skip this
  • News

    मनाङको मनाङ ङिस्याङ गाउपालिकामा भीषण हिमपहिरो

  • मनाङ ङिस्याङ गाउपालिका वार्ड न १ पिसाङ को मनाङ। क्याङ्दीमा हिम पहिरोमा पुरिएर एकजना नेपालीको मृत्यु भएको छ भने एकजना विदेशी नागरिक बेपत्ता भएका छन् । धादिङका अजय ढकालको मृत्यु भएको हो, उनी ट्रेकिङ गाइड थिए । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जनामात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।

    हिम्पात पछी को पिसाङ आधारभुत बिधालय

    यही फागुन २३ गते मनाङबाट फर्किने क्रममा उनीहरु पहिरोमा परेका थिए । मनाङको निस्याङ गाउँपालिका¬–१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । लगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए । नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु