skip this
  • चितवन विशेष

    समझदारी सहकारी द्वारा खेलकुद कार्यक्रम को आयोजना

  • माघ – १४,भरतपुर –

    जायश्वर  आचार्य

    भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनि स्थित समझदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको हो।
    वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा सोमबार बचतकर्ता हरु बिच बिभिन्न खेलकुद कार्यक्रम को आयोजना गरिएको संस्थाका व्यवस्थापक अर्जुन लामिछाने ले जानकारी दिनुभयो। हामीलाई जानकारी दिँदै व्यवस्थापक लामिछाने ले भन्नुभयो कार्यक्रम बिहान ११ बजे बाट दिउँसो ३ बजेसम्म आयोजना गरिएको हो।

    पुरुष शेयर सदस्य हरुबिच भएको घैंटो फुटाई कार्यक्रम मा प्रथम अजीज मिया,महिला शेयर सदस्य बीच भएको घैंटो फुटाई कार्यक्रम मा प्रथम देवी पौडेल,महिला शेयर सदस्य बीच भएको म्यूजिकल चियर प्रतियोगितामा प्रथम,दित्तिय,तृतीय क्रमश रेखा भट्टराई,अम्बिका पाठक र कमला ढकाल तथा पुरुष शेयर सदस्य बीच भएको म्युजिकल चियर प्रतियोगितामा प्रथम,दित्तिय,तृतीय क्रमश टुक बहादुर गुरुङ्ग,गंगा प्रसाद तिवारी,निर बहादुर बस्नेत र सम्पूर्ण शेयर सदस्य हरुबिच भएको तातोआलु प्रतियोगितामा प्रथम,दित्तिय,तृतीय क्रमश सत्यम बदा आचार्य, सरस्वती तिवारी, युद्धबाबु क्षेत्री हुनुभएको संस्थाका व्यवस्थापक लामिछाने ले जानकारी दिनुभयो।
    त्यस्तै संस्थाले भोलि मंगलबार बिहान ११ बजे नब जागृति आधारभूत विद्यालय भरतपुर ११ मा विभिन्न शैक्षिक सामाग्री वितरण कार्यक्रम को आयोजना गर्ने कुरा पनि उहाँले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु