skip this
  • नेपाल सेरोफेरो

    तगारो राष्ट्रिय मासिक द्वारा नेतृत्व विकास तालिम सम्पन्न

  • फाल्गुण : ४, नवलपुर :-
    जायश्वर आचार्य :
    नवलपुरको पहाडी भेग बौंदीकाली गाउँपालिकामा जनप्रतिनिधि हरुका लागि २ दिने नेतृत्व बिकास तालिम आज सम्पन्न भएको छ ।
    तगारो राष्ट्रिय मासिक बुलिङटार को आयोजना र बौंदीकाली गाउपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित वडा नं १, २ र ३ का निर्वाचित सदस्यहरु र उपविजेता को सहभागिता रहेको थियो। जनप्रतिनिधि र जनता बिच को सम्बन्ध मा सुदृढ ल्याउने उद्देश्य का साथ कार्यक्रम आयोजना गरिएको आयोजक तगारो राष्ट्रिय मासिकका प्रकाशक पदम राज गिरी ले बताउनु भयो। कार्यक्रम प्रशिक्षक हेटौंडा का द्वय नबराज थापा र सुशील राज गिरी रहनु भएको थियो।
    चुनावलगत्तै गरिनुपर्ने कार्यक्रम ढिलैभएपनि तगारो राष्ट्रिय मासिकले आयोजना गरी विजेता र उपविजेताहरुलाई सँगै राखेर गरिएको यस किसिमको नमूना कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउँदै आयोजक तगारो राष्ट्रिय मासिक बुलिङटार लाई बिशेष धन्यवाद समेत व्यक्त गरिएको थियो। सहभागीहरु खुसी हुँदै कार्यक्रम बाट आफूलाई धेरै जानकार प्राप्त भएको र धेरैभन्दा धेरै सरोकारवालाहरुलाई समेट्न सके अझ बढी लाभदायक र अर्थपूर्ण हुने बताएका थिए। कार्यक्रम सञ्चालन तगारो राष्ट्रिय मासिकका प्रकाशक पदमराज गिरीले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु