skip this
  • पत्रपत्रिका

    तगारो राष्ट्रिय मासिक को आयोजनामा सहभोज सहित छुवाछूत सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

  • माघ – २७, नवलपुर
    जायश्वर आचार्य

    नवलपुरको पहाडी भेग बौंदीकाली गाउँपालिका वडा नं- ४ रुचाङ , वडा नं-५ बबक र वडा नं-६ नरम मा सहभोज सहित छुवाछुत सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।तगारो राष्ट्रिय मासिक-बुलिङटार को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। छुवाछुत प्रथा को घटना अझैपनि हुने गरेकाले दलित अधिकार र दलित अधिकारको पक्षमा बनेका ऐन कानुनको विषयमा सचेतना जोगाउन कार्यक्रम गरिएको तगारो राष्ट्रिय मासिकका प्रकाशक पदमराज गिरीले बताउनुभयो।

    फरक फरक वडामा गरिएको कार्यक्रममा वडा का वडाध्यक्ष, वडा सदस्यहरु सहित२० जना दलित र २० जना गैरदलितको सहभागिता रहेको थियो। कार्यक्रममा छुवाछूत प्रथाको इतिहास, संवैधानिक बिकासक्रम, कानूनी प्रावधान लगायतका विषयहरुमा छलफल गरिएको कार्यक्रमका प्रशिक्षक एवं तगारो राष्ट्रिय मासिकका सम्पादक सुशीलराज गिरीले बताउनुभयो।

    कार्यक्रमका सहभागीहरुले सहभोज सहितको कार्यक्रम अत्यन्त प्रभावकारी भएको कुरा व्यक्त गर्दै दलितको अधिकार प्राप्तिका लागि सबै समुदाय एकजुट हुनुको विकल्प नभएको बताएका थिए । कार्यक्रम तगारो राष्ट्रिय मासिक बुलिङ्टारका प्रकाशक पदमराज गिरीले संचालन गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु