skip this
  • चितवन विशेष

    बिप्लब निकट विद्यार्थी द्वारा मशाल जुलुश र शैक्षिक हड़ताल

  • माघ – २४,चितवन :-

    बिप्लब निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले देशव्यापी मशाल जुलुस र शैक्षिक हड़ताल गरेको छ।
    संगठन का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा लाई झोलामा गोली राखेर झुटो मुद्दा लगाएर विराटनगर एरपोर्ट बाट गिरफ्तार गरिएको केन्द्रीय सचिवालय सदस्य बद्री अधिकारी ले जानकारी दिए।जानकारी दिँदै अधिकारीले भने हाम्रो संगठन का केन्द्रीय कोषाध्यक्ष लाई बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै यी विरोधका कार्यक्रम आयोजना गरिएको हो। गिरफ्तार मा परेका आरोपी नेकपा का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड का छोरा पनि हुन।
    बिहीबार भएको शैक्षिक हड़ताल को असर देश व्यापी रूपमा परेको पाइएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु