skip this
  • फिचर

    विप्लवको बन्दले ४५ सय डाक्टर तथा नर्सको परीक्षामा असर पर्ने

  • काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी शनिबार नेपाल बन्दको आह्वान गरेको छ। सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेकपाले बन्द आव्हान गरेको हो।

    बन्दका कारण त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले लिने डाक्टर, नर्स तथा एमएस्सी लगायतका विषयको परीक्षा दिने विद्यार्थी मारमा पर्ने भएका छन्।

    आइओएमले शनिबार एमडि÷एमएस, एमडिएस, एमएन, एमडि आयुर्वेद, एमफिल फिजियोलोजी लगायतका विषयको प्रवेश परीक्षा लिँदै छ। उक्त परीक्षामा उत्तिर्ण भएका विद्यार्थी योग्यताक्रमका आधारमा भर्ना पाउने छन्।

    परीक्षामा ४५ सय विद्यार्थीले आवदेन दिएको आइओएमले जनाएको छ। परीक्षा काठमाडौंका ४ स्थानमा हुनेछ।

    बन्द र लगानी सम्मेलनका कारण आइओएमले विद्यार्थीको सहजताका लागि यो पटक दिउसो परीक्षा लिने भएको छ। विगतका यस्ता परीक्षा बिहान सञ्चालन हुने गथ्र्यो।

    आइओएमका डिन डा जगदिश प्रसाद अग्रवालले समयमा नै परीक्षा हलमा पुग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु