skip this
  • फिचर

    बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदै

  • चितवनमा पौष २६ गते कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदै चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शोको तयारी गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की “लक्की” ले जानकारी दिनुभयो । प्रिमियर शो चितवनको सुबिधा सम्पन्न क्यूएफएक्स जलमा सिनेमा हल नारायणगढमा पौष २६ गते, बिहिबार साँझ ६ बजे गरिदैछ । कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिनुभएका कलाकार संगै चितवनमा बिभिन्न क्षेत्रमा आबद्र रहेका व्यक्तिहरुलाई सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की “लक्की” ले बताउनुभयो । कार्यक्रममा चलचित्र ‘चौका दाउ’ का कलाकारहरुसंगै अन्य चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिती रहने छ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पुर्णेन्दु झा निर्दे्िशत यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ। शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु