुपा¥यो ।

    पञ्चायतकालिन व्यवस्थाको अन्त्य तिर त्रिभुवन विश्वविद्यालयको अन्तर्गत “आमसंचार तथा पत्रकारीता” विषयमा स्नातक तहमा जनसम्पर्क विषयको अध्ययन प्रारम्भ भयो । अहिले अन्य विषयहरु अन्तर्गत स्नातक ९द्यब्०, स्नातकोत्तर ९ःब्० तहमा जनसम्पर्क विषय ९एच्० को छुट्टै अध्ययन अध्यापन चलिरहेको छ । यसले विद्यार्थीमा एक छुट्टै जोश र जाँगरको विकाश गरेको छ जसले गर्दा भविष्यमा एक कुशल जनशक्ति उत्पादन हुन्छ ।

    वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि नेपालले लिएको आर्थिक उदारिकरण र खुला नीतिको कारण विभिन्न निजी कम्पनी, उद्योग, संघ–संस्था आदिको स्थापना भयो । उनीहरुले बेग्लै जनसम्पर्क विभाग वा प्रचार–प्रसार विभागको स्थापना गरे । जनसम्पर्कलाई व्यापक र प्रभावकारी बनाउन उनीहरु बिचमा प्रतिस्पर्धानै चल्न थाल्यो ।  सरकारकाृे विभिन्न कार्यालयहरुमा त्यस्तै राजनैतिक दलहरुमा प्रवक्ताहरुको व्यवस्था गर्ने क्रम बढ्यो । उनीहरुलृे एकातिर छुट्टै विभागको व्यवस्था गरेर प्रवक्ताहरुको व्यवस्था गर्ने क्रम बढ्यो । उनीहरुले एकातिर छुट्टै विभागको व्यवस्था गरेर बुलेटिन, गृहपत्रिकाको प्रकाशन गरेर जनसम्पर्कलाई बढाए । त्यस्तै अर्को तर्फ विभिन्न मिडियाहरु मार्फत जनसम्र्पक गर्न सहायता पुग्यो । यसरी नेपालमा जनसम्र्पक अगाडी बढ्दै गएको छ ।

    आज नेपालमा जनसम्पर्क सम्बन्धि छुट्टै आचार संहित कानुन, परामर्श दातृ संस्था स्थापना हुन नसके पनि विभिन्न ऐन, नियम, कानुनमा जनसम्पर्कको विषय जोडिएर आएको छ । भोलिको दिनमा जनसम्पर्कको क्षेत्रले व्यवसायीक रुपमा गति लिँदै जाने सम्भावनाले मुर्तता प्राप्त गर्ने छ ।
    जनसेवा बचत तथा क्रण सहकारी संस्थाको परिचय ः

    चितवनको भरतपुर,१० स्थित ……..चोकम कार्यालय रहेको यस संस्थाका निवर्तमान अध्यक्ष गोविन्द पाण्डे हुन् । उनका भनाई अनुसार–“भ्रामक नबनाई यथार्थतामा केन्द्रित भएर सेवाग्राहीलाई सस्तो, सजिलो र सहज सुविधा दिनाले सेवाग्राही र संस्था दुबैलाई फाइदा हुन्छ । यसो गर्नाले सहकारी संस्थाको उद्देश्य अनुरुप कार्य हुन्छ र निरन्तर रुपमा हातेमालो गर्दै अघि बढ्न सकिन्छ ।” यसबाट के बुझ्न सकिन्छ भने संस्थाले आफूलाई मात्र फाइदा हुने तर्फ सोचेमा यो पतन हुन सक्छ भन्ने हो । यसको कार्यालयमा विभिन्न पदमा ………….गरेर …………जना कर्मचारीहरु कार्यरत रहेका छन् जसमा पियन देखि………..सम्म छन् । उनीहरुको मुख्य काम भनेको बारम्बार जनसम्पर्कमा रहिरहनुनै हो । अहिले सल्लाहकार समितिमा ९ सदस्य रहेका छन् । यस संस्थामा विभिन्न किसिमका समितिहरु छन् जसमा सल्लाहकार समिति, शेयर सदस्य समिति, व्यवस्थापक समिति, लेखा शाखा समिति आदि हुन् ।

    यो जनसेवा बचत तथा ऋण सहकारी संस्था एक सहकारी संस्था भएकोले यसले वि.सं. २०४८ सालको सहकारी ऐन अनुसार संचालन गर्दै आएको छ । त्यस्तै सहकारी ऐन अनुसार कुनैपनि संस्थाले विज्ञापन व्यवसायीक तबरले गर्न नपाइने हुनाले संचार माध्यम वा अन्य माध्यमबाट गरिदैन । यसले सहकारी ऐनको पालना राख्दै आएको छ ।

    अध्ययनमा यस संस्थालाई छनोट गर्नुको उद्देश्य, महत्व र विधिहरुः–

    आजको युग अर्थ र बाणिज्यको युग हो । अहिले कुनैपनि काम अर्थ विना सम्भव छैन । समाजमा रहेका मानिसहरुले सानो देखि लिएर ठूलाठूला सम्मको आर्थिक कारोबारहरुले सानो देखि लिएर ठूलाठूला सम्मको आर्थिक कारोबारहरु गर्दछन् । तसर्थ उनीहरुको आर्थिक कारोबारलाई व्यवस्थित र छिटो, छरितो रुपमा सुरक्षित सुविधा दिनको लागि ठूला तथा साना वाणिज्य संस्थाहरु खुलेका छन् ।
    धेरै ठूलो कारोबार गर्न सक्नेलाई त ठूला राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक तथा फाइनान्सहरु छँदैछन् । तर शुन्यबाट सुरु गरी अगाडि बढ्न खोजेका घरेलु उद्यमी, महिला तथा साना व्यवसायीहरुलाई त्यस्तो ठूलो वित्तिय संस्थाहरुले जस्तै सेवा दिनको लागी स्थानीय स्तरमा संस्थागत रुपमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरु संचालनमा आएका छन् ।

    तसर्थ मैले आफ्नो जनसम्पर्कको अध्ययन अनुसन्धानको लागि  भरतपुर,१० स्थित श्री जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई लिनुको उद्देश्य यसले स्थानीय स्तरमा रहेको सामान्य मजदुर देखि लिएर घरेलु महिला, लघु उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई लिएर सबैलाई समान व्यवहार गरी उत्कृष्ठ रुपमा संचालन गरेको छ । यसले समाजको आर्थिक गतिविधिहरुलाई सकारात्मक रुपमा अगाडी बढाउँदै सबै वर्गलाई सक्रिय रुपमा अगाडि बढाउँदै आएको छ ।

    “एक थुकि सुकि, हजार थुकि नदि” भनेझै दैनिक रुपमा थोरै रकम जम्मा गरेर पनि धेरै दिनपछि त्यहि ठूलो रकम हुन्छ र एउटा ठूलो समस्या टार्छ भन्ने महत्वका साथ दैनिक बचत गर्न सदस्यहरुलाई प्रेरित गरेको छ । यसले गर्दा सानो आम्दानी हुनेहरुलाई ठूलो सहयोग–प्रदान गरेको छ । उनीहरुलाई आवश्यकता पर्दा श्रण प्रदान गरेर थोरैथोरै गरेर तिर्ने व्यवस्था मिलाएको छ । यसले गर्दा धेरै सेयर सदस्यको समस्याको समाधान गरेको छ । यसले गर्दा उक्त संस्थामा संलग्न रहेका व्यक्तिहरुको आर्थिक स्थीति मजबुत हुँदै गएको छ ।

    यस साकोसले जनसम्र्पकको लागी विभिन्न विधिहरु अपनाउने गरेको छ । जसमा मुख्यतया निम्न दुई पर्दछन्ः–
    १) सञ्चार सम्पर्क
    २) प्रेस प्रतिवेदन

    यस  साकोसले जनसम्पर्कको लागी अपनाउने विभिन्न विधिहरु छन् । जसलाई निम्नानुसार देहाय प्रस्तुत गरिएको छः

    यो आदि विधिहरु अपनाइएको छ । किनकी यसबाट धेरै नै छिट्टो जनसम्पर्क गर्न सकिन्छ । मैले पनि आफ्नो अध्ययन अनुसन्धानको लागि यो आदि जनसम्पर्कका विधिहरुबाट यसलाई थप पुष्टि गर्न सहयोग प्राप्त गरे ।

    ङ) संस्थाले प्रयोग गरेको जनसम्पर्कको साधनहरुः–

    यस संस्थामा जनसम्पर्कको लागी विभिन्न साधनहरुको प्रयोग गरेको पाइन्छ । तिनीहरु निम्न छन्ः–
    जनसम्पर्कको साधनहरुको प्रयोग विना आजको युगमा जनसम्पर्क त्यत्ति सहज हुँदैन । तसर्थ यसलाई सहज र उत्कृष्ठ बनाई सर्वसुलभ बनाउनको लागि जनसम्पर्कका विभिन्न साधनहरुको प्रयोग यस संस्थाले गरेको छ । तिनीहरु निम्न छन्ःसहज र उत्कृष्ठ बनाई सर्वसुलभ बनाउनको लागि जनसम्पर्कका विभिन्न साधनहरुको प्रयोग यस संस्थाले गरेको छ । तिनीहरु निम्न छन्ः–
    सञ्चार सम्पर्क ९ःभमष्ब च्भबितष्यल०
    आम संचार माध्यमको प्रयोग ९ग्कभ या mबकक mभमष्ब०
    प्रेस विज्ञप्ती प्रेस च्भभिबकभ
    पत्रचार सम्मेलन ९एचभकक ऋयलाभचभलअभ०
    प्रेस प्रतिवेदन ९एचभकक च्भउयचत०
    – सूचना पत्र ९ल्भधक ीभततभच०
    – वार्षिक प्रतिवेदन ९ब्ललगब िच्भउयचत०
    – सोधपुछ ९च्भअभउतष्यल०
    – अन्य
    – भित्ते पात्रो ९ऋबभिलमभच०
    – विभिन्न कार्यक्रममा सदस्यहरुलार्य सहभागी
    – संचालक सदस्यको मासिक बैठक
    – शेयर सदस्यको मासिक गोष्ठि
    – सामाजिक कार्यक्रम ९क्यअष्ब िध्यचपक०
    – रक्तदान कार्यक्रम
    – टोल विकाश कार्यक्रम
    यी आदी साधनहरुको प्रयोग भएको भेटियो ।

    च. जनसम्पर्कको साधनहरुलाई प्रयोग गर्ने तरिकाहरुः–

    यी माथी उल्लेखित जनसम्पर्कका साधनहरु कसरी कुन प्रयोजनको लागी प्रयोग गरिएको छ ः–

    सञ्चार सम्पर्कः– यो जनसम्पर्कको प्रत्यक्ष साधन मध्ये एक हो । यस अन्तर्गत आम सञ्चार माध्यमको प्रयोग एक हो । यस संस्थाले आम संचार माध्यममा रेडियो, टि.घि तथा पत्रपत्रिकामा आफ्ना हुने कार्यक्रमहरु तथा आवश्यक सुचनाहरु यसै मार्फत सदस्यहरुलाई जानकारी दिने गरेका छन् । त्यस्तै अर्को साधनमा प्रेस विज्ञप्ती र पत्रकार सम्मेलन पनि प्रयोग गर्ने गर्दछन् । उनीहरुले संस्थाले गरेको उन्नती प्रगती तथा विशेष समयमा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई बोलाई उद्देश्य व्यक्त गर्दछन् । त्यस्तै प्रेस विज्ञप्तीमा संस्थाले विशेष द्रष्टव्य लेखी संचार माध्यमलाई प्रकाशन तथा प्रसारण गर्न दिइन्छ । यसले छिट्टै धेरै सामु संस्थाले कुनैपनि जानकारी दिन्छ ।

    प्रेस प्रतिवदेनः–
    यो पनि सञ्चार जस्तै जनसम्पर्कको साधन हो । यस जनसेवा सहकारी संस्थाले आफ्नो संस्थाको वार्षिक रुपमा मुखपत्र प्रकाशन गर्नेगरेको छ । यसमा संस्थाको सम्पूर्ण गतिविधि तथा योजनाका कुराहरु समेत समावेश गरिएको छ । जसलाई “जनसेवा” नाम दिइएको छ । त्यस्तै पत्राचार गर्नुका साथै कुनै सूचना भए सूचना पत्र मार्फत जानकारी गराउने गरेको सभा गरी त्यसको वार्षिक प्रतिवेदन प्रत्येक शेयर सदस्यलाई प्रदान गर्ने गरेको छु । यसैगरी यस संस्थाको कार्यालयमा एउटा सोधपुछ केन्द्र स्थापना गरेको छ जहाँ यस संस्थासंग सम्बन्धित विषयमा जानकारी लिनु परेमा सजिलै प्राप्त हुन्छ ।

    अन्य

    यस सहकारी संस्थाले जनसम्पर्कको अन्य साधनको रुपमा भित्ते पात्रो प्रकाशन गर्ने, संचालक समितिका सदस्यहरुको मासिक गोष्ठी गर्ने आदि हुन् । यसले सहकारी र सदस्यहरु बिच जनसम्पर्क गर्नको लागि विभिन्न कार्यक्रममा सहभागी गराउने गरेका छन् । यसले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) ले संचालन गरेको कार्यक्रम तथा जिल्लास्तरीय कार्यक्रममा सहभागी गराउँदछन् । सहकारी विकाश बोर्डबाट सञ्चालित कार्यक्रममा सहभागी तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र लघुउद्यशिल कार्यक्रममा सहभागी गराउँदछन् । यसरी जनसम्पर्कलाई अगाडी बढाएको छ ।

    सामाजिक कार्यक्रम अर्थात (मंसिर ९मा वार्षिक साधारण सभाको अवसरमा यसले बेलाबेलामा रक्तदान कार्यक्रम गर्ने गरेको छ । त्यस्तै अहिले धेरै समय अगाडि देखिबाट स्थानीय टोल विकास कार्यक्रम संचालन गर्दै आएको छ । यसले गर्दा समाजमा एउटा राम्रो स्थान बनाउन सफल भएको छ ।

    यस जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जनसम्पर्कको साधनहरुलाई यसरी प्रयोग गरेको छ । जसले गर्दा जनसम्पर्क एक उत्कृष्ट रुपमा हुँदै आएको छ ।

    छ)  कर्मचारी संगठन र त्यसको परिचालनः–
    संस्थागत संरचना

    ञ. जनसम्पर्कमा देखिएका सकारात्मक पक्षहरुः–
    जनसम्पर्कले कुनै पनि संस्थाले र त्यस सँग सम्बन्धित व्यक्तिहरुलाई आफ्नो कुरा व्यक्त गर्न सक्दछ । त्यस्तै यसले उक्त संस्थामा देखिएका कुनै पनि कुरा निर्धक्क सँग व्यक्त गर्न सक्दछन् । यसले सेवा ग्राही र संस्था बिच राम्रो सम्बन्ध व्यक्त गर्दछ । तसर्थ यस संस्थाले जनसम्पर्ककमा देखिएका सकारात्मक पक्षहरु निम्न छन्ः–
    – जनसम्पर्क दोहोरो रुपमा हुँदो रहेछ ।
    – अरुबाट आएको सल्लाह र सुझावलाई मनन गरि सोहि अनुरुप कार्य हुँदो रहेछ ।
    – विभिन्न किसिमका मानिसहरुको धारणाको मापन, मुल्याङ्कन र विश्लेषण गरिंदो रहेछ ।
    – विभिन्न क्षेत्रमा संलग्न मानिसहरुको संगठन हुनाले उनीहरुको आवश्यकता रुची अनुसार कार्यक्रम अगाडी ल्याइएको पाइयो ।

    झ) जनसम्पर्कको कमि कमजोरीहरुः–
    जहाँ सकारात्मक कुराहरु पाइन्छ त्यहाँ नकारात्मक कुराहरु पनि भएको हुन्छ । तसर्थ जनसम्पर्क गर्दा यस संस्थामा केहि कमिकमजोरीहरु भएको पाइयो । तिनीहरु निम्न छन्ः–
    – जनसम्पर्क निकायको छुट्टै व्यवस्था नहुँदा त्यत्ति प्रभावकारी जनसम्पर्क भएको छैन ।
    – कर्मचारीबाट हुने सामान्य गल्तिलाई पनि सच्याउने मौका पाएको छैन ।
    – भित्ते पात्रोमा संस्थाले गर्ने सबै कार्यक्रम जनाएको छैनन् त्यस्तै सबै प्रकारका कार्यक्रमहरु योजनावद्धरुपमा भन्दा पनि आकस्मिकरुपमा हुने गरेका छन् ।

    ञ) संस्थाको जनसम्पर्क बारेको विश्लेषणः–

    जनसम्पर्क भनेको व्यवसायीक संस्था तथा त्यसको लक्षित वर्गबिच हुने दोहोरो सञ्चार प्रणाली हो । यसको मुख्य उद्देश्य भनेको विभिन्न किसिमका मानिसहरुलाई त्यस प्रतिष्ठानको उत्पादन वा सेवाको बारेमा जानकारी गराई उपभोक्ता वा सेवाग्राहीबाट आएका सकारात्मक वा नकारात्मक सुझावलाई मनन गरी अगाडी बढ्नु नै हो ।

    सहकारी संस्था भनेको एक स्थानीय स्तरबाट सहकार्यमा संचालित वित्तिय संस्था हो । यसले समाजमा रहेको वित्तिय अवस्थालाई अध्ययन गरी आवश्यकतानुसार कार्य गर्दछ । समाजमा पैसाले गर्दा ठूलो अन्तर ल्याउँदछ । यदि कोहि पनि सानो पुँजीको अभावमा कुनै पनि कार्य गर्न नसकी त्यसै बस्नुपरेको छ भने त्यहाँ अवस्य पनि पारिवारिक वा सामाजिक असमझदारीमा कलह हुन्छ भनिन्छ नि “खाली दिमाग सैतानको घर भनेर । तसर्थ यसरी बसेकालाई धेरै–थोरै ऋण लगानी गरी कुनै कार्य गर्न प्रेरित गर्दछ र उसको आर्थिक उपार्जन गर्दछ । यसबाट सामाजिक कलह नै अन्त्य गर्दछ । त्यस्तै सानो सानो रकम जम्मा गर्ने बानि समाजमा बसाउँदा समाजभित्र ठूलो रकमको बचत गर्न सकिने र पछि त्यसले परेको बेलामा ठूलो समस्या टार्ने गरेको  छ । समाजमा विभिन्न सामाजिक कार्यमा सरिक हुँदै आएको छ ।

    यसरी यी आदि कार्य गर्नको लागि यस सहकारी संस्थाले समाजका मानिसहरुमा जनसम्पर्क नगरिकन अगाडी बढेको भए यो सम्भव हुने थिएन । तर यस जनसेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नियमानुसार निश्चित मितिमा बैठक, सभा, सम्मेलन तथा अनौपचारीक कार्यक्रम मार्फत जनसम्पर्कक गर्दै आइरहेको छ । त्यस्तै यसले संस्थाको लागी आएको जनगुनासोलाई पनि आत्मसाथ गर्दै सबैको आवश्यकतानुसार आफूलाई अगाडी बढाउँदै आइरहेको छ । यसर्थ यस सहकारीले जनसम्पर्कको कार्यलाई धेरै नै दिगो र सहि ढङ्गबाट अगाडी बढाइरहेको छ । जसले गर्दा संस्थाको भविष्य उज्वल रहेको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु