skip this
  • चितवन विशेष

    चेपाङ वालिकाहरु माथी जवरजस्ती करणीको प्रयास गर्ने लाइ कारवाही गर्न साँसद पोखरेलकाे माग

  • चितवन, ७ माघ ।

    चितवन क्षेत्र नम्वर २ का साँसद एवम् संघीय संसदका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले राप्ती नगरपालिका वडा नम्वर १३ मा चेपाङ वालिकाहरु माथी जवरजस्ती करणीको प्रयास गर्दै कुटपीट भएको घटना प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाउनुभएको छ ।
    एक प्रेस विज्ञप्ती जारी गर्दै साँसद पोखरेलले घटनाको दोषीलाई कानुन वमोजिम कार्वाही र पिडीतको पूर्ण उपचारको माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
    “नयाँ कानुनले महिलामाथि हुने जवरजस्ती करणी वा यस्ता प्रयास अथवा जुनसुकै प्रकारका महिला हिंसा विरुद्ध कडा प्रवन्ध गरेको छ, कानुन वमोजिम दोषी उपर कार्वाही गरिनुपर्दछ” पोखरेलले भन्नुभएको छ । अपराधिको पहिचान, खोजी र कार्वाहीको लागी स्थानीय प्रहरीले अझ तीव्रता दिने विश्वास पनि पोखरेलले ब्यक्त गर्नुभएको छ । स्थानीय जनप्रतिनीधि ,प्रहरी, प्रशसान, नागरिक समाज सवैले यस घटनालाई अत्यन्त सचेतता पूर्वक लिएको जनाउदै साँसद पोखरेलले नेपाली समाजमा देखिने जुन कुनै प्रकारका महिला हिंसा विरुद्ध सवै एकजुट हुन आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ ।
    धादिङ जिल्लासंगको सिमा संग जोडिएको पाहाडी ईलाका राप्ती नगरपालिका १३ ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणीको प्रयास र कुटपिट भएको हो । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुवैजनाको भरतपुर अस्पतालमा उपचार चलिरहेको छ ।

    समाचार सभार www.chitwansamchar.com

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु