skip this
  • चितवन विशेष

    चलचित्र ‘रणवीर’ का कलाकारहरुकाे मोफसल टुर

  • माघ १८ गतेबाट प्रदर्शमा आउन लागेको चलचित्र ‘रणवीर’ का कलाकारहरु मोफसल टुर अन्तर्गत मंगलबार चितवन आईपुगेको छ । चलचित्रको प्रदर्शनी मिति नजिकिदै गर्दा मंगलबार चितवन आएको टोलीले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीसँगै कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्टले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् । नेपाली युवाहरुको कथालाई लिएर चलचित्र ‘रणवीर’ निर्माण भएको नायक सिटौलाले बताए । खराब प्रवृत्ति बोकेका व्यक्तिहरुको कारण समाजमा पर्ने असरलाई कथावस्तु मार्फत प्रस्तुत गरिएको सिटौलाको भनाइ छ । सरल कथावस्तुमा निर्माण गरिएको चलचित्रमा मनोरञ्जन, कमेडी, एक्सन तथा रोमान्स सबै रहेको नायिका खड्काले बताइन् । दक्षिण भारतीय चलचित्रबाट प्रभावित भएर रणवीर निर्माण गरिएको भएपनि भारतीय चलचित्रको नक्कल नभएको अर्की नायिका सुपुष्पा भट्टले बताइन् । ८२ दिन लगाएर छायांकन गरिएको चलचित्रमा १८ दिनसम्म एक्सन सिन मात्रै छायांकन गरिएको नायक सिटौलाको भनाइ छ । चलचित्रको मुख्य भूमिकामा रणवीर अर्थात सुशील सिटौला छन् भने खलपात्रमा प्रशान्त ताम्राकार छन् । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदिश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय छ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु