skip this
  • चितवन विशेष

    पराजयकाे डरले नेविसंघ स्ववियू चुनावबाट भाग्न खोज्दै छ :- उपाध्यक्ष गौतम

  • माघ १६, भरतपुर । अनेरास्ववियु ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष बिजय गौतमले स्ववियु निर्वाचनबाट नभाग्न काग्रेस निकट नेबिसंघलाई आग्रह गरेका छन् । निर्वाचनको संभाव्य पराजयबाट अत्तालिएर नेबिसंघले स्वबियु निर्वाचनलाई कुनै बाहानाले पनि अस्विकार गर्न नहुने भन्दै सार्वजनिक रुपमा नेकपा सिध्याउछु भन्दै हिडोका काग्रेस सभापति शेरवहादुर देउवालाई हिम्मत भए स्ववियुमा अखिललाई पराजित गरेर देखाउन चुनौति दिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेसले राणा, पञ्चायत र राजा फालेको दावी गर्दै अब कम्युनिस्ट सरकार पनि फाल्ने चेतावनी दिएका थिए ।

    बिरेन्द्र क्याम्पस, भरतपुरमा आज आयोजित दुबै अखिलको आकस्मिक संयुक्त अगुवा कार्यकर्ता भेलामा बोल्दै गौतमले देउवाको सो अभिव्यक्तिको कडा प्रतिवाद गरेका हुन् । उनले प्राबिधिक कारण आन्तरिक एकता ढिलो चाढों भए पनि चुनाबको तयारीमा एक ढिक्का भएर होमिन जिल्ला नेताहरुलाई निर्देशन दिए ।

    कार्यक्रमा अनेरास्वियुका उपाध्यक्ष समेत रहेका पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्वसभापति रश्मि आचार्यले समेत प्रशिक्षण दिएका थिए । उनले कार्यक्रतालाई उत्साहित बनाउदै भने ‘कम्युनिस्ट फाल्ने सपना नदेख्नुस् देउवाजी, क्षमता भए अखिललाई मात्रै फालेर देखाए हुन्छ !’ आचार्यले स्ववियु चुनावबाट डराएर कांग्रेसले आन्दोलनको बाहानबाजी गरेको समेत आरोप लगाए । स्ववियु चुनाव नजिकिँदै गएका बेला नेताहरु विद्यार्थी संगठनका कार्यक्रममा देशका विभिन्न जिल्लामा पुगेका छन् ।

    अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा भएको सो भेलामा अखिल क्रान्तिकारीका सचिब क्षितिज सापकोटा,सिटिईभिटि संयोजक सुरजसिह ठकुरी,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अशोक देबकोटा ,अखिल (क्रान्तिकारी) चितवन जिल्ला पुर्व अध्यक्ष तथा युवा नेता दिलिप पौडेल, वाईसियल नेपालका केन्द्रिय सदस्य सन्तोष पनेरु, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।अनेरास्वबियु का जिल्ला संयोजक धिपन भण्डारीले संचालन गरेको कार्यक्रम क्रान्तिकारीका जिल्ला संयोजक बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु