skip this
  • फिचर

    जिबन अनुभुति : नारायण रेग्मि

  • 卐●●●●● तेस्रो आॅखा ●●●●●卐 हामी प्रकृतिका सन्तान।प्रकृतिले हामीलाई बाच्न सबथोक दिएको छ।प्रकृति प्रतिकुल भइदिए हामी चाहेर पनि बाच्न सक्तैनौ।प्रकृति दिएको हाम्रो भौतिक शरिरलाई हामीले बिभिन्न रङगरोगनले रङग्यायौ।बाहिरी आबरणमा सजिएर हामीले बाह्य सौन्दर्य रूपि मुकुट धारण गर्यौ।बाह्य सौन्दर्यको गलत ब्याख्या गर्दै त्यसलाई हामीले ब्यक्तित्वसङग जोड्यौ।यहि बाहिरी सौन्दर्यता पनि कतिपय अबस्थामा हाम्रो प्रगतिको बाधक बन्यो।बाहिरी आबरण सजाउने क्रममा हामीले जीबनभर ठूलै धनराशी खर्चियौ।कला साहित्य सिनेमा मोडेलिङमा जस्तै सबैका बाह्य सौन्दर्य बेचिने कुरै भएन।बढ्दो सौन्दर्य प्रशाधन फेशनले हामी अझ कुरुप र नाङगो बन्यौ।बिज्ञान प्रबिधिको बिकासले हाम्रो जीबनचर्यालाई सरलिकृत त गर्यो तर खुशी दिएन।हामीले मेरो धर्ति भन्न छोडेनौ भलै आफ्नो नाममा एक धुर जग्गा किन नहोस।बिचारामा हामी फराकिलो देखिए पनि लक्ष्यमा बेस्सरी साघुरियौ।हामी बाहिरी सन्सारमा आफुलाई बिर्सने गरि भुल्यौ।

    प्राकृतिक आहारबिहारलाई बेस्सरी तोडमोड गरेर हामी अर्काका लागि आहार ग्रहण गरिदिन थाल्यौ।बिस्तारै हामीलाई सिङ्गो स्याउ भन्दा स्याउको फ्यलेभर भएको केमिकल मिसिएको जूस मन पर्न थाल्यो।गहुको रोटी सङग टाढिएर हामी अजिर्णमोटोको स्वादमा चाउचाउ साट्यौ।हामीलाई हाम्रो किचन मन पर्न छोड्यो।मसलादार बाहिरी भोजनमा सम्बन्ध गास्यौ।बदलिदो जिबनशैली सङगै हामीले शारिरिक प्रयत्न घटाउदै लग्यौ।उचित शारिरिक ब्यायमको अभाब बिषादी खानाले हामी भद्दा र रोगी बन्दै गयौ।सूचना प्रबिधिको प्रयोगले बिकल्पको ढोका त खोलिदियो तर बिकल्प छनौट गर्ने क्रममा हामीले बिबेक प्रयोग गर्न सकेनौ।

    आबश्यकता भन्दा बढी भोजन गर्दा हामी रोगी शरिर लिएर कष्टपूर्ण जीबन जिउन बाद्य भयौ।हामीले योग ब्यायाम ध्यानलाई कहिल्यै जीबनशैलीमा जोडेनौ।हामीले आफुलाई चिन्ने प्रयत्न समेत गरेनौ तर सबैलाई चिनेको आडम्बरमा बाच्यौ।हामी दक्षप्रजापति बन्यौ बाहिरी शिबलाई देख्यौ भित्री सक्तिलाई चिनेनौ।हामीले पद प्रतिष्ठा धन सम्पतिलाई जीबनको लक्ष्य सङग जोड्यौ।जीबनको खुशी सङग पद प्रतिष्ठा धन सम्पति साटेर सुखी बन्यौ।सबै प्रयत्न प्रश्चात दैबिय शक्ति प्रयोग गरेर राज्य हासिल गरेर पनि खुशी हुन नसकेका महाभारतका पात्र पाण्डवको कथाको सार बुझेनौ।हामी आबश्यकता भन्दा बढि धन आशक्ति गर्ने बन्यौ।सात पुस्तालाई बसेर खाने सम्पति हुदाहुदै पनि हामी जुनसुकै मूल्य चुकाएर सम्पति जोड्न अग्रसर रह्यौ।धन दौलत पद प्रतिष्ठाको अहङकारले हामी प्राकृतिक जीबनबाट टाढियौ।

    हामीमा सिमाबिहिन अतिबाद हाबि हुदै गयो।हामीले सुख त अनुभूति गर्यौ तर बास्तबिक खुसीको अनुभुति कहिल्यै गर्न सकेनौ।तनाब कम गर्ने जीबनमा खुसी लिने नाममा हामी समूहमा चिया चुरोट रक्सि गाजा चरेस खाएर रम्यौ तर नारायणगोपालको गीतमा झै भरे फेरि एकान्तमा बेस्सरी रोयौ र अझ कष्ठपूर्ण जीबनको यात्रा तय गर्यौ।जीबन जीउन आबश्यक पर्ने भन्दा पाच गुना बजेट खर्चेर मादक प्रदार्थ चुरोट ड्रग्स खरिद गरेर जीबन बर्बाद सम्म पार्यौ।मरेर जादा केहि लिएर जाने पनि होईन र स्वर्गमा सन्ततिले आइ एम इ गरेर पैसा पैठाईदिने हैन भन्ने थाहा हुदाहुदै पनि अकूत सम्पति जोड्ने मोह तोड्न सकेनौ।जीबनलाई योग ध्यान शाकाहारी भोजन सकरात्मक सोचको माध्यमबाट प्रकृतिसङग सामिप्य गर्नेतिर हामी कहिल्यै अग्रसर भएनौ।

    धन पद प्रतिष्ठा आडम्बर रूप सौन्दर्य जात धर्म सस्कृति सम्प्रदाय राजनिति भूगोल आदिको जलप भित्र हामीले हामी भित्रको सुनलाई लुकायौ।प्रकृतिका सबै जीबजन्तु एकआपसमा परिपुरक छन् र पारस्परिक सम्बन्ध कै कारण ईको सिस्टम चलेको प्रति ध्यान दिएनौ र आफ्नै समरूपीहरूलाई प्रतिस्प्रधि मान्दै ईष्या डाह अहङकारको बिजारोपण गर्यौ।आफ्नो खुशी सबै त्यागेर पनि कसैलाई खुसी पार्न सकेनौ किनकी सबै खुसी लोभ लालाचा आडम्बरले सुटुक्क चोरेको थाहा नै भएन।हामीले हामी चढ्ने सबारी साधन सर्भिसिङ गर्दा आफ्नो तन मनको पनि योग ध्यान साधना उपबास बसि सर्भिसिङ हुन्छ भन्ने कुरा भुल्यौ।दिनभरको शारिरिक धकानबाट मुक्त हुन रातभर आराम गर्ने आदत त बसाल्यौ तर मानसिक तनावबाट मुक्त हुन योग ध्यान उपवास साधनालाई आत्मसात गर्न सकेनौ।#जीबनदर्शनअनुभुतिबाट

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु